बैतडीमा पानीको बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। बिहीबार पञ्चेश्वर गाउँपालिका–३ कुलाउ बजारस्थित आफ्नै किराना पसल नजिकै खेलिरहेकी शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको १५ लिटरको पानीको बाल्टीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दर्शन खड्काले पानीको बाल्टीमा डुबेर घाइते भएकी बालिकाको कुलाउ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको बताए।