• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १३ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • १३ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

कञ्चनपुरमा ठूला विकासे आयोजनाको काम सुस्त

  •  संवाददाता
  • शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चार वर्षअघि कञ्चनपुरको पूर्वी क्षेत्र डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको हुलाकी सडक निर्माण आरम्भ भयो। यहाँको दक्षिण क्षेत्रका नागरिकको यातायात सुविधामा सहजता आउने आशासहित उक्त ६२ किलोमिटर हुलाकी सडकको निर्माण तोकिएको समय सकिँदा पनि ५० प्रतिशतमै सीमित छ। एक अर्ब १२ करोड लागत रहेको सडक निर्माण तीन प्याकेजमा ठेक्का दिइएको भए पनि निर्माण व्यवसायीको ढिलासुस्ती र बीचमा कोरोना भाइरस सङ्क्रमणका कारण ढिलाइ भएको हो।

    हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनीयर पदमबहादुर मडैले हालसम्म तीनवटै प्याकेजमा गरी ३२ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिए। “हामीले अहिलेसम्म तीनपटक म्याद थप भइसकेको छ”, इन्जिनीयर मडैले भने, “अहिले पहिलो र तेस्रो प्याकेजको म्याद माघ महिना र दोस्रो प्याकेजको म्याद गत जेठमा सकिएको अवस्था छ।”

    त्यसैगरी उक्त योजनाअन्तर्गत स–साना पुल निर्माणको ठेक्का गर्न बाँकी छ भने गत वर्ष र चालु आवमा कालोपत्र गर्ने समय ¬(वैशाख र जेठ) मा लकडाउन हुँदा काम गर्न नसकिएको हो। इन्जिनीयर मडैले आगामी आवभित्र सडक निर्माणको काम सकिने जानकारी दिए। तीस महिनाको समयावधि दिएर काम थालिए पनि काम गर्न ढिलाइ भएकाले निर्माण कम्पनीको भुक्तानीसमेत रोकिएको अवस्था छ।
    त्यसैगरी कञ्चनपुर र कैलालीका केही भू–भागलाई सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित एक दशकअघि शुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यप्रगति पनि सन्तोषजनक छैन। चौध किलोमिटरदेखि २५ किलोमिटरको भागमा मूल नहर निर्माणका लागि ठेक्का दिइएको सिँचाइ आयोजनाले लामो समय मुआब्जा विवाद र रूख कटानको झमेलाबाट मुक्त हुन सकेन।

    आयोजनाको कार्यालयले काम गर्ने स्थल उपलब्ध गराउन नसक्दा मूल नहरअन्तर्गत अन्य संरचना बनाएर बस्नुको विकल्प नरहेको निर्माण व्यवसायीको दुःखेसो छ। कञ्चनपुरको ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर नहर निर्माणसहित अघि बढेको आयोजनाअन्तर्गत हालसम्म १३ किलोमिटर मूल नहर मात्रै निर्माण सकिएको छ।

    हाल १५ किलोमिटर मूल नहर निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ । “पन्ध्र किलोमिटर नहर खन्ने काम नभए पनि अरू निर्माण भने यो बीचमा भए”, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले भने, “धेरै समय खर्चेर वनको रूख कटान र ऐलानी जग्गाको क्षतिपूर्तिको विषय समाधान भएको छ।”

    उनले नहर निर्माण क्षेत्रमा पर्ने ऐलानी जग्गाको क्षतिपूर्ति दिने विषय टुङ्गो लागेर मन्त्रालयले बजेट माग गरिरहेको बताए। “ऐलानीको क्षतिपूर्ति दिन रु २५ करोड जति चाहिन्छ”, बमले भने, “सोही रकमका लागि अहिले काठमाडौँ आएको छु।” उनले निर्माणका क्रममा यहाँको बेदकोट नगरपालिकामा रहेका चारवटा सामुदायिक वनक्षेत्रको रूख कटानको समस्या पनि हल भइसकेको जानकारी दिए।

    “तीन प्याकेजमा थालिएका कामको म्याद थप भएर आगामी भदौ महिनासम्म छ”, उहाँले भने, “सम्झौता गर्दा २६ महिनामा सक्ने भए पनि त्यो हुन सकेन ।” पन्ध्र किलोमिटर मूल नहर निर्माणको लागत रु दुई अर्ब ५० करोड रहेको आयोजनाले जनाएको छ।
    त्यसैगरी कञ्चनपुरको अर्को ठूलो योजना महाकाली पुलको चार लेनको पक्की पुल निर्माणको काम अघि बढिरहेको भए पनि बीचमा आउने बाधा व्यवस्थापनसित रुमलिनु परेको छ। “केही दिनअघि आएको बाढीले पुलसम्म पुग्ने पहुँच मार्ग बगाउँदा निर्माणलाई केही असर गरेको पनि काम चलिरहेकै छ”, महाकाली पुल योजना कार्यालयका इन्जिनीयर वीरेन्द्र चन्दले भने, “पहुँच मार्गको काम पनि दु्रत गतिमै छ।”

    उनले २०७४ साल भदौमा शुरु भएको पुलको काम दुईपटक म्याद थप भइसकेको जानकारी दिए।। पुलसँगै बन्ने ठूला तलाउमा तटबन्ध बनाउन करीब एक लाख ८१ हजार घनमिटर ठूला ढुङ्गा आवश्यक पर्ने भए पनि निर्माण कम्पनीले अझै ढुङ्गा पाउन सकेको अवस्था छैन। “ठूला ढुङ्गा विषयको फाइल अहिले विभागमा पुगेको छ”, इन्जिनीयर चन्दले भने, “अहिले पुलको भौतिक प्रगति ७५ प्रतिशत पूरा भइसकेको छ।”
    तीन अर्ब २३ करोडको लागतमा बनिरहेको पुलअन्तर्गत ओदालीदेखि गड्डाचौकी र पारि दोधारा चाँदनीको केही भूभागसम्म छ लेनको सडक निर्माणाधीन अवस्थामै छ । केही समयअघि आएको बाढीले निर्माण कम्पनीको कालोपत्र गर्न राखिएको प्लान्ट नै नदीमा आएको बाढीले बगाउन करीब रु तीन करोडभन्दा बढीको क्षति भएको थियो।

    त्यसैगरी यहाँ लामो समयदेखि सञ्चालनमा नरहेको मझगाउँ विमानस्थल पुनर्निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको छ। भीमदत्त नगरपालिका र दोधारा चादँनी नगरपालिकाका जनप्रतिनिधीका साथै यहाँका नागरिक अगुवा विमानस्थल सञ्चालनका लागि लामो समयदेखि दबाब दिँदै आएका थिए।

    रासस

    • काम सुस्त
    • विकासे आयोजना
    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.