डडेलधुराको भागेश्वर र बैतडीको शिवनाथ गाउँपालिकाको बिचमा पर्ने सोर्नाया नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन। बैतडीको शिवनाथ गाउँपालिका–४ बारु पुर्ख्यौली घर भई हाल डडेलधुराको भागेश्वर गाउँपालिका–३ जैतेखुल्ला बस्दै आएका ४२ बर्सिया राम सिंह साउद बेपत्ता भएको स्थानीयले बताएका छन् । घर निमार्णको सामान लग्न शिवनाथ गाउँपालिका ०४ खोड्पे गएका साउद बिहीबार साँझ ६ बजे नजिकैको सोर्नाया नदी तर्ने क्रममा बेपत्ता भएका हुन् ।
नदिको बगरमा बाख्रा चराउन गएका साना बालबालिकाहरूले नदी तर्दै गर्दा बगेको देखेपछि स्थानीयहरूलाई खबर गरेका थिए। बेपत्ता भएका साउद दुई दिन सम्म पनि फेला नपरे पछि परिवारले पुत्ला बनाइ अन्तिम संस्कार गरेका छन् । उक्त नदिमा एउटा झोलुङ्गे पुल समेत नहुँदा अहिले सम्म सयौँ जनाले अकालमै ज्यान गुमाउनु परेको स्थानीय पदम साउदले बताए ।
साबिकको उदयदेव गाविस बैतडी र भागेश्वर गाविस डडेलधुराको बिचमा पर्ने सोर्नया नदिमा डडेलधुरा र बैतडीका दर्जनौँ गरिब किसानहरूको रहनसहन,खेतीपाती गर्ने थलो हो।एक अर्काको पर्म तिर्न,एक घर बाट अर्को घर जान,गोठालो जान,घाँस दाउरा गर्न र पानी भर्नका लागि समेत नदिमा बारम्बार तर्नु पर्ने हुँदा नागरिकहरूले जोखिम मोलिरहेका छन् ।
बर्खाको समयमा हजारौँ साना ठुला खोला बाट बग्ने नदिको बहाव निकै भयानक हुन्छ। विगतमा पुल निर्माण का लागि कयौँ पटक योजना परेको त कहिले योजना का समान्हरु अलपत्र फालिए त कहिले ठेकेदार नै भेटिएनन्। यसरी न त कुनै स्थानीय निकाय सरोकार बालाहरूको ध्यान नजाँदा यहाँको अवस्था निकै मर्माहित बन्दै गएको छ।