यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।
बैजनाले शनिबार एक संयुक्त वक्तब्य जारी गर्दै छोरा आजादको अभिभावकीय जिम्मेवारीमा रहीरहने गरी दुवैबीच अलग्गिने निर्णय भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
‘यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।’ विज्ञप्तीमा उल्लेख छ ।
सम्बन्ध बिच्छेद सम्बन्धको समाप्ती मात्रै नभएर नयाँ यात्राको सुरुवात भएको उनीहरुको भनाई छ ।
आमिर र किरणको पहिलो भेट चलचित्र ‘लगान’को सेटमा भएको थियो । किरण लगान चलचित्रका सहायक निर्देशक थिइन् । केही समयसँगै बिताएपछि सन् २००५ को डिसेम्बरमा दुबैजनाले सम्बन्धलाई औपचारिक दिएका थिए । सन् २०११ किरण र आमीर को पहिलो सन्तान आजादको जन्म भएको थियो ।
रीना दत्त र आमीरको एक छोरी इरा र छोरा जुनैद छन् ।