• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ८ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ८ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

बैतडीमा कोभिड अस्पताल : छैनन् चिकित्सक, विज्ञापन गर्दा पनि पर्दैन दरखास्त

  •  संवाददाता
  • बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडी – बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सक बिना सञ्चालनमा छन्। संघीय सरकारले गत वर्ष नै बजेट बिनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सक बिना सञ्चालनमा रहेका हुन्।

    संघीय सरकारले गत माघ मै स्थानीय तहहरुमा पाँच बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीय तहहरुले मेडिकल अधिकृत पाउन सकेका छैन।

    अस्थायी कोरोना अस्पतालमा आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको स्थानीय तहहरुले जनाएका छन्। जिल्लाको सिगास गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा डाक्टरका लागि तीन पटक आवेदन आह्वान गरेको भएपनि हालसम्म चिकित्सक पाउन नसकेको जनाएको छ।

    चिकित्सकको लागि तीन पटकसम्म आवेदन आह्वान गरेको भएपनि कसैको दरखास्त नपरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए। अस्थायी अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना सहयोगीको दरबन्दी हुन्छ। तर सिगासमा अहिले एकजना स्टाफ नर्स मात्र कार्यरत छन्।

    जिल्लाको मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि तीन पटक जनशक्ति माग गरिए पनि नपाएको जनाइएको छ। सुर्नया गाउँपालिकाले वासुलिंग स्वास्थ्य चौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको भएपनि चिकित्सक नपाउँदा एक जना नर्स मात्रै रहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

    जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति नपाएको जनाएका छन्। कोभिडका बिरामीहरु बढ्दै गएपनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोरोना अस्पतालमा चिकित्सककै अभाव छ। यसले गर्दा उनीहरुको उपचारमा समेत समस्या भइरहेको छ।

    स्थानीय तहहरुमा चिकित्सकसहित कोभिड अस्पताल सञ्चालनमा आएको भए जटिल खालका संक्रमितको पनि स्थानीयस्तर मै उपचार गर्न सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीहरुको उपचारका लागि गत वर्ष नै अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो।

    अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आएको १० लाख बजेट मध्ये स्थानीय तहहरुले पाँच लाख बेड लगायतका सामग्री खरीदमा खर्च गर्नुपर्नेछ भने ५० हजार बराबरको औषधि खरिद गर्नुपर्ने बताइएको थियो।

    यस्तै चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ। दशरथचन्द नगरपालिका बाहेकका अन्य सबै स्थानीय तहमा ती अस्पताल सञ्चालनमा रहेका हुन्। बैतडीमा हाल ९ सय बढी कोरोनाका सक्रिय संक्रमित छन् भने ११ जनाको मृत्यु भइसकेको छ।

    ४६ स्वास्थ्यकर्मीलाई कोरोना

    यस्तै कोरोना भाइरस संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत उक्त संक्रमणको चपेटामा परेका छन्। बैतडीमा हालसम्म ४६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    जसमा सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १६ र पुर्चौडी नगरपालिकाका १५ जनामा संक्रमण पुष्टि भएको छ। यसका साथै पाटन नगरपालिकाका ११ सिगास गाउँपालिकाका दुई। मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकाका १–१ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो।

    संक्रमण पुष्टि भएकामध्ये अधिकांश संक्रमणमुक्त भइसकेको छन्। सक्रिय संक्रमित अवस्थामै रहेका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए।

    कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि समस्या भएको छ। उनले भने,‘कोभिडको क्षेत्रमा प्रत्यक्ष रुपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ,संक्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेका छन्।’

    • कोभिड अस्पताल
    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
    भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.