कञ्चनपुरको पुनर्वासबाट यौन धन्दामा संलग्न एक समूहलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । प्रहरीको प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीले शुक्रवार पुनर्वास नगरपालिका वडा नम्बर – ३ स्थित आईबीआरडीबाट बजारमा रहेको आरके होटेलबाट यौन क्रियाकलापमा संलग्न होटेल सञ्चालक सहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा दुई युवती एक युवक र होटेल सञ्चालक छन् । उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन । श्रोतका अनुसार आरके होटेलमा खुल्लेयाम यौन धन्दा भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । आरआइटीको टोलीले पक्राउ परेका चार जनालाईइलाका प्रहरी कार्यालयको जिम्मा लगाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज प्रहरी निरीक्षक हेमराज भट्टले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
श्रोतका अनुसार उक्त होटेलमा लामो समयदेखि यौन धन्दा भइरहेको थियो । होटेल सञ्चालकले युवतीहरूलाई काममा राखेर यौन धन्दा चलाइरहेका थिए ।