• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा साउनमै थपिए १३ सय कोरोना संक्रमित

  •  संवाददाता
  • बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डोटी – सोमबार (साउन ३२ गते) सुदूरपश्चिम प्रदेशमा ४० जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेन विधिबाट परीक्षण गरिएका ६८० मध्ये १० जनामा र पीसीआर विधिबाट परीक्षण गरिएका २२५ जनामध्ये ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोमबार पुष्टि भएका संक्रमितसंगै सुदूरपश्चिम प्रदेशमा साउन महीनामा एक हजार ३३२ जना नयाँ संक्रमित थपिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार साउन महीनामा एन्टिजेन विधिबाट १७ हजार ९६७ जनामा परीक्षण गरिएको थियो । तीमध्ये ३३७ जनामा संक्रमण देखिएको हो ।

    यस्तै साउनमा पीसीआर विधिबाट पाँच हजार ७९ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा छ ।

    तथ्याङ्क अनुसार सुदूरपश्चिममा साउन महीनामा ६ जनाले कोरोनाविरुद्धको लडाइमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

    हालसम्म ४५ हजार संक्रमित

    प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार साउन महीनासम्म सुदूरपश्चिम प्रदेशमा ४५ हजार ७५७ जनामा संक्रमण देखिएको छ ।

    हालसम्म एन्टिजेन विधिबाट परीक्षण गरिएका ९९ हजार ९७८ मध्ये नौ हजार ८७ जनामा संक्रमण देखिएको छ । यो संख्या कुल परीक्षण गरिएका व्यक्तिहरुको संख्याको नौ प्रतिशत हुन आउँछ । यस्तै पीसीआर विधिबाट परीक्षण गरिएका दुई लाख नौ हजार ७८ मध्ये ३६ हजार ६७० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संख्या पीसीआर विधिबाट परीक्षण गरिएका कुल संख्याको १८.२४ प्रतिशत हो ।

    सुदूरपश्चिममा हालसम्म ५८० जनाले कोरोनासंग लड्दालड्दै ज्यान गुमाएका छन् । यीमध्ये पीसीआर विधिबाट संक्रमण पुष्टि भएका ३३५ र एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएका २४५ रहेका छन् ।

    साउनसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा ४११ जना सक्रिय संक्रमित रहेका छन् ।

    सावधानी छैन, जोखिम छ

    तेश्रो भेरियण्टको संक्रमण फैलिने खतरा रहेपनि सावधानी नभएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थी वताउँछन् । ‘न मास्क लगाउँछन्, न भौतिक दुरी छ’ डा अवस्थी भन्छन्, ‘पहिलो लहरको संक्रमण फैलिदा केही डर थियो सर्वसाधारणमा तर अहिले त्यो देखिदैन ।’ उनले कोरोना महामारीको वारेमा राम्रोसँग बुझेका व्यक्तिहरुले समेत लापरबाही गर्ने गरेको बताए ।

    तेश्रो लहरको संक्रमण रोकथामका लागि पूर्व तयारी भइरहेको डा अवस्थी वताउँछन् । ‘कैलाली र कञ्चनपुरमा एक/एक हजार शैयाका होल्डिङ्ग सेन्टर निर्माण हुँदैछन्’ उनले भने, ‘ती सेण्टरहरु निर्माण भएपछि भारतबाट आउनेहरुलाई सीमा नाकामै परीक्षण गर्ने र संक्रमित देखिए होल्डिङ्ग सेण्टरमा राखेर निको भएपछि मात्रै घर पठाउँछौं ।’

    उनले प्रदेशभित्र रहेका अस्पतालहरुको पनि स्तरोन्नति गर्ने तयारी भइरहेको बताए । प्रत्येक जिल्ला अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने योजना रहेको डा अवस्थी वताउँछन् । उनले भने ‘सम्बन्धित जिल्ला अस्पतालमा काम गर्ने एक जना डाक्टर र एक नर्सलाई तालिम दिएर भेन्टिलेटर चलाउन सक्ने वनाउने तयारी भइरहेको छ ।’

    कोरोनाको संक्रमणबाट बच्नका लागि सुरक्षित रहन र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्न डा अवस्थी सबैलाई आग्रह गर्दछन् ।

    • कोरोना संक्रमित
    • सुदूरपश्चिममा
    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.