• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • १ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • १ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • १ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • १ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • १ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • १ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • २ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ३ दिन अगाडि

चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय
  • ३ दिन अगाडि

Advertisement

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरु काठमाडौँमा,नयाँ सत्ता समीकरणबारे छलफल !

  •  संवाददाता
  • मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दलको भूमिकामा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउन परामर्श शुरु भएको छ । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको बर्हिगमनपछि सुदूरपश्चिम प्रदेशमा समेत केन्द्रकै सत्ता गठनबन्धनलाई निरन्तरता दिने गरी दुवै पार्टीलाई सरकारमा ल्याउन नेताहरुले परामर्श थालेका हुन् ।

    कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव समूह, जनता समाजवादी पार्टीको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री र पार्टीका अन्य नेता काठमाडौं पुगेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट केही दिनदेखि काठमाडौंमै रहेका बेला मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का पनि काठमाडौं पुगेका छन् । कृषि मन्त्री विनिता चौधरी पनि केही दिनदेखि काठमाडौंमै छिन् ।

    उनीहरुसँगै केही सांसद पनि काठमाडौं पुगेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी बाहेक प्रदेशका सबै मन्त्री र नेपाली कांगेसका सांसदहरु काठमाडौं जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले संघीय सरकारमा जस्तै प्रदेशमा पनि कांग्रेस, माओवादी र जसपाबीच सत्ता सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

    ‘संघीय सरकारमा जस्तै प्रदेशमा पनि पाँच दलीय गठबन्धनको सरकार बनाउने गरी नेताहरुका बीचमा छलफल भइरहेको छ,’ रावलले अनलाइनखबरसँग भने, ‘सहभागिता कसरी गराउने भन्ने कुरामा सघन परामर्श चलिरहेको छ । केही दिनभित्रै हामी निष्कर्षमा पुग्छौं ।’ रावलले अर्को हप्तासम्म प्रदेशमा गठबन्धन सरकार बन्ने सम्भावना रहेको जनाए । अहिले यहाँ एमालेको माधव समूहको समर्थनमा माओवादीको नेतृत्वमा सरकार छ ।

    मुख्यमन्त्रीमा कांग्रेस र माधव समूहको दाबी

    प्रमुख प्रतिपक्षी दलको भूमिका रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान लिएको छ । माओवादीले साढे तीन वर्ष सरकारको नेतृत्व गरिसकेको, एमालेको माधव समूहले पनि महत्वपूर्ण मन्त्रालय सम्हालिसकेको लगायतका कारण देखाएर कांग्रेसले आफूलाई मुख्यमन्त्री दिनुपर्ने अडान राखेको स्रोतको भनाइ छ । ‘सुदूरपश्चिममा कांग्रेसलाई मुख्यमन्त्री दिने वा मन्त्रीहरु मात्रै भन्ने विषय टुङ्गो लाग्न बाँकी छ,’ एक प्रदेशसभा सदस्यले भने, ‘सम्भवतः अबको बाँकी समय कांग्रेसले नै नेतृत्व गर्ने गरी अगाडि बढ्ने कुरा हुन्छ होला । त्यसैले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई काठमाडौं बोलाइएको हो ।’

    तर नेकपा एमालेको माधव समूहले पनि सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । ‘अहिलेकै नेतृत्वलाई निरन्तरता दिने कि कांग्रेस वा एमालेको माधव समूहको माग बमोजिम अगाडि बढ्ने भन्ने कुरामा छलफल जारी छ,’ उनले भने, ‘संघीय सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएपछि थप प्रष्ट हुन्छ होला ।’ काठमाडौंमै रहेका माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका सचेतक अक्कलबहादुर रावलले पनि नेतृत्व तहमा यी विषयमा छलफल चलिरहेको बताए । ‘अहिले नै भन्ने सकिने अवस्था छैन । पार्टीको नेतृत्व तहमा छलफल भइरहेको छ,’ रावलले भने ।

    जसपा  पर्ख र हेरको अवस्थामा

    सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको एकल वा माओवादी र कांग्रेसले गठबन्धन सरकार गठन भएको अवस्थामा निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टीले भने अहिले पर्ख र हेरको अवस्था रहेको जनाएको छ । जनता समाजवादी पार्टी सुदूरपश्चिमका संसदीय दलका नेता कृष्णबहादुर चौधरीले संघमा जस्तै प्रदेशमा पनि गठबन्धनको सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताए ।

    ‘संघमा हाम्रो पार्टीले पनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कुरा सबैलाई थाहा नै छ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘तर प्रदेशको हकमा अहिले पालुवा पलाइरहेकाले कस्तो फूल फुल्छ हेर्न बाँकी छ ।’ उनले परस्थिति हेरेर पार्टीले उपयुक्त कदम चाल्ने जनाएका छन् ।

    मन्त्रीहरु भन्छन्– तत्काल कुनै फेरबदल हुने सम्भावना छैन

    संघीय राजधानी काठमाडौं पुगेका प्रदेश सरकारका मन्त्रीहरुले भने तत्काल कुनै खालको फेरबदल हुने सम्भावना नरहेको जिकिर गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले आफूहरु काम विशेषले काठमाडौं आएको भन्दै प्रदेश सरकारमा तत्कालै कुनै खालको फेरबदल हुने सम्भावना नरहेको दाबी गरे ।

    ‘कांग्रेस र जसपालाई सरकारमा लैजाने कुरा अहिले नै खासै चलेको छैन,’ सोडारीले अनलाइनखबरसँग भने, ‘संघमा पाँच दलीय गठबन्धनको सरकार बनेको थाहै छ । हाम्रो बाहिरबाट समर्थन हो । प्रदेशको विषयमा कुनै छलफल भएको छैन ।’

    सामाजिक विकास मन्त्री लालबहादुर खड्काले पनि आफू काम विशेष र राजनीतिक भेटघाटका लागि काठमाडौं पुगेको बताउँदै सरकारका सन्दर्भमा छलफल नचलेको दाबी गरेका छन् । प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले पनि कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गराउने विषयमा छलफल भएको कुरा आफूलाई थाहा नभएको बताइन् । ‘त्यो विषयमा मलाई खासै जानकारी छैन,’ जोशीले भनिन्, ‘प्राकृतिक प्रकोपको बेला भएकाले गृहमन्त्रीज्यूसँग प्रदेशका समस्या र प्रकोप नियन्त्रणको विषयमा छलफल गर्न काठमाडौं आएकी हुँ ।’

    यस्तो छ प्रदेशसभाको अंकगणित

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ जना मात्रै छन् । तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले माओवादी परित्याग गरेपछि पार्टीको सिफारिसमा पदमुक्त भएपछि प्रदेशसभामा ५२ जना सांसद छन् । उनीहरुमध्ये नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

    एमालेभित्र फुट रहेका कारण माधव समूहका १७ जनाले सरकारलाई समर्थन गरेका बेला ओली समूहका ७ जना विपक्षमा उभिएका छन् । यहाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक हुन्छ । एमाले एक भएको अवस्थामा जनता समाजवादीका दुई सांसदको समर्थनमा सरकार बनाउन सक्ने अवस्था थियो । तर पार्टी एकता नभइसकेको र संघमा पनि जसपाको दुवै पक्षले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिइसकेका छन् । त्यसकारण तत्काल यो सम्भावना छैन ।

    एमालेका दुवै समूह सरकारबाट बाहिर रहेको अवस्थामा कांग्रेस, माओवादी र जसपा मिलेर तीन दलीय गठबन्धनको सरकार बनाउन सक्ने अवस्था पनि छ । तर अहिले संघमा जस्तै एमालेको माधव समूह, कांग्रेस, माओवादी र जसपा मिलीजुली सरकार बनाउने पक्षमा देखिएका छन् । –अनलाइन

    • मुख्यमन्त्री र मन्त्री
    • सत्ता समीकरण
    • सुदूरपश्चिम
    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
    स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
    • भर्खरै
    • चर्चित
    • १.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ६.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ७.
      कैलालीमा एक पुरुष मृत फेला

    • ८.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ९.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १०.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • १.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • २.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ५.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ८.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ९.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • १०.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.