हो तिमीलाई लिन आउनु पूर्व
मैले मेरो थर बदल्न सकिन
गाडी , घोडा , डोली , जन्ती ल्याउन सकिन
कुनै सम्पत्तिवालालाई
घर जग्गा बन्दकीमा राखेर
तिमीलाई
नाकमा फुली
कानमा झुम्का
घाँटीमा जन्तर
हातमा बाला
खुट्टामा पाउजु ल्याउन सकिन
केही ल्याउन नसक्ने भनेको थाहा भएर नै होला
म
तिमीले मलाई तारे भिरबाट हाम
फाल्न बाध्य बनायौ
आखिर मलाई मेरो बाबा आमाले
मेरा नलनाता , आफन्तले
मेरा इष्टमित्र , साथीभाइले
व्याबरिसे अवस्थामा भेरी नदिमा
फेला पारे
ए प्रिया
तिमीले भन्दिहौ त
म मेरी आमाको छड्के तिलहरि
फुलमाला गर्दा बाबाले आमालाई
लगाइदिनुभएको औँठी
ज्वलेरिमा लगेर जाकडि राख्न तयार थिए
तिमी त माथिल्लो जातकी कत्ति बुझकि रहिछौ
एक्कासि मेरो टाउकोमाथि
ढुङ्गा मुडाको बर्सात गरायौ
म दलित थिए
तिमीलाई माया गर्नु मेरो गल्ती थियो
न त तिमीले मलाई स्विकार्यौ
न त तिम्रो घर परिवारले स्विकार्नु भयो
न त यो अन्धो समाजले स्विकार्यो
आखिर
मलाई एक हात सेतो कपडा ओड्न बाध्य बनायौ
आज मेरो बाबाले न्यायको निम्ति लड्न
न्यायालय खरिद गर्नुपरेको छ
न्यायालय धाउन बाबाले
करेसाबारी बन्दकीमा राखिसक्नुभयो
मैले पाएका प्रमाणपत्र फ्रेमहरू समेत
कसैलाई जिम्मा बिक्री खरिदिसक्नुभयो
तर पनि मलाई कता कता डर लाग्दै छ
मेरो बाबाले न्यायालय किन्न नसकेर न्यायाधीशको फैसला
मेरै घर परिवारमा थुप्रिने पो हो कि ?
दीपा मग्राती.हतुवागढी भोजपुर हाल सुनसरी चतरा