जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुरसहित चारजनालाई पार्टीबाट निष्कासन गरेका छन् ।
बहुमत कार्यकारिणी सदस्यहरूको सोमबार बसेको बैठकले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो । प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति जारी गरी चार नेतालाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका छन् ।