सजिलो छ,मान्छेलाई नशामा डुबाउन,
मुर्छित पारेर ओल्टाई पल्टाई गर्न,
अनि सजिलो छ, माफ गर्नु !
हाम्रो बाटो एक हुन् सक्दैन भन्न,
विगत र वर्तमानमा फरक हुन्छ,
फरक हुन्छ,भन्दैमा विगतलाई
गलत साबित गर्न कसरी सकिन्छ हँ ?
याद छ ?
मैले साइकलको अगाडिपट्टि बसाएर
तिमीलाई पुरै खेतहरू घुमाउँछु भन्दा,
लजाएर छातीमा टाँसिएकी थियौँ,
म केही दिनको पाहुना मात्रै हुँ
भनेर अप्रिल फूल मनाउँदा,
दिनभर आशुधारा बहाएकी थियौँ।
याद छैन भने पनि केही छैन।
किनकि तिम्रा उडानहरू तय भइसके,
म बल्ल निद्राबाट बिउँझिँदै छु।