• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

कोरोना कहरमा एम्बुलेन्स चालकका पीडा : डर त्यतिबेला लाग्छ जतिबेला घर जाने समय हुन्छु

  •  संवाददाता
  • बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली-कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा निकै मर्मस्पर्शी रहेको छ । महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा सङ्क्रमित हो भन्ने थाहा पाउँदापाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरु आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारको रहेको बताउने गर्दछन् ।

    कैलालीको टीकापुरका लोकेन्द्रबहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउछन् । त्यो पनि कोरोना सङ्क्रमितलाई बोक्नको लागि मात्रै । शुरुआती दिनहरुमा निकै अप्ठ्यारो भएको बताउदै लोकेन्द्रले अहिले आफूलाई त्यस्तो असजिलो अनुभव नभएको उनी बताउछन् । उनी भन्छन्, “कारोनाका बिरामी बोकदाबोक्दै कतै आफू पनि सङ्क्रमित त भएको छैन भन्ने आशङ्का भने जहिले नै हुने गर्दछ । आफ्नै कारणले परिवारका सदस्यलाई समेत सङ्क्रमण हुने हो कि भन्ने चिन्ता लाग्ने गर्दछ ।”

    “पहिले त धेरै डर लाग्थ्यो । कामै सङ्क्रमित बोक्ने भएपछि विस्तारै सबै डर हराएको छ ।” लोकेन्द्रले भन्नुभयो, “डर त्यतिबेला लाग्छ जतिबेला घर जाने समय हुन्छ । आफ्नोभन्दा बढी अरुलाई सर्ने हो कि भन्ने हुन्छ ।” लोकेन्द्रको चार जनाको परिवार छ । “अस्पतालले बस्नको लागि कोठाको सुविधा त दिएको छ । खाना खान घरै जानुपर्छ । घर जादा छुट्टै घरबाहिरबाटै खाना खाएर निस्कन्छु ।” लोकेन्द्रले भन्नुभयोे, “सबैभन्दा बढी चिन्ता छोराछोरीको हुने गरेको छ । छोराछोरी नजिक परिहाल्छन् । दिनभर सङ्क्रमित बोकेर घर जादा घरमा पनि त्रास हुन्छ । आफूलाई पनि ।”

    अस्पतालमा कोरोना सङ्क्रमितलाई बोक्नको लागि छुट्टै एम्बुलेन्स छ । प्रायः अन्य एम्बुलेन्स गाउँबाट सङ्क्रमित ल्याउनुपर्ने भए जाँदैनन् । थप उपचारका लागि अन्यत्र पठाइएका बिरामीलाई भने अन्य एम्बुलेन्सले नै बोक्ने गरेका छन् ।

    टीकापुरका कृष्णबहादुर शाही २०६४ देखि टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँदै आउनुभएको छ । यतिबेला कोरोनाका बिरामी बोक्नु पर्दा उहाँलाई पनि आफ्ना कारणले परिवारका अन्य सदस्यलाई सङ्क्रमित हुने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । आफूमा त त्यस्तो त्रास नभएपनि घरपरिवार भने सधैँ त्रासमै रहेको शाही बताउनुहुन्छ । “हामी एम्बुलेन्स चालक सबैभन्दा बढी जोखिममा छौँ । दिनभर बिरामी बोक्नुपर्छ । साँझ घर पुग्दा घरमा त्रासको वातावरण हुन्छ ।” शाहीले भने, “हामी त जोखिममा छौँ नै हाम्रा कारणले परिवार समेत जोखिममा छ ।”

    उहाँले आफ्ना कारण परिवार मात्रै नभई छिमेकीलाई समेत त्रास रहेको बताए । एम्बुलेन्स चालकमा परिवारबाट छिमेकीहरु पनि टाढिएका छन् । त्यसले परिवारमा झन मानसिक चिन्ता थपेको उनीहरुको गुनासो रहेको छ ।

    कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरिएको भएपनि एम्बुलेन्स चालकहरूले खाइपाइ आएको भन्दा अन्य कुनै सुविधा नपाएको गुनासो गरेका छन् । त्यति मात्र नभई सङ्क्रमित बोक्दा पिपिई समेत पाउन नसकिएको गुनासो एम्बुलेन्स चालकको रहेको छ ।

    टीकापुरकै मुक्तिप्रसाद भट्टले नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको एम्बुलेन्स चलाउछन् । दश वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका भट्टले थुप्रै बिरामीलाई एम्बुलेन्समा सवार गरेको भएपनि अहिले जस्तो कठिन अवस्था यो भन्दा पहिला कहिल्यै नआएको बताए । उनले मनभित्र जतिसुकै त्रास भएपनि काम गर्नुपर्ने बाध्यता रहेको बताए । “बस्नका लागि अफिसमै व्यवस्था गरिएको भए पनि खाना खान घर जानुपर्ने भएका कारण छुट्टै त्रास हुन्छ” भट्टले भने, “परिवारसँग बसेर खाने, भलाकुसारी गर्ने रहर भएपनि घरको बरण्डाबाटै खाना खाएर फर्किनुपर्छ ।”

    उहाँले कैयौं सङ्क्रमितलाई सेवा दिएको भएपनि उच्च मनोबल र सावधानीका कारण अहिलेसम्म कोरोनाको सङ्क्रमणले छुन नसकेको बताउँदै स्वास्थ्य सावधानी र उच्च मनोबल नै कोरिनाको औषधि भएको बताउछन् । टीकापुर अस्पतालको समन्वयमा अहिले आठ एम्बुलेन्स सञ्चालनमा रहेका छन् । गाउँसम्म कोरोनाको सङ्क्रमण फैलिएको हुँदा शुरुमै कुन कोरोना सङ्क्रमित हो भनेर छुट्याउन समस्या भएका कारण पनि एम्बुलेन्स चालक बढी जोखिममा रहेका छन् ।

    • एम्बुलेन्स
    • कोरोना कहर
    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.