• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

बालुवाको रोयल्टीमा हिनामिना

  •  संवाददाता
  • बिहिबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना भएको छ । आर्थिक वर्ष २०८१र०८२ मा घुरहा नदीको बालुवा उत्खनन गरेबापत सङ्कलन गरिएको रोयल्टी हिनामिना भएको हो ।पालिकाले २६ वटा ठेली दिए पनि चालु आवको हालसम्म सात वटा ठेलीको मात्रै राजस्व दाखिला गरिएको छ । आवमा सङ्कलन गरिएको रोयल्टी चालु आवको साउन १५ गतेसम्म बुझाइसक्नुपर्ने कानुनी व्यवस्था छ तर गाउँपालिकाको कार्यालयले दिइएको ठेली अनुसार न राजस्व पाएको छ, न त बाँकी रहेको ठेली नै फिर्ता भएका छन् ।

    रोयल्टी उठाउनका लागि २६ वटा ठेली रोयल्टी सङ्कलकलाई दिएकोमा सात ठेलीको मात्रै रोयल्टी पालिकामा दाखिला भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिनुभयो । अझै १९ ठेलीको रोयल्टी आउन बाँकी रहेको उहाँले बताउनुभयो । उठेको सबै राजस्व गएको साउन १५ गतेभित्रै जम्मा गरिसक्नुपर्नेमा अहिलेसम्म दाखिला नगर्नु कानुनविपरीत हो । “यदि सबै ठेली काटिएको हो भने त्यही अनुसार राजस्व दाखिला गरिनु पर्दथ्यो,” उहाँले भन्नुभयो, “काटिएको छैन भने १९ वटा ठेली फिर्ता गरिनु पर्दथ्यो, जुन भएको छैन ।”

    गत आवमा कैलारी गाउँपालिका–६ र ९ स्थित घुरहा नदीबाट बालुवा उत्खननका लागि पालिकाले तीन चोटि टेन्डर आह्वान गरेको थियो तर प्रदेश सरकारले ६२ लाख रुपियाँ अनिवार्य रोयल्टी तोकेका कारण कसैको पनि टेन्डर परेन । तीन÷तीन पटक टेन्डर आह्वान गर्दा एउटा पनि नपरेपछि गाउँपालिकाले कार्यपालिकाको बैठकबाट रोयल्टी सङ्कलनका लागि ज्यालादारीमा दुई जना अस्थायी कर्मचारी नियुक्त गरेको थियो । यसै गरी रोयल्टी सङ्कलकलाई परिचालन गर्नका लागि पनि एक अस्थायी कर्मचारी नियुक्त गरिएको थियो ।

    मासिक १७ हजार रुपियाँ पारिश्रमिक दिने गरी कैलारी गाउँपालिका–३ का राजु बराल, वडा नम्बर ९ कोइलहीका लाहुराम चौधरी र गदरियाका रञ्जिता रानालाई ज्यालादारीमा अस्थायी नियुक्त गरेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । चौधरी र रानाले रोयल्टी सङ्कलन र नेपाली कांग्रेसको क्षेत्रीय सदस्यसमेत रहनुभएका बरालले दुवै सङ्कलकलाई परिचालनको जिम्मेवारी पाउनुभएको थियो । सङ्कलन भएको राजस्व गाउँपालिकाका अध्यक्षका स्वकीय सचिवसमेत रहनुभएका जितेन्द्र चौधरीले बुझेर पालिकामा ल्याउने गर्नुभएको थियो । रोयल्टी सङ्कलक लाहुराम चौधरीले आफूले २५ ठेली पूरै काटेर रोयल्टी सङ्कलन गरेको जनाउँदै उठेको सबै रकम पालिकालाई नै बुझाएको जिकिर गर्नुभयो । “उठेको रकम लिन जितेन्द्र चौधरी आउनुहुन्थ्यो, मैले सबै रकम उहाँलाई बुझाएको छु,” चौधरीले भन्नुभयो, “तर मलाई पालिकाबाट बिल, भर्पाई दिइएन ।”

    रोयल्टी सङ्कलकबाट पैसा बुझेर पालिकामा ल्याउनुभएका चौधरीले आफूलाई दिइए अनुसारको रकम मात्रै पालिकामा दाखिला गरेको दाबी गर्नुभयो । “उनीहरू ९सङ्कलक० ले जति दिए, मैले त्यति नै पालिकामा जम्मा गरेको हुँ,” उहाँले भन्नुभयो, “तर रकम हिनामिना गरेको विषयमा मेरो नाम जोडियो, मलाई दुःख लागेको छ ।” उहाँले आफूलाई तीन लाख २१ हजार रुपियाँ मात्रै सङ्कलकले दिएको जिकिर गर्नुभयो । त्यति नै रकम पालिकामा दाखिला भएको छ । यद्यपि सात ठेलीको रोयल्टी तीन लाख ३६ हजार हुनुपर्ने देखिन्छ ।

    आम्दानीभन्दा खर्च बढी

    पालिकाले रोयल्टी सङ्कलनका लागि तीन कर्मचारीको तलबमा मासिक १७ हजारका दरले आठ महिनाको चार लाख आठ हजार रुपियाँ भुक्तानी गरेको छ तर आन्तरिक आम्दानीका लागि उठाइएको बालुवा उत्खननको राजस्व रोयल्टी सङ्कलकमा खर्च गरिएको तलब रकमभन्दा न्यून रहेको छ । प्रतिरसिद ९६० रुपियाँ रोयल्टी लिएर बालुवा उत्खनन गर्न दिइएको थियो । एक ठेलीमा ५० वटा रसिद थियो । सङ्कलक चौधरीले मात्रै २५ ठेली काट्दा १२ लाख रुपियाँ राजस्व रोयल्टी उठेको देखिन्छ तर त्यसमध्येबाट झन्डै नौ लाख रुपियाँको हिसाबकिताब छैन । पालिकाले १९ वटा ठेलीको राजस्व आउन बाँकी रहेको जनाएको छ । १९ वटै ठेली काटिएको हो भने नौ लाख १२ हजार रुपियाँ अझै दाखिला हुन बाँकी देखिएको छ ।

    गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले यो प्रकरणका दोषी कारबाहीको भागेदार हुने बताउनुभयो । उहाँले दाखिला हुन बाँकी रहेको राजस्व दाखिलाका लागि पत्र पठाउन कर्मचारीलाई निर्देशन दिएको भन्दै समयमा राजस्व नबुझाउनु बदमासी हो र जसले बदमासी गरेका छन्, उसलाई कानुन अनुसार कारबाही हुने बताउनुभयो ।

    बिहिबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.