• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, साउन ३०, २०७९ | Monday 15th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • २ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • २ दिन अगाडि

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
  • ३ दिन अगाडि

भन्सारमा ९ सय गाडी अलपत्र
  • ३ दिन अगाडि

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • ५ दिन अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ६ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ६ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ६ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ६ दिन अगाडि

Advertisement

डोटीको सहजपुर–बोगटान सडक निर्माण कार्य तीव्र

  •  संवाददाता
  • आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    डोटी – जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकको काम अहिले तीव्ररुपमा सञ्चालन भइरहेको छ।

    कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञामा केही खुकुलो बनाएसँगै उक्त सडक स्तरोन्नतिसहित कालोपत्रका लागि तीव्र रुपमा तयारी भइरहेको छ। अहिले उक्त सडकका विभिन्न खण्डमा कामदारले दैनिकरुपमा नाली निर्माणदेखि सडक चौडा पार्ने तथा कालोपत्रका लागि गिट्टी फिँजाउने कार्यलाई तीव्रता दिइएको छ।

    पिआरएल–कुमार जेभीसँग दुई अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएको उक्त सडकमा धामधम काम सञ्चालन भएकाले चाँडै नै सम्पन्न हुने भएपछि यहाँका नागरिक खुसी भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ को फागुनमा स्तरोन्नतिसहित कालोपत्रका लागि शिलान्यास गरेको उक्त सडक निर्माण कार्यमा रुख काट्नुपर्ने भएपछि वन मन्त्रालयले रुख काट्न अनुमति नदिएका कारण काममा अवरोध भएको थियो।

    उक्त सडकमा गग फागुनमा तत्कालीन सङ्घीय वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले उक्त सडकमा पर्ने रुख काट्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए। मन्त्रिपरिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेसँगै कामले पुनः तीव्रता पाएको हो। कोरोना महामारीका कारण समय–समयमा काममा केही अवरोध भए पनि अहिले सहज भएपछि कामले तीव्रता पाएको चुरे गाउँपालिका–१ का बासिन्दा इन्द्रबहादुर छेडालले बताए।

    उनले भने, “कोरोना महामारीले काममा केही समस्या गरेको थियो, अहिले परिस्थिति केही सहज बनेपछि पुनःकामले तीव्रता पाएको छ, अब चाँडै काम सम्पन्न हुन्छ होला।” कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म निर्माण तथा कालोपत्र भइरहेको उक्त सडक खण्डमा अहिले नाली निर्माण गर्ने, सडकमा गिट्टी फिँजाउने तथा सडक चौडा बनाउने काम भइरहेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका बासिन्दा चक्रबहादुर भाटले बताए।

    तत्कालीन मन्त्री आलेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले उक्त सडक निर्माणमा अवरोध भएका तीन हजार ३५७ रुख काट्ने अनुमति दिएपछि अहिले सडक क्षेत्रभित्रका रुख पनि काटिन थालेका छन्। कैलाली र डोटीका विभिन्न क्षेत्र जोड्ने उक्त सडक समयमै निर्माण सम्पन्न भए यहाँका नागरिकले आफूले उत्पादन गरेका साग तरकारीदेखि अन्य फलफूल बजारसम्म पु¥याउन निकै सहज हुँने सहजपुरका बासिनदा सुरतबहादुर शाहले जानकारी दिए।

    यसैगरी मन्त्रिपरिषद्को बैठकले सहजजुर बोगटान सडकको इआइएसमेत स्वीकृत गरेपछि काममा झन सहज भएको सडक निर्माण कम्पनी पिआरएल–कुमार जेभीले जनाएको छ। कूल १४० किलोमिटर लम्बाई रहेको सो सडकमा तत्काललाई ५० किलोमिटर कालोपत्र गर्ने गरी काम अगाडि बढाइएको छ। अहिले वनको कुनै अवरोध नरहेको स्थानमा नाली निर्माणलगायत अन्य सडक निर्माणको कामलाई तीव्रता दिइएको आयोजना कार्यालयले जनाएको छ।

    उक्त सडक खण्डअन्तर्गत कैलालीको सडक खण्डमा पर्ने कम्तीमा पनि ४३८ र डोटीको सडक खण्डमा पर्ने तीन हजार ३५७ भन्दा बढी रुख कटानका लागि वन विभागसँग सम्झौतासमेत भइसकेकाले कामले तीव्रता पाएको सहजपुर–बोगटान–दिपायल सडक योजना कार्यालयका योजना प्रमुख ईश्वर बस्नेतले बताए।

    वनको अवरोधसँगै जग्गाको मुआब्जामा देखिएको समस्या पनि समाधान भइरहेका कारण अब उक्त सडकको निर्माण कार्य रोकिने समस्या समाधान भएको बताइएको छ। एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा उक्त निर्माण हुन लागेको हो।

    रासस

    • सडक निर्माण
    आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
    जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
    ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • २.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • ३.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ४.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ५.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ६.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ७.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ८.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ९.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • १०.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • १.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ६.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ७.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ८.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      कैलालीमा एक पुरुष मृत फेला

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.