• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

कोरोनाका प्रभाव: कारण रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रभावित

  •  संवाददाता
  • बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ ।

    कोरोनाको संक्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । आयोजनाको नहर निर्माण, तटबन्ध निर्माण र विद्युत् गृह निर्माणको काम प्रभावित भएको छ ।

    आयोजनामा काम गर्ने केही मजदूरहरूसमेत बिरामी पर्न थालेपछि लम्किचुहा नगरपालिका क्षेत्रमा भइरहेको नहर निर्माणको काम पूर्णरुपमा प्रभावित भएको छ भने अन्य क्षेत्रको काम पनि आंशिक रूपमा मात्र भइरहेको आयोजनाका प्रमुख केदार श्रेष्ठले जानकारी दिएका छन् ।

    अहिले आयोजनाको मुख्य क्षेत्रहरूमा निर्माणको कामहरूले निरन्तरता पाउन सकेको छैन । कर्णाली नदी तटबन्धको काम भइरहेको भए पनि दौलतपुर घाटमा भइरहेको तटबन्धको काम समेत प्रभावित भएको छ । कोरोना संक्रमणबाट निधन भएकाको अन्तिम संस्कार दौलतपुर घाटमा हुने भएका कारण कामका लागि मजदूरहरू सो क्षेत्रमा जान डराउन थालेका छन् । आयोजनाको अन्य कामहरूलाई पनि निरन्तरता दिन समस्या भएको आयोजना प्रमुख श्रेष्ठ बताउँछन् ।

    ‘मजदूर बिरामी पर्न थालेपछि काम ठेकेदार कम्पनीले काम बन्द गरेको छ । कार्यालयमा काम गर्ने केही कर्मचारीमा पनि कोरोना देखिएकाले काममा जानसक्ने अवस्था छैन’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘सानातिना कामहरू भइरहेका छन् । ठूला काम प्रभावित भएका छन् । अझै कतिसम्म प्रभावित हुन्छ भन्ने पनि भन्न सकिने अवस्था छैन ।’

    गत मंसिर १२ गते राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीको नेतृत्वमा भएको आयोजनाको अनुगमनका क्रममा वैशाखभित्र आयोजनाको मुख्य नहरको उद्घाटन गर्ने र असार मसान्तसम्म विद्युत् गृहबाट विद्युत् उत्पादन गर्ने बताइएको तर केही प्राविधिक काम बाँकी रहेको भन्दै आयोजनाको मुख्य नहरको वैशाखमा उद्घाटन गर्न नसकिएको बताएको छ भने असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको विद्युत् गृहको काम पनि असारसम्म सम्पन्न नहुने भएको छ ।

    ‘हामीले असारसम्म विद्युत् गृहको काम सम्पन्न गरी प्रवेशद्वारबाट पानी सप्लाइसम्म भए पनि गर्ने भनेका थियौँ’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘काम अहिले पूर्ण प्रभावित भएको छ । सायद हामीले लिएको लक्ष्य पूरा हुँदैनहोला तर पनि हिम्मत हार्ने अवस्था छैन ।’

    निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले पनि काममा असर परेको छ । आयोजनाले निर्माण कम्पनीलाई निर्माण सामग्रीको आपूर्ति र काम गर्नेहरूलाई पास दिएको भए पनि मूल्य वृद्धि भएका कारण निर्माण कम्पनी महँगोमा सामग्री खरीद गरी विकासको काम अगाडि बढाउने मनस्थितिमा देखिएका छैनन् ।

    यसले पनि आयोजनाको काम समयमै सम्पन्न हुने अवस्था देखिँदैन । रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख श्रेष्ठका अनुसार हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । आयोजनाको दोस्रो चरणको काम आव २०८०र८१ मा सम्पन्न गरिसक्नुपर्ने छ । त्यो अवधिका काम सम्पन नहुने आयोजनाले बताउँदै आएको छ । सामुदायिक वनमा भएको रूख कटान र मुआब्जा वितरणमा भएको ढिलाइले आयोजनाको काम पर धकेलिएको भए पनि अहिले कोरोनाका कारण आयोजनाको काम झन् प्रभावित भएको छ ।

    ‘हामी यो भन्दा पनि छिटो काम गर्न सक्थ्यौँ । पहिले मुआब्जा र वनको रूख कटानले हामीलाई काममा बाधा भयो ।’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘अब यी समस्याहरू समाधान भई विकासले गति लिने अवस्थामा पुनः कोरोनाका कारण विकासको काम थला परेको छ ।’

    पहिलो चरणको कोरोना संक्रमण फैलिँदा पनि आयोजनाको काम रोकिएको थिएन तर अहिले दोस्रो चरणको संक्रमणका कारण अवस्था बिग्रँदै गएपछि आयोजनाको कामले कहिले निरन्तरता पाउने भन्ने कुनै यकिन गर्न सकिएको छैन ।

    • आयोजना
    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.