• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, माघ २५, २०७९ | Wednesday 8th February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ६ दिन अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • १ हप्ता अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • १ हप्ता अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • ३ हप्ता अगाडि

सुदूरपश्चिममा पहिलोबाट चौथो बन्यो एमाले, एकीकृत समाजवादी बन्यो ठुलो दल

  •  संवाददाता
  • सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीमा रोज्न प्रदेश सभा सदस्य र जनप्रतिनिधिलाई दिएको समय भोलि मंगलबार सकिँदैछ।

    प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचन आयोगले दिएको समय सकिनु एक दिन अघिसम्म पनि भदौ ९ गते दर्ता भएका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गराइरहेका छन्।

    सुदूरपश्चिम प्रदेशमा आज सोमबार एमालेका एक जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन्। नेकपा एमालेका २५ मध्ये १४ प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन्। १४ सांसद सहित एकीकृत समाजवादी पार्टी सुदूरपश्चिममा ठुलो दल बनेको छ। एमाले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो दल थियो।

    एमाले प्रदेश सभामा चौथो दल बन्न पुगेको छ। १४ सांसद सहित समाजवादी पहिलो दल बनेको छ। एमालेको सांसद संख्या घट्ने बित्तिकै नेकपा माओवादी केन्द्र १३ सांसद सहित दोस्रो दल नै रहेको छ।

    १२ सांसद सहित नेपाली कांग्रेस तेस्रो दलमै रहँदा पहिलो दल रहेको नेकपा एमाले ११ सांसद सहित चौथो दल बन्न पुगेको हो। प्रदेश सभामा जसपाका २ सांसद छन्।

    सोमवार प्रदेश सांसद माया तामाङ ९बोहरा०ले एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्। यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै एकीकृत समाजवादीमा सनाखत गराइसकेका थिए।

    आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी, तारा लामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका थिए।

    यसअघि माधव गुटमा रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्व मन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने सनाखत गर्ने नगर्ने केही भनेका छैनन्।

    पूर्व मन्त्री पठानसिंह बोहरा, सांसद रतन थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी भने विगतमा पनि ओली समूहमै थिए।

    आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने समय सीमा तोकेको छ। समय सकिन एक दिन मात्रै बाँकी छ। उकेरा

    • एकीकृत समाजवादी
    • सुदूरपश्चिम
    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.