• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, जेठ ३१, २०८२ | Friday 13th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ दिन अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • ३ दिन अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • ३ दिन अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • ३ दिन अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • ३ दिन अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • ३ दिन अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • ४ दिन अगाडि

मापदण्ड पालना गर्दै पढाइ

  •  संवाददाता
  • बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लामो समय बन्द बझाङका सामुदायिक तथा निजी विद्यालयमा मंगलबारदेखि पठनपाठन सुरु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सोमबारको बसेको बैठकले जोखिम घटेको भन्दै विद्यालय खोल्ने निर्णय गरेको हो ।

    पछिल्लो केही दिनयता जिल्लामा संक्रमितको संख्या शून्य भएको र स्थानीय स्तरमा विद्यालय खुलाउनुपर्ने आवाज उठ्न थालेपछि यो निर्णय लिइएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    सरकारले जारी गरेको स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ ले जोखिमको मूल्यांकन गरी आवश्यक योजना जिल्लास्तरमा नै तयार गर्न सक्ने व्यवस्था गरेको थियो । यही कार्यविधिमा टेकेर स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको डीसीसीएमसीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

    ‘सबै पालिकामा कोरोना संक्रमण घट्दो क्रममा छ । केही दिनयता संक्रमण दर पनि शून्यमा झरेकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो,’ प्रजिअ अधिकारीले भने, ‘अरू सबै क्षेत्र खुलिसकेकाले विद्यालय मात्र बन्द गर्न नहुने चौतर्फी दबाब आइरहेको थियो । यो सबै कुरालाई मध्यनजर गरेर विद्यालय खोल्ने निर्णय गरिएको हो ।’

    जिल्लामा संक्रमणको अवस्था मूल्यांकन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक रूपमा कक्षा सञ्चालन गर्दा फरक नपर्ने देखिएकाले पठनपाठन सुचारु गरिएको प्रजिअ अधिकारीले बताए । ‘कक्षा सञ्चालन भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नेप्रति सबै सचेत हुन भने जरुरी छ,’ उनले भने ।

    पछिल्लो समय संक्रमणको अवस्था पत्ता लगाउन परीक्षणको दायरा बढाइएको थियो । सार्वजनिक सेवा लिन आएकाहरूलाई समेत परीक्षणको दायरामा ल्याई जिल्लामा शून्य संक्रमण रहेको निष्कर्ष निकालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका ६९ जनामा परीक्षण गर्दा शून्य संक्रमण भेटिएको थियो ।

    यसअघि जिल्लाको विकट साइपाल गाउँपालिकाले भने साउन महिनादेखि नै विद्यालय सञ्चालन गरेको थियो । कोभिडको संक्रमण दर घट्न थालेपछि जिल्लाका अधिकांश निजी विद्यालयहरूले पनि भदौको सुरुदेखि नै पठपाठन सुचारु गर्दै आएका थिए । यस्तै डीसीसीएमसीको बैठकले जिल्लामा कोभिडको संक्रमण दर घट्दै गएको र संक्रमितको संख्या शून्य रहेको भए पनि जोखिम भने कायमै रहेको निष्कर्ष निकालेको छ ।

    छिमेकी जिल्ला र भारतबाट मानिसहरू आवतजावत भइरहेकाले संक्रमण फैलन सक्ने भन्दै ९न्यून जोखिम० एक्लो लकडाउन गर्ने निर्णय भएको हो । भदौ ३० गतेसम्म जिल्लाका १२ स्थानीय तहमध्ये साइपाल गाउँपालिकाबाहेकका सबै ठाउँमा सभा सम्मेलन, जुलुस जस्ता कार्य निषेध गर्ने निर्णय गरिएको छ । साइपाल गाउँपालिकाका सबैले कोभिडविरुद्ध खोप लगाइसकेको हुँदा साइपाल गाउँपालिकालाई जोखिममुक्त क्षेत्रमा राख्ने निर्णय संकट व्यवस्थापन केन्द्रले गरेको छ । – कान्तिपुर

     

    • मापदण्ड पालना
    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      आज देशभरका मस्जिदमा बकर ईद मनाइँदै

    • २.
      कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

    • ३.
      सुदूरपश्चिममा भारतबाट आएका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    • ४.
      धनगढी–अत्तरिया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु

    • ५.
      सुदूरपश्चिममा बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने : मुख्यमन्त्री कमलबहादुर शाह

    • ६.
      संघीय सरकार अन्तर्गतका कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा

    • ७.
      कैलालीमा एक महिलामाथि प्रहरीले गरे हातपात

    • ८.
      बाजुराका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले चालिस लाख सहयोग गर्ने

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      भारतबाट फर्केका कैलाली र अछामका पाँच जनामा कोरोना सङ्क्रमण

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.