• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • ३ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ३ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ३ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिमका तीन जिल्लामा काँग्रेस वडा अधिवेशन अनिश्चित

"कहि कुटाकुट,कहिँ नामावली नै सार्वजनिक भएन "
  •  सानी बिष्ट
  • शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    क्रियाशील सदस्यता विवाद समाधान नहुँदा सुदूरपश्चिमका तीन जिल्लामा कांग्रेसकोे वडा अधिवेशन अनिश्चित बनेको छ ।

    मङ्सिरमा १४ औँ महाधिवेशनको मिति तोकेको नेपाली कांग्रेसको वडा अधिवेशन १८ गतेदेखि सुरु भएकोमा हाल सम्म कैलाली, डडेलधुरा र बाजुरामा भने क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको हो।

    कैलाली र बाजुरामा अझै पनि नामावली नै प्रकाशन गरिएको छैन भने डडेलधुरामा नामावली प्रकाशित भएपछि सोही विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो।

    क्रियाशील सदस्यता वितरण गर्दा पार्टीमा रहेका गुटले एक अर्कालाई वडादेखि नै हराउने गरी क्रियाशील सदस्यता वितरण गरेकोले कांग्रेसमा किचलो बढेको बताइएको छ।

    काँग्रेसका कैलाली जिल्ला उपसभापति प्रकाश बमले सदस्यता विवाद नमिल्दा अधिवेशन अनिश्चित बनेको बताए।

    ‘२२ गतेभित्र गर्ने तयारी थियो तर सदस्यता विवाद अझै टुङ्गो लागेको छैन,’ उनले भने, ‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको छ।’
    ‘टीकापुर नगरपालिका वडा नम्बर १, लम्की चुहा नगरपालिका र कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यताबारे विवाद रहेको छ’, उपसभापति बमले भने ‘प्रक्रिया पूरा नगरी सिधै केन्द्रबाट पनि सदस्यता थप गर्ने कार्य भएको छ, त्यसैले विवाद बढेको हो।’

    वडा अधिवेशन नै अनिश्चित बनेको अवस्थामा जिल्ला सभापतिका लागि भने दौडधुप सुरु भएको छ। काँग्रेसको जिल्ला सभापति पदका लागि वर्तमान उपसभापति बम, नेता नारायणदत्त भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, गणेश देउवा, खेमराज चौधरीलगायतका नेता आकांक्षी देखिएको चर्चा छ।

    पार्टीका जिल्ला सभापति नरनारायण शाह दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसकेका छन्। तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने काँग्रेसको विधानमा व्यवस्था छ।

    भदौ २७ गते गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने तथा असोज १० र ११ गते जिल्ला अधिवेशन गर्ने काँग्रेसको तालिका  छ तर कैलाली र बाजुरामा क्रियाशील सदस्यको नामावली नै सार्वजनिक भएको छैन।

    पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भने जिल्लाबाट पठाइएका चार सय बढी क्रियाशील सदस्यको नाम हटाएर केन्द्रबाट तीन सय हाराहारीमा अन्यको नाम समावेश गरिँदा विवाद भएको छ। निर्वाचन समितिले वडा अधिवेशन २५ गते तोकेको छ भने जिल्ला सभापतिले विज्ञप्ति जारी गर्दै स्थगित गरेको जानकारी दिएका छन्।

    क्रियाशील सदस्यतामा गरिएको हेरफेरले गर्दा वडा अधिवेशन नगरी गलत कार्यको प्रतिकार गरिने डडेलधुरा काँग्रेसका सभापति कर्ण मल्लले बताए।

    मङ्गलवार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट समेत भएको थियो ।
    सातौँ जिल्ला अधिवेशनका लागि डडेलधुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको एक कार्यकर्ताले बताए।

    क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृतले एक पक्षीय साथीहरूलाई दुराशयपूर्ण तरिकाले उक्साउनुका साथै गैर जिम्मेवारी रूपमा अभिव्यक्ति दिएका कारण पार्टी कार्यालयमै झडप भएको काँग्रेस जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले बताए।
    ‘डडेलधुरामा ५ सय हाराहारीमा पुराना क्रियाशील सदस्य हटाएर नामावली प्रकाशित गरिएको छ, ३ सय हाराहारीमा नयाँ क्रियाशील थप्ने काम गरिएको छ,’ उनले भने, ‘जिल्ला कार्यसमितिले अधिवेशन रोक्ने निर्णय गरेको छ, तर निर्वाचन समितिले प्रहरीको घेरामा २५ गते वडा अधिवेशन तोकेको छ।’

    बाजुरा जिल्लामा पनि वडा अधिवेशन सुरु भएको छैन। बाजुरा जिल्लामा ४ सय ५१ जना नयाँ क्रियाशील सदस्यको नामावली दुधकोशी गाउँपालिकाको लेटर प्याडमा लेखेर संस्थापन पक्षले बदमासी गरेको आरोप लागेको छ।

    बाजुरामा जिल्ला सभापतिको मिलेमतोमा नै फोरम लगायत अन्य पार्टीबाट आएका भनेर चार सय ५१ जनाको फर्जी नामावली तयार गरिएको स्थानीय नेताहरूको आरोप छ।

    • अनिश्चित
    • कांग्रेस वडा अधिवेशन
    शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.