गैरनाफामुलक सामाजिक संस्था टिम नेपोको वर्ष २०२१-२२ का लागि बैतडी जिल्ला समितिको गठन गरिएको छ। लामो समयदेखि समाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको टिम नेपोको बैतडी जिल्ला समितिको संयोजक (जिल्ला प्रतिनिधि) पदमा धर्म सिंह मडै नियुक्त भएका छन् ।
त्यस्तै नयाँ कार्यसमितिको सह-जिल्ला प्रतिनिधिमा भुबी बिष्ट र नरेश सिंह भण्डारी, मेम्बरसिप कोर्डिनेटरमा नवीन बिष्ट, पब्लिसिस्टमा मान बहादुर बोहरा, पार्टनरसिप कोर्डिनेटरमा भागरथी भट्ट र इडिटरमा बेद कुवर चयन भएका छ्न ।
टिम नेपो बैतडीका नवनियुक्त जिल्ला संयोजक धर्म सिंह मडैले युवाको क्षमता अभिबृद्दी र समाजिक कार्यका कार्यक्रमहरु तय गरिने बताएका छ्न । त्यस्तै संस्थाका निबर्तमान जिल्ला संयोजक अमृत विष्टले कोभिड-19 को चुनौतीका बापजुत आफुले सफलता पुर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै नंया साथिहरुमा नेतृत्व हस्तान्तरण गरेको बताउनु भयो। बिष्टले जिल्ला नेतृत्व हस्तान्तरण गरे पनि आफू टिम नेपोको हरेक गतिविधि र समाजिक कार्यको क्षेत्रमा अनवरत लागिरहने बताए।
टिम नेपोले युवा नेतृत्व, स्वास्थ्य, शिक्षा र वातावरणिय सुरक्षालाइ मुख्यतया आफ्नो कार्यक्षेत्र बनाइ काम गर्दै आएको छ। केहि समय अगाडी टिम नेपोले “पुस्तक परियोजना” नामक देशब्यापी अभियान संचालनमा ल्याएको थियो। कारागारमा पुस्तकालय स्थापना गर्ने उदेश्य बोकेको उक्त परियोजना अनुसार अर्घाखाँची, स्याङ्जा, तनहुँ , चितवन र अछाममा कारागार पुस्तकालय स्थापना गरिसकेको छ भने बैतडीसहित अरु जिल्लामा पनि यसै बर्ष भित्र स्थापना गर्ने योजनामा छ।
टिम नेपोको केन्द्रिय तथा संस्थापक अध्यक्षमा डा. निगम पौडेल र सुदुरपस्चिम संयोजकमा देवकी धामी रहेका छन्।