• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

अक्सिजन व्यवस्थापनका लागी जुट्यो एक करोड

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टीकापुर — अक्सिजन अभावले कोरोना संक्रमितको उपचार प्रभावित भएपछि कैलाली र कञ्चनपुरमा संघसंस्था, व्यापारिक प्रतिष्ठान र व्यक्तिहरूबाट तत्काल आपूर्ति गर्ने र प्लान्ट स्थापना गर्ने अभियानमा एक करोड रुपैयाँ जुटेको छ ।कैलालीको धनगढी र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा अक्सिजनका लागि सहयोग अभियान सुरु भएको हो । यो अभियानमा दुवै जिल्लाका केही स्थानीय तह पनि संलग्न भएका छन् भने सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट स्थापनाका लागि रकम उपलब्ध गराएको छ ।

    टीकापुरमा ५० लाख

    टीकापुर अस्पतालमा अक्सिजन आपूर्तिका लागि करिब ५० लाख संकलन भएको छ । टीकापुर सरोकार समूह, टीकापुर अस्पताल र टीकापुर उद्योग वाणिज्य संघको संयुक्त पहलमा रकम संकलन भएको हो । टीकापुर अस्पतालमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस् भनेर वैशाख २६ गतेबाट अक्सिजन अभियान सुरु गरिएको हो । अक्सिजनका लागि टीकापुर सरोकार समूहले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेको थियो । अक्सिजन संकलन अभियानअन्तर्गत कतिपयले तुरुन्त अक्सिजन सिलिन्डर रिफिल गरेका र कतिपयले रकम दिएका अभियानकर्मीले बताएका छन् ।

    अक्सिजन अभियान सञ्चालन भएपछि टीकापुर अस्पतालमा उपचाररत बिरामीका लागि तत्कालका लागि अक्सिजनको कमी नभएको टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डा। रमेशप्रसाद उपाध्यायले बताए । उनले भने, ‘अक्सिजन रिफिलका लागि अब टीकापुर सरोकार समूहको सहयोग भए खासै अप्ठ्यारो नहोला ।’

    टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया सुरु गरिएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्रदेश सरकारको ८० लाख, टीकापुर नगरपालिकाको २० लाख, जानकी गाउँपालिकाको १५ लाख र भजनी नगरपालिकाको १५ लाख गरी १ करोड ३० लाखको सहयोगमा टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जानकारी दिएका छन् ।

    अक्सिजन प्लान्ट निर्माण गर्न करिब डेढ महिना लाग्ने जनाइएको छ । अहिले टीकापुर अस्पतालमा नेपालगन्जबाट अक्सिजन आपूर्ति गर्ने गरिएको छ । अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्टमा दैनिक करिब ६० सिलिन्डर अक्सिजन भर्न सकिने क्षमताको हुने जनाइएको छ । प्लान्ट निर्माणका लागि ७ जनाले टेन्डर हालेका र त्यो टेन्डरको बायोमेडिकल इन्जिनियरले मूल्यांकन गरिरहेका अध्यक्ष रावलले बताए । उनले भने, ‘दुई दिन जतिमा मूल्यांकनको काम सकिन्छ र प्लान्ट निर्माणको काम अघि बढ्छ ।’

    महाकाली अस्पताललाई ५० लाख

    महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन अभाव हुन नदिन विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका छन् । उनीहरूले नगदसँगै अक्सिजन पनि उपलब्ध गराएका हुन् । महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार अक्सिजनको अभाव हुन नदिन हालसम्म विभिन्न संघसंस्था र व्यक्तिहरूले ५० लाख बढी सहयोग गरेका छन् । उक्त रकममध्ये २० लाख भीमदत्त नगरपालिका र १० लाख वेतकोट नगरपालिकाले उपलव्ध गराएको हो । ‘उक्त रकम तत्कालको अभाव टार्नका लागि सहयोग भएको हो,’ अध्यक्ष जोशीले भने, ‘विभिन्न संघसंस्थाबाट अक्सिजन पनि सहयोग भइरहेको छ ।’ उनका अनुसार कञ्चनपुर उद्योग वाणिज्य संघ र युवा व्यवसायीहरूले अक्सिजन सहयोग गरिरहेका छन् । महाकाली अस्पतालमा संक्रमितको चाप बढेसँगै अक्सिजन अभाव पनि चर्किएको थियो । पछिल्लो समयमा भने केही सहज भएको अध्यक्ष जोशीले बताए ।

    महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड बजेट पनि निकासा भएको छ । सोहीअनुसार अस्पताल विकास समितिले टेन्डर पनि आह्वान गरिसकेको छ । ठूलो खालको प्लान्ट निर्माण भएपछि अक्सिजनको अभाव टर्ने अध्यक्ष जोशी बताउँछन् । अहिले अस्पतालमा सानो खालको अक्सिजन प्लान्ट छ । उक्त प्लान्टबाट दैनिक ६ सिलिन्डर मात्रै भरिने गरेको छ । संक्रमितको चाप बढेपछि अहिले दैनिक सय सिलिन्डर अक्सिजन आवश्यक परिरहेको छ । यसैगरी अस्पताल विकास समितिका अध्यक्ष जोशीका अनुसार प्रदेश सरकारले ८० लाख लिक्विड अक्सिजन प्लान्टका लागि निकासा गरेको छ । तर लिक्विड अक्सिजन उत्पादन प्लान्ट स्थापनामा समस्या देखापरेको उनले बताए ।

    साभार : कान्तिपुर

    • अक्सिजन
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.