कञ्चनपुर — कञ्चनपुरमा जेठ १५ सम्म निषेधाज्ञाको समयावधि थप गरिएको छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको भन्दै निषेधाज्ञाको समय चौथो पटक थपिएको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबारको बेठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो । जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएको हो । यसअघि निषेधाज्ञाको समयावधि ३ पटक थप गरिएको छ ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यकबाहेकका सवारी साधन पूर्ण रुपमा बन्द गरिएको छ । सब्जीमण्डी पनि गत सातादेखि बन्द गरिएको छ । खाद्यान्नका पसलहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर हप्ताको दुई दिन आइतबार र बुधबार बिहान ३ घण्टामात्रै खुला गर्न पाइनेछ ।