• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ २८, २०८२ | Tuesday 10th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ५ घण्टा अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ३ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ४ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ४ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ५ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

दुर्व्यवहारको चिन्ताले कोरोना परीक्षण नै गराउँदैनन् नागरिक

  •  संवाददाता
  • बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङ — जेठ २ गते जयपृथ्वी नगरपालिका–४ गोलाइका ६४ वर्षीय वृद्धको मृत्यु भयो । मृत्युअघि खोकी लाग्ने, हातगोडा पोल्ने, हनहनी ज्वरो आउने, पखाला चल्ने जस्ता लक्षण देखिए पनि उनको कोरोना परीक्षण गरिएन ।नत उपचारका लागि स्वास्थ्य संस्था नै ल्याइयो । परिवारका सदस्यले परीक्षण गरौं भन्दा उनले नै सामान्य रुघाखोकी हो ठीक भइहाल्छ भन्दै टारेको बताए ।

    वैशाख १८ गते पनि जयपृथ्वी नगरपालिका–११, पिठालेकका एक जनाको उपचारका लागि धनगढी लैजाने क्रममा बाटैमा मृत्यु भयो । कोरोनाको जस्तै लक्षणहरू देखिएपछि ती ४५ वर्षीय पुरुषलाई १७ गते राति सदरमुकाममा रहेको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले कोरोना परीक्षण नगरी थप उपचारका लागि धनगढी रेफर गरेको थियो ।

    जिल्ला अस्पतालमा भर्ना गर्दा कोरोना परीक्षण हुने र रिपोर्ट पोजिटिभ आयो भने सामाजिक समस्यामा परिने डरले उनको परीक्षण नगरिएको हुन सक्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । ‘निजी अस्पतालले पनि परीक्षण गर्न लगाउनुपर्ने थियो । त्यसो नगरेरै रेफर गरिदिएछ,’ उनले भने ।

    यस्तै, वैशाख २० गते तल्कोट गाउँपालिका–१, रैसल्लीकी एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भयो । सदरमुकाम चैनपुरबाट घर जान हिँडेकी उनी साँझ घर पुग्न नसकेपछि बाटोमा पर्ने आफन्तको घरमा बास बसेकी थिइन् । भोलिपल्ट मृत भेटिइन् । काठमाडौंबाट आएकी उनलाई जिल्ला अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । ‘तपाईंलाई लक्षण छ । अस्पताल भर्ना हुनुहोस् । निको भएपछि घर जानु होला भन्दा मान्नुभएन,’ जिल्ला अस्पतालका प्रमुख डा। सन्दीप ओखेडाले भने, ‘सायद संक्रमित भएको भनेपछि समाजका मान्छेले कस्तो व्यवहार गर्लान् भन्ने चिन्ताले होला, म घरमै बस्छु भनेर जानुभयो । उपचार गरेको भए उहाँको ज्यान जाने थिएन ।’

    उसो त कोरोना संक्रमितलाई समाजले गर्ने व्यवहार पनि राम्रो छैन । जेठ ११ गते तल्कोट गाउँपालिकाका एक जना ५० वर्षीय संक्रमितलाई मस्टा गाउँपालिकामा दुर्व्यवहार गरियो । तल्कोटमा कोही पनि आफन्त नभएका ती संक्रमित लक्षण देखिन थालेपछि इस्ट मित्रको सहारा पाइएला भनेर छिमेकी मस्टा गाउँपालिकाको रिलु गएका थिए । तर उनले सोचेजस्तै इष्टमित्रको सहयोग पाउनुभन्दा पनि दुर्व्यव्यहार खेप्नुपर्‍यो । उनले आफू संक्रमित भएको सुनाएपछि गाउँलेले ढुंगा हानेर लखेटे । संक्रमण भएका उनी दुई दिनसम्म भोकभोकै बाहिरै बसिरहेको थाहा पाएपछि जेठ १३ गते तल्कोट गाउँपालिकाको दाँतोला स्वास्थ्य चौकीका इन्चार्ज राजु विकसहितका कर्मचारीले राति गएर उद्धार गरेका थिए ।

    कान्तिपुर/वसन्तप्रताप सिंह

    • कोरोना
    बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.