डोटि, ४ साउन डोटिको केआईसिङ गाउपालिका वार्ड न. ४ मा सामुदायिक प्रहरी साझेदारि अन्तर्गत घरेलु हिंशा , मदिरा , तथा अबैध हातहतियार सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। प्रहरी चौकी वाईल डोटिको आयोजनामा यस्ता कुनै पनि खालका समस्याहरु पर्दा स्थानीय आफैले केही आफ्नो ब्यबस्थापन गर्न सकुन भन्ने मुख्य उधेश्यले उक्त कार्यक्रम गरिएको प्रहरी चौकी वाइल का प्रमुख प्रहरी साहायक निरीक्षक बिपिन भण्डारिले जानकारी दिए । कार्यक्रममा वडाबासी सम्पुर्ण स्थानिय तथा जनप्रतिनिधिको उपस्थित रहेको थियो । समाजमा यस्ता घटना परिघटना नघटुन , घटिहालेमा कानुनी प्राबधान के कस्तो छ , स्थानियमा यस्को प्रभाव के कस्तो छ भन्ने बारेमा केही जानकारी दिएको भण्डारिले बताए । उक्त क्षेत्रका बासिन्दाहरुले यो बिषयमा जानकारी दिएको मा प्रहरी चौकी वाइललाई धन्यवाद दिएका छन साथै यस्ता समस्याहरु परेमा आफै आफ्नो तरिकाबाट समाजमा यस्ता कुकृती हुनुबाट बचाउने उनिहरुले प्रतिबद्धता गरेका छन ।
डोटिमा प्रहरिद्वरा जनचेतनामुलक कार्याक्रम सम्पन्न।
डोटिमा प्रहरिद्वरा जनचेतनामुलक कार्याक्रम सम्पन्न।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु