धनगढी – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको छैटौँ वार्षिक उत्सव सुदूरपश्चिम प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । कंम्पनी ६ वर्ष पूरा भई सातौँ लागेको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत
शाखा कार्यालयहरूले आ-आफ्नो ठाउँमा कार्यक्रम गरेका हुन् ।
जस अन्तर्गत धनगढी शाखाले शुक्रवार राष्ट्रिय अटिज्म केएर सेन्टर सोसाइटी नेपालमा रहेका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ भने कैलालीको लम्की शाखाले लम्की बहुमुखी क्याम्पसमा वृक्षारोपण गरेको छ ।
यस्तै महेन्द्रनगर शाखाले ट्राफिक सचेतना सँगै ट्राफिक नियम बारे ठाउँ (ठाउँमा होडिङ बोर्ड लगाएको छ भने कञ्चनपुरमै रहेको आइबिआरडि शाखाले अपाङ्गमैत्री शैक्षिक संस्थालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
यस्तै
डडेल्धुरा शाखाले बेथस्दा बाल गृह नेपालूपोखरा डडेल्धुराका अनाथ बिधार्थीहरुलाई अमरगढी शिक्षण तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।कार्यक्रममा अमरगढी नगरपालिका उप(प्रमुख पार्वती देवी झुकाल,वडा नम्बर ७ का वडा अध्यक्ष खडक बहादुर बोहराको पनि उपस्थिति रहेको थियो ।
कम्पनीको ६ औ वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम सँगै
प्रदेशका ११ वटै शाखामा केक काटिएको रिलायबल नेपाल लाइफ सुदूरपश्चिम प्रमुख चन्द्रबहादुर विष्टले बताए । उनले यो अवधि सम्म सहयोग गर्ने संस्थापक अभिकर्ता ,बिमित ,कर्मचारी, पत्रकार सबैमा धन्यवाद समेत ज्ञापन गरे ।