धनगढीमा म्यूकोर्माइकोसिस (कालो ढुसी)का कारण एक कोरोना संक्रमितको मृत्यु भएको छ । जेठ १७ गते देखि सेती प्रादेशिक अस्पतालका उपचाररत जिल्लाको बर्दगोरिया– ६ तुलसीपुरका ६५ वर्षिय पुरुषको मृत्यु भएको हो ।
शुक्रवार बिहान ७ बजे उक्त रोगको संक्रमणवाट उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । कालो ढुसीबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालको पहिलो केस भएको उनले बताए ।