• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

डोटीमा बरामद एक किलो सुन र पैसा मुम्बई फिर्ता पठाइयो

"भारतमा चोरी, नेपालमा बरामद  "
  •  दैनिक जीवन
  • बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जिल्ला प्रहरी कार्यालय डोटीले दिपायल–सिलगढी नगरपालिका–४ कुलपातेबाट काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको थियो । २०७७ माघ १४ मा पैसाबारे अनुसन्धान गर्दा कालीले बयान दिइन्–‘सुन घरमा राखेको छु ।’ सो सुन र पैसा भारतबाट चोरेर ल्याएको सुराक भारतीय प्रहरीले पत्राचार गरेर त्यसअघि नै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई गराएको थियो ।

     

    काली त्यसदिन पैसा शरीरमा लुकाएर कैलालीको धनगढीतर्फ जाँदै थिइन् । कालीको बयानका आधारमा केआई सिंह गाउँपालिका–६ स्थित उनको घरमा खानतलासी गर्दा एक किलो एक सय ग्राम सुन घरमा लुकाएर राखेको भेटियो । रकम र सुन दुवै प्रहरीले बरामद ग¥यो ।

    ५८ वर्षीया काली भुलको साथबाट बरामद सुन र पैसा डोटी प्रहरीले पत्र सहित प्रहरी प्रधान कार्यालयमा पठाएको थियो । सो सामान भारतको मुम्बई घर भएका रवीन्द्र मुरलीधर इमान्दारको घरबाट काली भुलका आफन्तले चोरेर नेपाल पठाएका थिए । बरामदपछि सो सामान रवीन्द्र मुरलीधरले नपाएको बारे संचारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले मंगलबार प्रेश विज्ञप्ती प्रकाशन गरेर सुन र पैसा ‘मुम्बई पठाएको’ जानकारी दिएको छ ।
    ‘परराष्ट्र मन्त्रालय र इन्टरपोल भारतको समन्वयमा सो सामान मुम्बई प्रहरीलाई जिम्मा लगाएका छौं’ प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीसँग भने–‘काली भुलको आफन्तले उताबाट चोरेर नेपाल पठाएको अनुसन्धानबाट खुलेको छ, त्यसबारे मुम्बई प्रहरीले मुद्दा चलाएको हुनाले प्रमाणको रुपमा सुन र पैसा मुम्बई प्रहरीलाई जिम्मा लगाएको छ ।’

    घरको सुन र नगद गरी ८२ लाख रुपैयाँ बराबरको चोरी भएको भन्दै भारतको मुम्बईका रवीन्द्र मुरलीधर इमान्दारले २०७७ असोज १८ (४ अक्टोबर २०२०) मा महाराष्ट्रको खण्डेश्वर थानामा किटानी जाहेरी दिएका थिए ।

    उजुरीपछि इन्टरपोलमार्फत भारतिय प्रहरीले नेपाल प्रहरीलाई खोजतलासका लागी खबर गरेको थियो । अनुसन्धानबाट खुलेपछि १ सय ग्रामका ७ थान र दुई सय ग्रामका दुई थान गरी एक हजार एक सय ग्राम सुन प्रहरीले बरामद गर्यो ।
    बरामद सुन जनप्रतिनिधि समेतको रोहवरमा डोटी प्रहरीले मुचुल्का गरेर प्रहरी प्रधान कार्यालयमा पठाएको थियो । डोटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) इन्द्रबहादुर मल्लले ०७७ फागुन २४ मा काठमाडौं ल्याएर सुन बुझाएको तर, सो सुन भारतमा नपुगेको भन्दै स्थानीय संचारमाध्यमले प्रश्न उठाएका थिए ।

    • एक किलो सुन र पैसा
    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.