• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, साउन ३०, २०७९ | Monday 15th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • २ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • २ दिन अगाडि

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
  • ३ दिन अगाडि

भन्सारमा ९ सय गाडी अलपत्र
  • ३ दिन अगाडि

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • ५ दिन अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ६ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ६ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ६ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ६ दिन अगाडि

Advertisement

मोहना नदीपारिका नेपालीलाई आफ्नै देश बिरानो

  •  संवाददाता
  • सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको कैलारी गाउँपालिका–३, मोहनपुरका वीरमल चौधरीकी चार वर्षीया छोरी आयुष्मा गत २८ साउनमा गम्भीर बिरामी भइन् । वीरमलले बिरामी छोरीलाई उपचारका लागि नजिक पर्ने धनगढी बजार पुर्‍याउन निकै सास्ती खेप्नुपर्‍यो । उनको गाउँबाट धनगढी २५ किलोमिटरको दूरीमा पर्छ । धनगढी आउन उनले भारतको पलियाको बाटो भएर करिब ८५ किलोमिटर घुम्नुपर्‍यो ।

    तीनतिर भारतीय सिमाना रहेको सीमावर्ती गाउँ मोहनपुरबाट नेपालतर्फ उत्तरमा मोहना नदी छ । नदी तरेपछि तीन सय मिटरको दूरीमा हुलाकी राजमार्ग पर्छ जुन धनगढीसम्मै कालोपत्रे छ । तर, नदी तर्न नसक्दा धनगढी जान भारतीय बाटो प्रयोग गर्नुपरेको बाध्यता वीरमलले सुनाए । गाउँनजिकको भारतीय बजार चन्दनचौकीबाट भारतीय नम्बर प्लेटको गाडी बुकिङ गरेर बिरामीलाई धनगढीसँगै जोडिएको गौरीफन्टा नाका ल्याइएको थियो ।

    ‘नदीमा भीषण बाढी थियो, त्यसैले डुंगा चलेन । नदी तर्न नसकेपछि एक घन्टा लाग्ने धनगढी पुग्न अर्काको देशको बाटो भएर तीन–चार घन्टा यात्रा गर्नुप¥यो,’ चौधरीले भने, ‘छोरीलाई नाकबाट रगत आउने र पेट अत्यधिक दुख्ने समस्या थियो । समयमै अस्पताल पु¥याउन नसक्दा के पो हुन्छ भनेर आत्तिएका थियौँ, तर दुःख पाए पनि भाग्यवश त्यस्तो अप्रिय केही भएन ।’ हुलाकी बाटो जाँदा बढीमा पाँच सय खर्च लाग्नेमा भारतीय बाटो प्रयोग गर्नुपरेकाले २५ हजार रुपैयाँ खर्चसँगै सास्ती भएको चौधरीले बताए ।

    मोहना नदीपारि पर्ने मोहनपुर गाउँका बासिन्दाले भोग्दै आएको सास्तीको यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । नदीमा पुल नहुँदा त्यहाँका बासिन्दा वर्षायाममा निकै कष्टकर जीवन बिताउन बाध्य छन् । बर्खामा बाढीले उर्लने नदी तर्ने विकल्प नभएपछि उनीहरू नेपाली बस्तीसँग सम्बन्धविच्छेदको अवस्थामा हुन्छन् । नदी तरेर वारि आउन समस्या हुने भएकाले दैनिक उपभोग्य वस्तु किनमेल, सामान्य औषधि उपचारलगायत कामका लागि भारतीय बजारमा निर्भर हुनुको विकल्प नरहेको स्थानीय बताउँछन् । गम्भीर बिरामी, सुत्केरीलाई भारतीय बाटो भएर धनगढी पुर्‍याउनुपर्ने अवस्था छ ।

    नदीमा पुल नभएकाले वर्षायामका धेरै दिन गाउँमै थुनिएर बस्नुपर्ने बाध्यता रहेको स्थानीय सैतुराम चौधरीले बताए । नेपालतर्फ आवतजावत बन्द र किनमेलमा भारतीय बजार निर्भर हुनुपर्दा बर्खामा आफ्नै देशका अन्य बस्तीहरू बिरानो लाग्ने गरेको उनले सुनाए । ‘नदीमा बाढी आएका वेला गम्भीर बिरामी र सुत्केरीलाई पनि अस्पताल लैजान सक्दैनौँ,’ उनले भने, ‘सरकारले सीमाको बस्तीको विकासलाई ध्यान दिएन, त्यस्ता दुःखका वेला हामी नेपाली नै होइनौँ कि लाग्छ ।’

    नदीवारि गाउँपालिका केन्द्रसमेत रहेको हसुलिया बजार पर्छ । धनगढी पनि धेरै दूरीमा छैन । तर, स्थानीय बासिन्दा बिरामी हुँदा उपचारका लागि यी बजार सहज रूपमा आउन पाउँदैनन् । बिरामी तथा कतिपय अत्यावश्यक काम पर्दा गाउँपालिका कार्यालय र अन्यत्र जान स्थानीयले नदीमा एउटा डुंगा राखेका छन् । तर, नदीमा बाढी कम भएको वेला मात्र डुंगा चल्छ, अरू वेला बन्द हुन्छ । ‘नदीमा बाढी प्रायः घट्दैन । चुरेमा पानी पर्दा पनि मोहनामा बाढी उर्लिन्छ,’ वीरमलले भने, ‘डुंगा पल्टने डर हुने भएकाले नगई नहुने कामबाहेक जोखिम मोलेर वारिपारि गर्दैनौँ ।’ मोहना नदीको बाढीले गाउँ डुबान भएपछि स्थानीय भारतीय जंगलमा पुग्छन् ।

     

     

    बालबालिका भारतीय विद्यालयमा पढ्न बाध्य
    कैलालीमा मोहना नदीले नेपाल–भारत सिमाना छुट्याएको छ । कैलारी गाउँपालिकाका तीन गाउँ भने नदीपारि पर्छन् । यी गाउँको तीनतिर भारतीय सिमाना र नेपालतर्फ उत्तरमा मोहना नदी पर्छ । नदीपारिको अर्को सीमाबस्ती हौसलपुरको अवस्था भने मोहनपुर र शिवरत्नपुरभन्दा फरक छ । हौसलपुर भारतीय गाउँसँगै जोडिएको छ । दशगजाआसपास छिमेकमै भारतीयका घर छन् । त्यहाँ थारू समुदायका २८ घरधुरी बसोवास गर्छन् । उनीहरू उपचार, अध्ययन, किनमेललगायत सबैजसो कारोबार र व्यवहारमा पूर्णतः भारत निर्भर छन् । नेपाली बस्ती र बजार प्रायः आउँदैनन् । गाउँमा विद्यालय नभएपछि बालबालिका भारतीय विद्यालय जान्छन् ।

    भारतीय विद्यालयमा पढ्ने भएकाले उनीहरू हिन्दीमा पोख्त छन् । घरमा थारू भाषा बोल्ने उनीहरू नेपाली भाषा बोल्न र बुझ्न सक्दैनन् । सानैदेखि हिन्दी भाषा र भारतीय राष्ट्रिय गानमा अभ्यस्त उनीहरू नेपालीपन र नेपाली भाषासँग टाढा छन् । ‘आफ्नो भाषा नेपाली बोल्न रहर लाग्छ । नेपालीमै पढ्ने मन छ,’ भारतीय वेलापरसवा गाउँस्थित सरस्वती शिशु विद्यामन्दिरमा कक्षा १० मा अध्ययनरत गीता कठरियाले भनिन्, ‘सानैदेखि हिन्दी भाषामा पढेकाले नेपाली भाषा थाहा थिएन ।’

    बालबालिका मात्र होइन, उनीहरूका अभिभावक पनि नेपाली भाषा बोल्न जान्दैनन् । गाउँका भल्मन्सा टीकाराम चौधरीका अनुसार २८ परिवारका दुई सय पाँचमध्ये नेपाली भाषा बोल्न जान्ने तीनजना मात्र छन् । उनीहरूसँग नेपाली नागरिकता छ, तर सरकारी सुविधाबाट वञ्चित छन् । हौसलपुरको पूर्वमा भारतीय बेलापरसवा गाउँ तथा दक्षिण र पश्चिममा भारतीय दुधुवा नेसनल पार्क पर्छ । नेपालतिर उत्तरमा पर्ने मोहना नदीमा पुल छैन । त्यसैले त्यहाँका बालबालिकाहरू नदी पार गरेर नजिकको नेपाली बस्तीमा पढ्न जान सक्दैनन् । वर्षायाममा नदीमा बाढी आउने भएकाले नेपालसँग सम्बन्धविच्छेद हुन्छ ।

    मोहना नदी तरेर करिब पाँच किलोमिटरको दूरीमा नेपाली रामपुर गाउँ पर्छ । त्यहाँ विद्यालय पनि छ, तर नदीमा पुल छैन र विद्यालयसम्म पुग्ने राम्रो बाटो छैन । त्यसैले, बालबालिका भारतीय विद्यालयमा पढाउनुपरेको बाध्यता स्थानीय सुनाउँछन् । बर्खामा हिलाम्य हुने बाटोसमेत डुबानमा पर्छ । गाउँमा विद्यालय, स्वास्थ्यचौकीलगायत कुनै पनि सरकारी निकाय छैनन् । स्थानीय राजकुमार चौधरीले नेपाली भएर पनि आफूहरूले नेपाली हुनुको महसुस गर्न नपाएको बताए ।

    सरकारले आफूहरूलाई कुनै पनि सुविधा नदिएको गुनासो उनले गरे । ‘गाउँमा तीन–चा कक्षासम्मको विद्यालय बनाइदिएको भए पनि बालबालिकालाई भारतीय विद्यालय पढाउनुपर्दैनथो,’ राजकुमारले भने, ‘मोहनापारिबाट गाउँसम्म आउने बाटो ग्राभेलसमेत गरिएको छैन । बर्खामा हिलो र अरू वेला धुलोले बाटोमा साइकल पनि चलाउन मिल्दैन ।’ वर्षायाममा आफूहरू नदीपारि आफ्नो खेतबारीमा पनि जान नसक्ने उनले बताए । ‘बोर्डर र नदीबीचको टापुमा छौँ । न भारत जान सक्छौँ, न नेपाल,’ चौधरीले भने । नेपाली भूमिको रक्षा गरेर बसेका तीनै बस्तीका बासिन्दासँग जग्गाधनी प्रमाणपूर्जासमेत छैन ।

    शिवरत्नपुरवासीको पीडा पनि उस्तै
    मोहनपुरवासीजस्तै सास्ती भोग्न बाध्य छन्, कैलारी–३, कै शिवरत्नपुरका गाउँका बासिन्दा पनि । मोहना नदी पारि पर्ने यो गाउँ पनि तीनतिर भारतीय दुधुवा नेसनल पार्कको जंगलले घेरिएको छ । वारि नेपालतर्फ आउन नदीमा पुल छैन । मोहना नदीमा बाढी बढेकाले स्थानीय गत बुधबारबाट वारि आउन पाएका छैनन् । बाढी आएकाले आवतजावत पूर्ण बन्द रहेको स्थानीय कमल चौधरीले बताए । ‘बर्खाको अधिकांश समय यस्तै समस्या भोग्नुपर्छ,’ उनले भने ।

    नेपालतिर आउन नपाएपछि खाद्यान्न, उपभोग्य वस्तु किनमेल गर्न स्थानीय सीमावर्ती भारतीय बजार जान्छन् । अत्यावश्यक काम पर्दा नदीमा बाढी घटेको वेलामात्र वारि आउँछन् । गाउँदेखि नदीसम्म र नदी तरेपछि हुलाकी राजमार्गसम्म पुग्ने बाटो हिलाम्य भएकाले डुंगा चल्दा पनि स्थानीयलाई वारिपारि गर्न कठिन छ । शिवरत्नपुरका भल्मन्सा राजु चौधरी सरकारको बेवास्ताले आफूहरू भारत निर्भर हुनुपर्ने बाध्यता रहेको बताउँछन् । वर्षौँअघि बस्ती बसे पनि सरकारले झोलुंगे पुलसमेत नबनाइदिएको उनको गुनासो छ । ‘बर्खामा त हरेक कुरामा भारत निर्भर हुनुपर्छ । झोलुंगे पुल भए धेरै सुविधा हुने थियो,’ उनले भने, ‘नदी तर्न डुंगाको विकल्प छैन । बाढीले डुंगा नियमित चलाउन सकिँदैन ।’

    वडा तथा गाउँपालिका कार्यालय नदीवारि पर्छन् । वडा र गाउँपालिका कार्यालयमा काम परिरहने भए पनि जान सहज नरहेको स्थानीय कमल चौधरीले बताए । ‘डुंगा पल्टिने डरले बालबालिका, महिला, वृद्धवृद्धा बर्खामा प्रायः पारी जाँदैनन्,’ उनले भने । नदी तरेपछि करिब दुई किलोमिटर सडक हिलैहिलो छ । बर्खाबाहेक अरू वेला नदीमा पानीको सतह घट्ने भएकाले ओहोरदोहोरका लागि काठेपुल बनाइन्छ ।

    किनमेलका लागि भारतीय बजारमा ओहोरदोहोर गर्न पनि सहज नरहेको स्थानीयको भनाइ छ । ‘सीमावर्ती बजार चन्दनचौकी जाँदा भारतीय सुरक्षाकर्मीले दुर्व्यहार गर्ने, सामान ल्याउन नदिने, सीमा पोस्ट सफा गर्न र दाउरा चिर्न लगाउँछन्,’ शिवरत्नपुरका एक स्थानीयले भने, ‘गाउँमा आएर कुटपिट गर्ने, महिलालाई नराम्रो नजरले हेर्न खोज्छन् । किनमेल गर्न भारतीय बजारमै जानुपर्ने भएकाले ज्यादती सहेर बस्नुपर्ने बाध्यता छ ।’

    नेपालतिर आवतजावत सहज भए भारतको निर्भरता घट्ने भएकाले ज्यादती कम हुने उनले बताए । मोहनपुरमा ८८ र शिवरत्नपुरमा ८४ घरधुरी छन् । यी गाउँमा न स्वास्थ्यचौकी छ, न खोप केन्द्र । आधारभूत तहमाथिको विद्यालय छैन । वर्षायाममा स्वास्थ्यचौकी गएर बालबालिकालाई नियमित खोप लगाउन समस्या हुने गरेको शिवरत्नपुरकी सीता चौधरीले बताइन् । ‘आधारभूत तहमाथि पढ्ने विद्यार्थी वर्षायाममा नियमित विद्यालय जान पाउँदैनन् ।’ शिक्षिकासमेत रहेकी उनले भनिन्, ‘हामी आधारभूत सुविधाबाटै वञ्चित छौँ । बर्खामा त हामीलाई आफ्नै देश बिरानो भइदिन्छ ।’

    बस्ती सार्न सुझाब
    शिवरत्नपुर गाउँ जोड्न मोहना नदीमा प्रदेश सरकारको बजेटमा झोलुंगे पुल निर्माणको काम सुरु भएको छ, तर कोरोनाको कारण देखाउँदै निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ । गत वर्ष नै पुल बनिसक्नुपर्ने भए पनि ठेकेदारको लापरबाहीले काम सुरु मात्र भएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताए । डुबान र कटानको समस्या रहेकाले मोहनपुर भने बस्ती स्थानान्तरण आवश्यक देखिएको उनले बताए । ‘कि ठूलो बजेटमा तटबन्ध बनाइनुपर्छ, नभए बस्ती सार्नुको विकल्प छैन,’ चौधरीले भने, ‘के गर्ने भनेर संघ र प्रदेशसँग समन्वय गरिरहेका छौँ ।’

    • आफ्नै देश बिरानो
    • मोहना नदी
    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
    जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
    ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • २.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • ३.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ४.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ५.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ६.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ७.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ८.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ९.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • १०.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • १.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ६.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ७.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ८.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • ९.
      कैलालीमा एक पुरुष मृत फेला

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.