कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ मा सुरक्षित चेली अभियान सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा वडा कार्यालयको समन्वय तथा जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी विष्ट भाँसीको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो। वडा अध्यक्ष डम्बर सिंह कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनपुर प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्वेदीको प्रमुख अतिथी रहेका छन्।
कार्यक्रममा प्रहरी निरीक्षक । अमर बहादुर माझी, नागरीक समाज, स्थानिय जनप्रतिनिधी, समाजसेवी, संघसंस्था, स्वास्थ्यकर्मी, शिक्षक, व्यापारी, कर्मचारी, पत्रकार, नेपाल प्रहरी, सर्वसाधरण गरी गरि ९०र१०० जनाको उपस्थितीमा रहेको थियो।
यसैगरी जिल्लाको दोधारा चाँदनी नगरपालिका पशुपति टोलस्थित पशुपति आधारभुत विद्यालयमा लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय, मातहत ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सनसेट युथ क्लव दोधाराको संयुक्त आयोजनामा लागु औषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा प्रहरी निरीक्षक भरत राज गिरीले प्रशिक्षण गर्नु दिएका थिए। कार्यक्रममा ५०र६० जना स्थानिय ब्यक्तिहरुको सहभागिता रहेको थियो।