पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।१२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय १२ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ८ सय ६७ जना कोरोना मुक्त भएका छन्। अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या ३९ हजार २ सय ९८ रहेको छ।
संक्रमण भएका ३३ जनाको मृत्यु भएको हो। अहिलेसम्म देशभर संक्रमण भएका १० हजार २ सय ९२ जनाको मृत्यु भइसकेको छ।