• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ३ घण्टा अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ३ घण्टा अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ३ घण्टा अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ८ घण्टा अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • ८ घण्टा अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • ८ घण्टा अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • १ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • २ दिन अगाडि

चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय
  • २ दिन अगाडि

Advertisement

मानव बेचबिखन रोकथाममा कैलाली प्रहरी उत्कृष्ट,एसपी अधिकारीले पाए पुरस्कार

  •  संवाददाता
  • बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मानव बेचबिखन रोकथाममा कैलाली प्रहरी उत्कृष्ट भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालयलाई मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि उत्कृष्ट ठहर गर्दै बुधवार एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सम्मान गरेको हो ।

    मानव बेचबिखनलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता घटना नियन्त्रणका लागि प्रयास गर्ने, र त्यस्ता घट्नामा संलग्न व्यक्तिहरूका बिरुद्ध मुद्दा दर्तादेखि पीडितलाई न्याय दिलाउन जिल्ला प्रहरी कार्यालय कैलालीले उत्कृष्ट कार्य गरेको मन्त्रालयले जनाएको छ । पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडा(वास्कोटा)ले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सम्मान प्रदान गरेका हुन् । समान ग्रहण पछि प्रहरी उपरीक्षक अधिकारीले सम्मानले हौसला र थप ऊर्जा प्राप्त भएको बताए ।

    जिल्लाको शान्ति सुरक्षा मजबुत हुँदै गएको बताए । ‘हामी प्रहरीहरूले सत्यको पक्षमा वकालत गर्दै जनताको सेवा गर्ने हो,उनले भने,‘सक्दो राम्रो गर्ने प्रयास गरिरहेका छौँ।‘ १५ औँ मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा २०७८ साल भाद्र २० गते नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको उल्लेखनीय कार्यको मूल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरेका थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक बर्षमा मानव बेचबिखन तथा ओसार पसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानव बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत चलाएको थियो ।

    त्यसै गरी यस अवधिमा कैलाली प्रहरीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो । सोही अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न सङ्घ संस्था सँगको सहयोग र समन्वयमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सीमा नाकाबाट उद्धार गरी परिवारमा फर्काइएको थियो भने ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेलापारि उनीहरुको उद्धार तथा पारिवारिक पुर्नमिलन गराएको थियो ।

    मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतना मूलक कार्यक्रमहरू गर्नुका साथै शान्ति पुनर्स्थापना गृह, माइती नेपाल लगायतका सङ्घ संस्थाहरू संग समन्वय तथा सहकार्य गरी सीमा निगरानी, उद्धार, राहत, निःशुल्क कानुनी परामर्श जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलन जस्ता सेवाहरू प्रदान गर्दै आई रहेको छ ।

    • प्रहरी उत्कृष्ट
    • मानव बेचबिखन
    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
    स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
    • भर्खरै
    • चर्चित
    • १.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ६.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ७.
      कैलालीमा एक पुरुष मृत फेला

    • ८.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ९.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १०.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • २.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ५.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ९.
      जीर्ण बन्दै कर्णाली पुल !

    • १०.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.