• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, असार २३, २०८२ | Monday 7th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ दिन अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • ४ दिन अगाडि

शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
  • ४ दिन अगाडि

सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ
  • ४ दिन अगाडि

धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु
  • ६ दिन अगाडि

कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु
  • ६ दिन अगाडि

४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प
  • ६ दिन अगाडि

धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न
  • १ हप्ता अगाडि

डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा
  • १ हप्ता अगाडि

डोटीमा बरामद एक किलो सुन र पैसा मुम्बई फिर्ता पठाइयो

"भारतमा चोरी, नेपालमा बरामद  "
  •  दैनिक जीवन
  • बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जिल्ला प्रहरी कार्यालय डोटीले दिपायल–सिलगढी नगरपालिका–४ कुलपातेबाट काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको थियो । २०७७ माघ १४ मा पैसाबारे अनुसन्धान गर्दा कालीले बयान दिइन्–‘सुन घरमा राखेको छु ।’ सो सुन र पैसा भारतबाट चोरेर ल्याएको सुराक भारतीय प्रहरीले पत्राचार गरेर त्यसअघि नै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई गराएको थियो ।

     

    काली त्यसदिन पैसा शरीरमा लुकाएर कैलालीको धनगढीतर्फ जाँदै थिइन् । कालीको बयानका आधारमा केआई सिंह गाउँपालिका–६ स्थित उनको घरमा खानतलासी गर्दा एक किलो एक सय ग्राम सुन घरमा लुकाएर राखेको भेटियो । रकम र सुन दुवै प्रहरीले बरामद ग¥यो ।

    ५८ वर्षीया काली भुलको साथबाट बरामद सुन र पैसा डोटी प्रहरीले पत्र सहित प्रहरी प्रधान कार्यालयमा पठाएको थियो । सो सामान भारतको मुम्बई घर भएका रवीन्द्र मुरलीधर इमान्दारको घरबाट काली भुलका आफन्तले चोरेर नेपाल पठाएका थिए । बरामदपछि सो सामान रवीन्द्र मुरलीधरले नपाएको बारे संचारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले मंगलबार प्रेश विज्ञप्ती प्रकाशन गरेर सुन र पैसा ‘मुम्बई पठाएको’ जानकारी दिएको छ ।
    ‘परराष्ट्र मन्त्रालय र इन्टरपोल भारतको समन्वयमा सो सामान मुम्बई प्रहरीलाई जिम्मा लगाएका छौं’ प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीसँग भने–‘काली भुलको आफन्तले उताबाट चोरेर नेपाल पठाएको अनुसन्धानबाट खुलेको छ, त्यसबारे मुम्बई प्रहरीले मुद्दा चलाएको हुनाले प्रमाणको रुपमा सुन र पैसा मुम्बई प्रहरीलाई जिम्मा लगाएको छ ।’

    घरको सुन र नगद गरी ८२ लाख रुपैयाँ बराबरको चोरी भएको भन्दै भारतको मुम्बईका रवीन्द्र मुरलीधर इमान्दारले २०७७ असोज १८ (४ अक्टोबर २०२०) मा महाराष्ट्रको खण्डेश्वर थानामा किटानी जाहेरी दिएका थिए ।

    उजुरीपछि इन्टरपोलमार्फत भारतिय प्रहरीले नेपाल प्रहरीलाई खोजतलासका लागी खबर गरेको थियो । अनुसन्धानबाट खुलेपछि १ सय ग्रामका ७ थान र दुई सय ग्रामका दुई थान गरी एक हजार एक सय ग्राम सुन प्रहरीले बरामद गर्यो ।
    बरामद सुन जनप्रतिनिधि समेतको रोहवरमा डोटी प्रहरीले मुचुल्का गरेर प्रहरी प्रधान कार्यालयमा पठाएको थियो । डोटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) इन्द्रबहादुर मल्लले ०७७ फागुन २४ मा काठमाडौं ल्याएर सुन बुझाएको तर, सो सुन भारतमा नपुगेको भन्दै स्थानीय संचारमाध्यमले प्रश्न उठाएका थिए ।

    • एक किलो सुन र पैसा
    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
    अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
    शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • २.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ३.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ४.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • ५.
      धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    • ६.
      कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु

    • ७.
      ४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प

    • ८.
      धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न

    • ९.
      डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा

    • १०.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    • १.
      ४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प

    • २.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • ३.
      धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    • ४.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ५.
      कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु

    • ६.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ७.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.