पार्टीभित्रका जीवित प्रमुख नेता असफल भए पछि केपी युगको सुरुवात भएको हो । मूलतः क माधव र क. झलनाथ असफल हुँदा मुख्य नेता मात्रै असफल भएका होइनन्, उहाँहरूलाई नेता मान्नेहरुको पुरै झुन्ड नै असफल भएको हो । क. केपी ओली नेताहरूको सल्लाहले नेता भएको नभई प्रतिस्पर्धाबाट नेता र कार्यकर्ताले नेता बनाएको मान्छे हो । कम्युनिस्ट आन्दोलनको इतिहासमा यस्तो घटना सम्भवतः पहिलो हो । अहिले तिनै असफल भएका मान्छेहरू ओली युगको अन्त्यको लागि सुलह गर्दै छन् । प्रचण्डको इगोलाई प्रयोग गरेर दुई पार्टीको एकता टुटाउनेहरू र शेर बहादुर को पदलोलुपतालाई प्रयोग गरेर सर्वोच्च अदालतको माध्यमबाट केपी ओलीलाई असफल देखाउनु माधव नेपालहरू नै हुन् । यिनीहरूको भाषा मिठो हुन सक्छ, धटनाबाट भावनामा ल्याउन सक्छ । भावनात्मक कुरा गर्न सक्छन् । तर उद्देश्य कम्युनिस्ट आन्दोलनको समाप्ति नै हो । सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्नेहरू एमाले हुन सक्दैनन् । कुनै पनि भ्रममा नपरी एमालेलाई सशक्त बनाउन जनताका बिचमा जाऔँ ।जनताबाट पराजित भएको काङ्ग्रेसलाई सत्ता पुरयाउनको लागि सकेको गर्ने र एमालेलाई बलियो बनाएर देश बनाउन सकेको गर्नेहरूको बिचमा कसरी एकता हुन्छ ? स्पष्ट बिचार बिनाको पार्टी धोका हो । धोकाको राजनीति नगरौँ । धोकाको मनसाय राखेर न पार्टी बन्छ न त्यस्तो पार्टीले देश बनाउन कुनै योगदान गर्न सक्छ ।
धोकाको राजनीति नगरौँ : कर्ण थापा
धोकाको राजनीति नगरौँ : कर्ण थापा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु