• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, भदौ ०१, २०७९ | Wednesday 17th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
  • ९ घण्टा अगाडि

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
  • १२ घण्टा अगाडि

सुनको मूल्य तोलामा ५ सयले घट्यो
  • १३ घण्टा अगाडि

बँदेलका लागि थापेको पासोमा चितुवा
  • १३ घण्टा अगाडि

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी
  • २ दिन अगाडि

कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
  • २ दिन अगाडि

स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म
  • २ दिन अगाडि

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • ४ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • ४ दिन अगाडि

Advertisement

विद्यार्थीको नतिजा आन्तरिक मूल्याकङ्नबाट सार्वजनिक गरिदै

  •  संवाददाता
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन्। गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए। लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन्।

    पालिकाको निर्णयपछि कैलालीका पालिकाले अब कक्षा एकदेखि नौसम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गर्न थालेका छन्। टीकापुर नगरपालिकामा बुधबार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा लिइएका विभिन्न आन्तरिक परीक्षा, हाजिरी, गृहकार्य, अनुशासन र अतिरिक्त क्रियाकलापका आधारमा मूल्याङ्कन गर्न सकिने निर्णय गरेको छ। कोभिड १९ का कारण परीक्षा सञ्चालन गर्न नसकेपछि बुधबार बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

    सरकारको निर्णयानुसार आगामी असारदेखि नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने भएकाले नगर शिक्षा समितिको बैठक बसी यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए। ‘‘विद्यालय सञ्चालकहरुसँग छलफल गर्दा पनि यही विकल्प भन्नुभएको छ, यस्तो बेला परीक्षा गर्न सम्भव पनि छैन’’, ठकुल्लाले भने, ‘‘नयाँ शैक्षिक सत्र सुरु हुने समयमा हामीले यही विकल्प दिएका छौँ।’’

    टीकापुर क्षेत्रका केही निजी विद्यालयले भने कोरोना कहरमा पनि अनलाइन कक्षा नियमित राखेका थिए। उनीहरुले अनलाइनबाट परीक्षा समेत गरे। सबै विद्यालय र विद्यार्थी अनलाइनको पहुँचमा नभएका, अझ सामुदायिक विद्यालयमा अनलाइन कक्षा सम्भव नभएकाले पालिकाले विद्यालयको सहजताका लागि यस्तो निर्णय गरिदिएको शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन्। ‘‘यहाँका विद्यार्थी अनलाइनको पहुँचमा छैनन्, त्यसैले अबको विकल्प यही हुन्छ’’, अवस्थीले भने, ‘‘दोस्रो त्रैमासिक परीक्षा र अन्य विभिन्न मापदण्डलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने तयारी भएको हो।’’

    यस्तै, कैलालीको जानकी गाउँपालिकाले पनि नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएको छ। जानकी गाउँपालिका गाउँ शिक्षा समितिद्वारा कक्षा एकदेखि नौसम्मका कक्षाको नतिजा २० प्रतिशत आन्तरिक मूल्याङ्कन ९उपस्थिति, गृहकार्य, अनुशासन र विविध० र ८०५ अघिल्लो परीक्षाका आधारमा गर्ने गराउने औपचारिक निर्णय भएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिए। ‘‘महामारी फैलिएपछि परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई थप तयारी गर्नुस् भनेर बिदा दियौँ’’, कपाडी भन्छन्, ‘‘महामारी नियन्त्रणमा आएको देखिएन, समुदायमा भयाभह स्थिति छ। यस्तो बेलामा परीक्षा पनि सम्भव छैन, नतिजा रोकेर काम छैन।’’

    कैलालीको लम्कीचुहाले यसअघि नै निर्णय गरी विद्यालयहरु नतिजा सार्वजनिक कार्यमा जुटिसकेका छन्। लम्कीचुहामा विद्यालयहरु अघिल्लो परीक्षा र अन्य आन्तरिक आधारमा नतिजा सार्वजनिक गर्न थालेका हुन्। लम्कीचुहा मात्र होइन कैलालीका सबैजसो पालिकाले यसरी नै नतिजा सार्वजनिक थालेका छन्।

    ‘‘विद्यार्थीहरु परीक्षाको तयारीमा थिए, भोलिबाट हुने भनिएको परीक्षा अघिल्लो दिन विद्यालय बन्द गर्नुपरेको थियो’’, शिक्षिका टङ्कमाया पोखरेल भन्छिन्, ‘‘नानीबाबुले पढेका छन्, परीक्षा मात्र दिन पाएनन्, यसले उनीहरुको शैक्षिक विकास र सिकाइमा असर पर्दैन। नतिजा सार्वजनिक भए बरु तनाब व्यवस्थापन हुन्छ।’’

    शिक्षिका पोखरेल अब विद्यार्थी नयाँ शैक्षिक सत्रको तयारी र माथिल्लो कक्षाका पाठ्यपुस्तक अध्ययनमा लाग्ने वातावरण अभिभावकले बनाउन आवश्यक रहेको बताउँछिन्। ‘‘निषेधाज्ञा खुकुलो भए नानीबाबुका किताब उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्छ’’, उनी भन्छिन्, ‘‘फुर्सदमा रहेका बालबालिकालाई घरमा समेत पढ्ने वातावरण अभिभावकले बनाउन जरुरी छ।’’

    अभिभावकहरु कोरोना महामारीका कारण बालबालिकाको पढाई र बाल मस्तिष्कमा नकारात्मक असर परेको बताउँछन्। ‘‘भोलिबाट परीक्षा दिने भनेर तयारीमा रहेका बालबालिका अघिल्लो दिन विद्यालय बन्द भएपछि तनावमा छन्। गत वर्ष पनि राम्ररी कोर्ष पूरा गर्न पाएनन्’’, अभिभावक बन्दना जैसी भन्छिन्, ‘‘अब सरकारले, विद्यालय सञ्चालकले विकल्प खोजेर बालबालिकाले नियमित अध्ययन गर्ने, रमाउने वातावरण तयार गर्न आवश्यक छ ।’’

    • नतिजा
    • मूल्याकङ्न
    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
    कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
    सुनको मूल्य तोलामा ५ सयले घट्यो
    • भर्खरै
    • चर्चित
    • १.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • २.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ३.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    • ४.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • ५.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ६.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • १.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • २.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ३.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ४.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ५.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ६.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ७.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ८.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ९.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • १०.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.