• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ २२, २०८० | Monday 5th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • ३ दिन अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • ४ दिन अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • ४ दिन अगाडि

सात बहिनी भगवती !
  • ४ दिन अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • ४ दिन अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • ४ दिन अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ३ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

म बालश्रमिक हुँ दाइ

  •  संवाददाता
  • शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    लम्की, सुखड, अत्तरिया, धनगढी ! ल बसौं बसौं ।टिकापुर बसपार्कमा एउटा बसको ढोकामा झुण्डिएर कराउँदै गर्दा सुनिएको यो कलिलो आवाज १२ वर्षजस्ताे देखिने बालकको हो ।

    उनको दैनिकी यसैगरी बित्ने गरेको छ, हरेक दिन, यो ठाउँ, त्यो ठाउँ !

    उनलाई नियालेर हेरें, च्यातिएको जिन्सको हाफ पाइन्ट, त्यस्तै टी सर्ट अनि खुट्टामा फित्तावाला चप्पल, ती अवोध बालकको पीडा सहजै महसुस गर्न सकिन्थ्यो, तर पनि उनी आफ्नो कामप्रति खुशीका साथ लागिरहेका थिए । त्यही बसमा म पनि धनगढीका लागि बसे ।

    बस आफ्नै रफ्तारमा हुइँकियो, अघिसम्म यात्रु हाल्न कस्सिएका उनी अब यात्रुबाट भाडा उठाउन थाले । सोही क्रममा उनले भने, ‘कहाँसम्म हो दाइ ?’ मैले ‘धनगढीसम्म’ भनें । खोई ३ सय भाडा दिनु,’ उनले भने । मैले उनलाई भाडा बुझाएँ ।

    सबै यात्रुबाट भाडा उठाइसकेपछि उनी बसको ढोकामा उभिए । ढोकाछेउकै सिटमा म थिएँ ? उनीप्रति मेरो मनमा विभिन्न प्रश्नहरू खेल्दै थिए । को हुन् उनी ? किन यति कलिलै उमेरमा यसरी श्रम बेच्न बाध्य छन् ? यी यस्ता तमाम प्रश्न मनमा खेल्दै थिए ।

    भाइ तिम्रो नाम के हो ? मैले सोधें ।

    ‘म बालश्रमिक हुँ, दाइ,’ उनले आफ्नो परिचय यसरी दिए ।

    मेरो आग्रहपछि उनले आफ्नो वास्तविकता बताउन थाले ।

    ‘सुवास विक हो दाइ मेरो नाम ।’

    ‘अनि घर कता हो ?,’ मैले फेरि सोधें ।

    ‘मसुरिया हो दाइ, अनि तपाईंको ?’

    उनी बोल्नमा पनि खप्पिस रहेछन् । अब उनले पनि मलाई सोध्न थाले ।

    ‘मेरो घर सुखड हो भाइ । म धनगढी बस्छु,’ मैले उनलाई बताएँ ।

    उनले फेरि प्रश्न गर्न थाले, ‘दाइ मैले बसमा काम गर्न थालेको १ वर्ष पुग्यो । अहिलेसम्म मलाई कसैले सोधेको छैन मेरोबारेमा, तर तपाईंले सोध्नुभयो, किन दाइ ?’

    उनको अवोध प्रश्नले मलाई निकै भावुक बनायो, उनको वास्तविकता अझ बुझ्न मन लाग्यो । नढाँटी बताइदिएँ, ‘म पत्रकार हुँ भाइ, रिपोर्टिङका लागि टिकापुर गाको थिएँ । अहिले धनगढी फर्किंदै छु, यही क्रममा तिमीसँग भेट भयो । तिमीलाई देखेपछि मन थाम्न सकिनँ भाइ, त्यसैले तिम्रोबारेमा सोध्न मन लाग्यो ।’

    गाडी आफ्नै रफ्तारमा अगाडि बढ्दै थियो । मैले त्यति भन्ने बेला उनका आँखा रसाइसकेका थिए । उनको यो अवस्था देखेर सोध्न पनि कठिन भइरहेको थियो उनका बारेमा, तर पनि मैलै उनलाई सोधें, ‘कति वर्षका भयौ ?’

    ‘१३ वर्ष भएँ दाइ,’ उनले जवाफ फर्काए । ‘अनि किन यति सानै उमेरमा यसरी बसमा काम गर्न थालेको त ?,’ मैले सोधें ।

    उनले भने, ‘म सानै हुँदा बुबाको निधन भयो । त्यसको केही वर्षमा आमाले अर्को बिहे गरेर जानुभयो । अनि म र मेरी बहिनीको बिचल्ली भयो । त्यसपछि हामी अंकलकोमा बस्न थाल्यौं । शुरूमा त राम्रै भयो तर त्यसको केही समयपछि अंकलले पनि गाली गर्न थाले, काम धेरै गराउन थाले, गरिबी देखाउँदै स्कुलबाट पनि छुटाए ।’ यति भन्ने बेलासम्म उनका आँखाबाट टिलपिल आँसुका थोपा खस्न थालिसकेका थिए ।

    उनले थपे, ‘धेरै पढ्ने रहर थियो दाइ, पढेर तपाईंजस्तै पत्रकार बन्ने रहर थियो तर आज नियतिले कहाँ पु¥यायो ।’ हातले आँशु पुछ्दै उनले भने, ‘दाइ के गर्ने, भाग्यले जता डो¥यायो उतै जानुपर्ने रहेछ, रहर त कहाँ थियो र दाइ यसरी भोक प्यास, आराम नभनी यति सानै उमेरमा काम गर्न ? तर के गर्ने योबाहेक अरु विकल्प पनि त छैन ।’

    बुबा आमाले छोडेर गएको केही समयमै अंकलको पनि बोझ भएपछि अहिले बाध्य भएर गाडीमा काम गर्नुपरेको उनले सुनाए । उनको जीवनको रामकहानी सुन्दासुन्दै धनगढी पुगिएछ । धनगढी बसपार्कमा गाडी रोकियो । सबै यात्रुसँगै म पनि गाडीबाट ओर्लिएर बसपार्कछेउकै एक होटेलमा खाजा खान पसें ।

    त्यहाँ पनि खाजाको अर्डर लिन उमेरले १० वर्ष नकटेको एक बालक आयो । ‘के खानुहुन्छ दाइ ?,’ उसले सोध्यो ।

    एक हाफ चिकेन राइस मैले अर्डर दिएँ ।

    त्यसको केही समयमै उनी हातमा चिकेन राइसको प्लेट बोकेर मतिर आए ।

    उनी धनगढी उपमहानगरपालिका– ६ का नरेश थापा रहेछन् । कक्षा ४ सम्म अध्ययन गरेका नरेश विगत २ महिनादेखि धनगढीको एक होटलमा काम थालेका रहेछन् ।

    मनमा पढ्ने ठूलो इच्छा भए पनि गरिबीका कारण पढाइ नै छोडेर होटलमा काम गर्नुपरेको रहेछ उनलाई । परिवारको आर्थिक स्थिति न्यून हुँदा ११ वर्षकै कलिलो उमेरमा होटलका जुठा भाँडा माझ्न बाध्य भएको उनले दुःखेसो पोखे ।

    बाल दिवसकै दिन भेटिएका यी प्रतिनिधि घटनाले सुदूरपश्चिम प्रदेशमा बालश्रमको अवस्था विकराल छ भन्ने पुष्टि भएको छ । यस विषयमा रिपोर्टिङ गर्न इच्छा पलायो र म त्यहाँबाट बाल हेल्प लाइन कार्यालय धनगढी पुगें । कार्यालय प्रमुख विष्णु पौडेल (म्याडम) भेटिनुभयो । उहाँसँग पहिलेबाटै चिनजान भएकाले पनि होला, मलाई निकै सजिलो भयो । ‘बालहिंसाको अवस्था कस्तो छ ?’ भनेर मैले उहाँलाई सोधें ।

    बालहिंसाका घटना बढ्दै भइरहेको बाल हेल्पलाइन धनगढी प्रमुख पौडेलले बताइन् । सन् २०१८ मा १ जना बालक र १४ जना बालिका गरी १५ जनाले हिंसा खेपेको उनले बताइन् । सन २०१९ को ६ महिनाकै तथ्यांक हेर्दा ४ जना बालक र १६ बालिका गरी २० बालबालिका हिंसा खेप्न बाध्य रहेको पाइएको उनले जानकारी दिइन् ।

    बालिकामाथि यौन हिंसाका घटना बढेको उनको भनाइ छ । गरिबी र शिक्षाका कारण घटनाहरू बढिरहेका छन् । सरकारी निकायको उदासीनताका कारण समस्या ज्यूँका त्यूँ रहेको सरोकारवालाहरू बताउँछन् ।

    किताबकापी बोकेर विद्यालय जानुपर्ने धेरै बालबालिका अहिले जोखिमयुक्त काममा संलग्न हुँदा उनीहरूको मानवअधिकार हनन भइरहेको छ । तर, प्रदेश सरकारले यसतर्फ कुनै चासो दिएको छैन ।

    सरकारसँग कति बालबालिका श्रम बेच्न बाध्य छन्, कतिले हिंसा खेप्दैछन्, यससम्बन्धी कुनै तथ्यांक छैन । यद्यपि सामाजिक विकास मन्त्रालय, बाल अधिकार तथा सामाजिक न्याय शाखा प्रमुख जयन्ती गिरीले भने यसको बचाउ गरिन् ।

    बालबालिकालाई उनीहरूको इच्छाविरुद्ध काममा लगाउन नहुने, कसैले पनि बालकलाई ललाई, फकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दबाबमा पारी वा अन्य कुनै तरिकाले उसको इच्छाविरुद्ध श्रमिकको रूपमा काममा लगाउन नहुने कानूनमै उल्लेख छ ।

    इच्छाविपरीत काम गरेमा निजलाई एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था कानूनमा गरिएको छ । तर, त्यो कार्यान्वयन भएको देखिएको छैन । जसका कारण बालअधिकार हननका घटना बढिरहेका छन् ।

    • बालश्रमिक
    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
    सात बहिनी भगवती !
    खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
    • भर्खरै
    • चर्चित
    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ७.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • ८.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ९.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • १०.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ३.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.