नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सेती प्रदेशिक अस्पतालमा अक्सिजन कन्सेन्ट्रेटर प्रदान गर्नुभएको छ । संविधान सभा सदस्य समेत रहेकी नेतृ डा. राणा देउवाले सेती प्रादेशकि अस्पतालमा बिरामीलाई उपचारमा केही सहज होस् भन्ने उदेश्यले दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराउनु भएको हो ।
आईतबार उक्त सामग्री सेती प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५की प्रतिनिधी सभाकी उम्मेदवार समेत रहिसक्नुभएकी नेतृ डा.आरजु राणा देउवाले यस अघि अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढी उपमहानगरपालीका दश लाख आर्थिक सहयोग समेत गर्नुभएको थियो । पहिलो चरणको कोभिड १९ मा पनि काग्रेस नेतृ डा.राणा देउवाले सुदूरपश्चिमको ९ जिल्लाको करिब ५७ वटा प्रसुति गृहमा कोरोना स्वास्थ्य सुरक्षा सामाग्री सहयोग, विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्य तथा पोषण सामाग्री प्रदान,सिमानाकामा अलपत्र परेका नेपालीहरुलाई निशुल्क खाना,आईसोलेशन तथा क्वारेन्टीनहरुमा स्वास्थ्य तथा सरसफाइका सामाग्रीहरु सहयोग गर्नुभएको थियो ।