• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • २० घण्टा अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • २२ घण्टा अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • २२ घण्टा अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • २२ घण्टा अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • २२ घण्टा अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • २२ घण्टा अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

टीकापुरको दुर्दशा : उपकरण–जनशक्ति केही छैन, रिपोर्ट नआउँदै जान्छ सङ्क्रमितको ज्यान

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी – कोरोनाको दोस्रो लहर भयावह रूपमा फैलिरहँदा स्थानीय पालिकाहरूले उचित भूमिका निर्वाह गर्न सकेका छैनन्। घोडाघोडी नगरपालिकाले बल्ल एमबिबिएस डाक्टर पाए तापनि उपकरण अभावले प्रभावकारी सेवा दिन सकिरहेको छैन।

    उता लम्कीमा जनशक्ति छ तर उपकरणको चरम अभाव छ। त्यहाँका नागरिकले एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा प्रतिव्यक्ति ८ सयका दरले तिर्नुपर्ने बाध्यता छ।

    न उपकरण, न जनशक्ति

    टीकापुर नगरपालिकाले कोरोना व्यवस्थापनका लागि उचित कदम चाल्न सकेको छैन। दोस्रो लहर चैत महिनाबाटै फैलिन सुरु भए पनि यहाँ वैशाख १५ गतेबाट मात्रै कोरोना परीक्षण प्रक्रिया सुरु भयो। एन्टिजेन विधिबाट १५ मिनेटमै र पिसिआरका लागि स्वाब सङ्कलन गरेर धनगढी पठाउने काम भइरहेको छ।

    टीकापुर नगरपालिका स्वास्थ्य शाखाका अनुसार हालसम्म २ सय ४४ एन्टिजेन परीक्षण भएकोमा ३९ जना ५ सय १८ पिसिआर परीक्षण गर्दा १ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ। यीमध्ये २६ जनाले ज्यान गुमाइसकेका छन्।

    नगरपालिकाले टीकापुरको सिटीहलमा ३८ शय्याको आइसोलेसन सञ्चालन गरिरहेको छ। तर त्यहाँ न उपकरण छन् न त जनशक्ति नै। ‘हामीले सामान्य खाले बिरामीलाई मात्रै राख्ने गरेका छौँ, ‘स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावतले भने, ‘हामीसँग जनशक्ति र उपकरण छैनन्। जटिल किसिमका बिरामी यहाँ छैनन्। हामीले टीकापुर अस्पताल पठाउने गरेका छौँ।’

    अहिले आइसोलेसन सेन्टरमा दुई जना अहेव, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी मात्रै छन्। ‘हामीले डाक्टर खोज्यौ तर नभेटेपछि अहिले उहाँहरूले नै सेवा दिइरहनुभएको छ,’ रावतले भने, ‘टीकापुर अस्पतालसँग समन्वय गरेर अनकल सेवा सञ्चालन गरिरहेका छौँ।’

    सिटीहलमा ३८ बेड राखिए पनि ६ वटा अक्सिजन सिलिन्डर मात्रै छन्। अन्य उपकरण केही छैनन्। ‘थप २० वटा अक्सिजन सिलिन्डर, ५ वटा अक्सिजन कन्सलट्रेटर मगाएका छौँ, त्यो आयो भने सहज हुन्छ,’ रावतले भने।

    नगरपालिकाले हप्तामा दुई दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिरहेको छ। सोमबार र बिहीबार पिसिआरका लागि स्वाब सङ्कलन र शनिवार एन्टिजेन परीक्षण भइरहेको छ।

    तर, अहिले एन्टिजेन परीक्षणका लागि किट अभाव देखिएको छ। ‘हामीसँग एक हजार थान भिटिएम छ’, स्वास्थ्य शाखा प्रमुख रावतले भने, ‘एन्टिजेन परीक्षणका लागि समस्या देखिएको छ तर ५ सय थान किट मगाएका छौँ, केही दिनमै आइपुग्छ।’

    रिपोर्ट नआउँदै जान्छ सङ्क्रमितको ज्यान

    नगरपालिकाले सञ्चालन गरिरहेको आइसोलेसनमा एक साताअघि ५० वर्षीय वृद्धको मृत्यु भयो। मुटु सम्बन्धी समस्या झेलिरहेका उनी त्यसमाथि कोरोनाका लक्षण देखिएपछि थला परेका थिए। रिपोर्ट नआउँदै आइसोलेसन बेडमै उनको ज्यान गयो।

    ‘अहिले मुख्य समस्या परीक्षणकै छ,’ स्वास्थ्य शाखा प्रमुख रावतले भने, ‘स्वाब पठाएको एक सातासम्ममा रिपोर्ट आउँथ्यो, अहिले भने दुईरतीन दिनमै आउन थालेको छ।’

    अझै छैन तयारी, टीकापुर अस्पतालकै भर

    जनशक्ति व्यवस्थापन र उपकरणको व्यवस्था गर्न नगरपालिकाले अझै पनि तयारी गरेको छैन। ‘अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने हाम्रो तयारी हो,’ प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले भने, ‘हामीले त्यसका लागि डाक्टर पाएनौँ, अहिले अनकल डाक्टरी सेवा प्रदान गरिरहेका छौँ। टीकापुरमा सुरुवाती चरणमै कोरोना व्यवस्थापन गर्न हम्मे–हम्मे भयो, बिस्तारै अवस्थामा सुधार हुँदैछ।’

    कोरोना सङ्क्रमित बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न आवश्यक उपकरणहरू किन्ने तयारी पनि छैन। ‘हामीले सामान्य बिरामी भर्ना लिइरहेका छौँ। अक्सिजन चाहिने र अन्य जटिल किसिमका बिरामीलाई टीकापुर अस्पताल पठाइरहेका छौँ’, उनले भने।

    अहिले टीकापुर अस्पतालकै भर पर्नुपरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘हामीले अस्पताल व्यवस्थापनका लागि वर्षेनि ५३ लाख खर्च गर्छौँ। हामीसँग उपकरण र जनशक्ति छैन। आवश्यक सहयोग अस्पताललाई नै गरेर सेवालाई प्रभावकारी बनाउँछौँ।’

    • सङ्क्रमित
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.