• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ १९, २०७९ | Thursday 2nd February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ३ घण्टा अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • २ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • ३ दिन अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

अक्सिजन व्यवस्थापनका लागी जुट्यो एक करोड

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    टीकापुर — अक्सिजन अभावले कोरोना संक्रमितको उपचार प्रभावित भएपछि कैलाली र कञ्चनपुरमा संघसंस्था, व्यापारिक प्रतिष्ठान र व्यक्तिहरूबाट तत्काल आपूर्ति गर्ने र प्लान्ट स्थापना गर्ने अभियानमा एक करोड रुपैयाँ जुटेको छ ।कैलालीको धनगढी र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा अक्सिजनका लागि सहयोग अभियान सुरु भएको हो । यो अभियानमा दुवै जिल्लाका केही स्थानीय तह पनि संलग्न भएका छन् भने सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट स्थापनाका लागि रकम उपलब्ध गराएको छ ।

    टीकापुरमा ५० लाख

    टीकापुर अस्पतालमा अक्सिजन आपूर्तिका लागि करिब ५० लाख संकलन भएको छ । टीकापुर सरोकार समूह, टीकापुर अस्पताल र टीकापुर उद्योग वाणिज्य संघको संयुक्त पहलमा रकम संकलन भएको हो । टीकापुर अस्पतालमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस् भनेर वैशाख २६ गतेबाट अक्सिजन अभियान सुरु गरिएको हो । अक्सिजनका लागि टीकापुर सरोकार समूहले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेको थियो । अक्सिजन संकलन अभियानअन्तर्गत कतिपयले तुरुन्त अक्सिजन सिलिन्डर रिफिल गरेका र कतिपयले रकम दिएका अभियानकर्मीले बताएका छन् ।

    अक्सिजन अभियान सञ्चालन भएपछि टीकापुर अस्पतालमा उपचाररत बिरामीका लागि तत्कालका लागि अक्सिजनको कमी नभएको टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डा। रमेशप्रसाद उपाध्यायले बताए । उनले भने, ‘अक्सिजन रिफिलका लागि अब टीकापुर सरोकार समूहको सहयोग भए खासै अप्ठ्यारो नहोला ।’

    टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया सुरु गरिएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्रदेश सरकारको ८० लाख, टीकापुर नगरपालिकाको २० लाख, जानकी गाउँपालिकाको १५ लाख र भजनी नगरपालिकाको १५ लाख गरी १ करोड ३० लाखको सहयोगमा टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जानकारी दिएका छन् ।

    अक्सिजन प्लान्ट निर्माण गर्न करिब डेढ महिना लाग्ने जनाइएको छ । अहिले टीकापुर अस्पतालमा नेपालगन्जबाट अक्सिजन आपूर्ति गर्ने गरिएको छ । अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्टमा दैनिक करिब ६० सिलिन्डर अक्सिजन भर्न सकिने क्षमताको हुने जनाइएको छ । प्लान्ट निर्माणका लागि ७ जनाले टेन्डर हालेका र त्यो टेन्डरको बायोमेडिकल इन्जिनियरले मूल्यांकन गरिरहेका अध्यक्ष रावलले बताए । उनले भने, ‘दुई दिन जतिमा मूल्यांकनको काम सकिन्छ र प्लान्ट निर्माणको काम अघि बढ्छ ।’

    महाकाली अस्पताललाई ५० लाख

    महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन अभाव हुन नदिन विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका छन् । उनीहरूले नगदसँगै अक्सिजन पनि उपलब्ध गराएका हुन् । महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार अक्सिजनको अभाव हुन नदिन हालसम्म विभिन्न संघसंस्था र व्यक्तिहरूले ५० लाख बढी सहयोग गरेका छन् । उक्त रकममध्ये २० लाख भीमदत्त नगरपालिका र १० लाख वेतकोट नगरपालिकाले उपलव्ध गराएको हो । ‘उक्त रकम तत्कालको अभाव टार्नका लागि सहयोग भएको हो,’ अध्यक्ष जोशीले भने, ‘विभिन्न संघसंस्थाबाट अक्सिजन पनि सहयोग भइरहेको छ ।’ उनका अनुसार कञ्चनपुर उद्योग वाणिज्य संघ र युवा व्यवसायीहरूले अक्सिजन सहयोग गरिरहेका छन् । महाकाली अस्पतालमा संक्रमितको चाप बढेसँगै अक्सिजन अभाव पनि चर्किएको थियो । पछिल्लो समयमा भने केही सहज भएको अध्यक्ष जोशीले बताए ।

    महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड बजेट पनि निकासा भएको छ । सोहीअनुसार अस्पताल विकास समितिले टेन्डर पनि आह्वान गरिसकेको छ । ठूलो खालको प्लान्ट निर्माण भएपछि अक्सिजनको अभाव टर्ने अध्यक्ष जोशी बताउँछन् । अहिले अस्पतालमा सानो खालको अक्सिजन प्लान्ट छ । उक्त प्लान्टबाट दैनिक ६ सिलिन्डर मात्रै भरिने गरेको छ । संक्रमितको चाप बढेपछि अहिले दैनिक सय सिलिन्डर अक्सिजन आवश्यक परिरहेको छ । यसैगरी अस्पताल विकास समितिका अध्यक्ष जोशीका अनुसार प्रदेश सरकारले ८० लाख लिक्विड अक्सिजन प्लान्टका लागि निकासा गरेको छ । तर लिक्विड अक्सिजन उत्पादन प्लान्ट स्थापनामा समस्या देखापरेको उनले बताए ।

    साभार : कान्तिपुर

    • अक्सिजन
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • २.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • ३.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.