• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, जेठ ०३, २०८२ | Friday 16th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
  • ४ घण्टा अगाडि

सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
  • ४ घण्टा अगाडि

पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो
  • ४ घण्टा अगाडि

आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी
  • ४ घण्टा अगाडि

कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु
  • ४ घण्टा अगाडि

कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलीका सामान बरामद
  • ४ घण्टा अगाडि

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
  • ५ घण्टा अगाडि

सगरमाथामा आराेहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ
  • २० घण्टा अगाडि

बझाङमा करणीको आरोपमा एक जना पक्राउ
  • २१ घण्टा अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

  •  संवाददाता
  • सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लुम्बिनीबाट सुरु भएको नेकपा एमालेको प्रदेश अधिवेशन असोज तेस्रो साता सुदूरपश्चिमको नेतृत्व चयन गरेर सकिंदैछ । गएको १६–१७ भदौमा लुम्बिनीको नेतृत्व चयन गरिसकेको एमालेले सोमबार बागमती प्रदेशको अधिवेशन सुरु गरेको छ ।

    सुदूरपश्चिम प्रदेशको अधिवेशन भने आगामी २१–२२ असोजमा तोकिएको छ । तर सुदूरपश्चिमको नयाँ नेतृत्वको गृहकार्य चाहिं अन्य प्रदेशलाई उछिन्ने गरी भइरहेको छ ।

    जबकी अधिवेशनको औपचारिक थालनी १६ असोजदेखि मात्रै हुनेछ । त्यसदिन प्रतिनिधि चयन भएपछि प्रदेश अधिवेशन औपचारिक रुपमा सुरु हुनेछ । ‘प्रतिनिधि चयन भएपछि नेतृत्व चयनको औपचारिक बहस सुरु हुनेछ, अहिले प्रतिनिधि चयन हुनै बाँकी छ’, सुदूरपश्चिमका एक नेता भन्छन् ।

    तर नेतृत्वका आकांक्षीहरुको गतिविधिकै कारण प्रतिनिधि चयनलाई चासोका साथ हेरिएको छ । ‘प्रतिनिधि कसरी आउँछन् भन्नेले नेतृत्वमा को आउँछन् भन्ने समेत संकेत मिल्ने भएकाले चासो हुन स्वभाविकै हो’, ती नेता भन्छन् । ती नेताका अनुसार, प्रतिनिधि चयन हुन बाँकी रहेकाले औपचारिक रुपमा कसैले उम्मेदवारी घोषणा नगरेपनि कार्यकर्ता पंक्तिले बुझ्नेगरी गृहकार्य चलिरहेको छ ।

     

    थपिएको भीम रावल फ्याक्टर

    नेताहरुका अनुसार, प्रदेशको नेतृत्व लिन मुख्यगरी तीन समूह मैदानमा उत्रिएका छन् । एमाले विभाजनअघि अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिदै आएका नेताहरु नै यो अधिवेशनमा अलग–अलग समूहमा विभाजित भएकाले तीन समूह बन्ने भएको हो ।

    विशेषगरी सुदूरपश्चिम एमालेको राजनीतिमा अध्यक्ष ओलीलाई बलियो साथ दिंदै आएका स्थायी कमिटी सदस्य कर्ण थापाले अछामका कृष्णप्रसाद जैसीलाई अगाडि बढाएका छन् । उनले खुलेर जैसीलाई प्रदेश अध्यक्ष बनाउने गृहकार्यमा छन् ।

    ‘प्रदेशको अध्यक्ष सर्वसम्मत बनाउनुपर्छ । त्यसैमा लागिरहेको छु’, थापा भन्छन् । थापाले अगाडि बढाएका जैसी अछामका पूर्वजिल्ला अध्यक्ष हुन् । एमाले विभाजन अगाडि उनी माधवकुमार नेपाल समूहमा थिए । तर पार्टी विभाजनका बेला उनी एमालेमा बसे । स्रोतका अनुसार, युवा संघका पूर्व केन्द्रीय अध्यक्ष निरु पाल समेत जैसीकै पक्षमा छिन् ।

    तर पार्टी केन्द्रीय सचिव लेखराज भट्ट, हालका प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत नेताहरु बाजुराका लालबहादुर थापालाई उम्मेदवार बनाउने गृहकार्यमा जुटेका छन् । कर्ण थापाकै जिल्ला बाजुराका लालबहादुरलाई उम्मेदवार बनाउने तयारीमा भट्ट र भण्डारीहरु लागिपरेकाले पनि प्रदेश नेतृत्व सर्वसम्मत हुने सम्भावना न्यून बनेको नेताहरु बताउँछन् ।

    ‘कृष्णप्रसाद जैसी भनेर हिंडिरहेका कर्ण थापाकै जिल्लाका लालबहादुर उम्मेदवार बनाउन अर्को समूह लागेपछि सर्वसम्मत हुने सम्भावना कम भइगयो’, एक केन्द्रीय सदस्य भन्छन् । लालबहादुर पनि बाजुराका पूर्वजिल्ला अध्यक्ष हुन् । उनी दुई पटक पार्टी केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य भइसकेका छन् ।

    ‘यो क्षेत्रका उच्च तहका नेताहरु आफैं प्रतिस्पर्धामा उत्रिएकाले त्यसैपनि सर्वसम्मत प्रदेश अधिवेशन हुने सम्भावना थिएन । अझ लुम्बिनीमा मतदान भएकाले यता मलजल गरेको छ’, ती नेता भन्छन् ।

    यसरी एकअर्कालाई हराउने गरी मैदानमा उत्रने गृहकार्य चलिरहँदा अर्को समूह पनि थपिएको नेताहरु बताउँछन् । त्यो समूहले पूर्वउपाध्यक्ष भीम रावललाई आफ्नो नेता मानेको छ । भीम रावलले भने केही बोलेका छैनन् ।

    दशौं महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा चुनाव लडेपछि पार्टी गतिविधिमा रावल निष्क्रियजस्तै थिए । तर केही समयदेखि ओलीसँगै सार्वजनिक कार्यक्रममा देखा पर्न थालेका रावलले पार्टी गतिविधिमा पनि सक्रियता बढाएका छन् ।

    सुदूरपश्चिममा लामो समय एकछत्र प्रभाव जमाएका भीम रावल सक्रिय बनेपछि त्यसैलाई आधार मानेर कैलालीका झपट रावललाई प्रदेश अध्यक्ष बनाउने गृहकार्य सुरु भएको छ । तर झपट रावललाई अध्यक्ष बनाउन नयाँ समीकरण बनेको एक नेता बताउँछन् ।

    ‘हिजोका गुटको आधारमा होइन । विकल्पका रुपमा झपट रावललाई अगाडि बढाएर जाऔं भन्ने हो’, ती नेता भन्छन् । एमाले विभाजनअघि झपट रावल माधव नेपाल समूहमा थिए । तर दश बुँदे सहमतिसँगै उनी एमाले विभाजनको विपक्षमा उभिएका थिए । अहिले उनलाई विगतमा ओली समूहमै रहेका नेताहरुले साथ दिइरहेको ती नेता बताउँछन् ।

    प्रतिनिधिसभा सदस्य भइसकेका, पार्टी केन्द्रीय सदस्य र युवा संघको केन्द्रीय उपाध्यक्ष समेतको अनुभव रहेका झपट रावललाई नेतृत्वमा स्थापित गरेर जाँदा एमालेमा नयाँ सन्देश जाने उनको तर्क छ । ‘युवालाई आकर्षित गर्ने पार्टी नीति नै छ । अझ हामीलाई एकतबद्ध एमाले बनाउनुपर्ने भएकाले पनि विकल्पमा जाऔं भन्ने हो’, उनी भन्छन् ।

    यी तीनबाहेक कञ्चनपुरका बचनबहादुर सिंह र कमला बोहरालाई पनि प्रदेश अध्यक्षको उम्मेदवार बनाउने छलफल भइरहेको नेताहरु बताउँछन् । युवा संघका पूर्वअध्यक्ष सिंह र अखिलको राजनीतिबाट आएकी बोहरालाई नेतृत्वमा आउँदा पनि युवा नेतृत्वको सन्देश जाने उनीहरुको तर्क छ । -अनलाइन खवरबाट 

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
    सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
    पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो
    • भर्खरै
    • चर्चित
    • १.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • २.
      सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ

    • ३.
      पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

    • ४.
      आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी

    • ५.
      कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु

    • ६.
      कञ्चनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलीका सामान बरामद

    • ७.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ८.
      सगरमाथामा आराेहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ

    • ९.
      बझाङमा करणीको आरोपमा एक जना पक्राउ

    • १०.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • १.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • २.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ३.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ४.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ५.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ६.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ७.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    • ८.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ९.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • १०.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.