• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, जेठ २७, २०८० | Saturday 10th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
  • २ दिन अगाडि

गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
  • २ दिन अगाडि

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • १ हप्ता अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • १ हप्ता अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • १ हप्ता अगाडि

सात बहिनी भगवती !
  • १ हप्ता अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • १ हप्ता अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • १ हप्ता अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ४ हप्ता अगाडि

गाउँगाउँ पुगेर संक्रमित खोज्छन् स्वास्थ्यकर्मी

"रिपोर्ट ढिला आउँदा समस्या "
  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी -कोरोना संक्रमित खोज्न सुर्नया गाउँपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको छ।

    गाउँपालिकाले स्वास्थ्यकर्मी घरघरमै पठाएर शंकास्पद बिरामीहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न थालेको छ। कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न शंकास्पद बिरामी भएका ठाउँमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

    गाउँपालिकासँग दुई सय एन्टिजेन किट रहेको र ती किटमार्फत कोरोना परीक्षण गरिरहेका छौं,ु उनले भने, ‘वडातहमा रहेका स्वास्थ्यकर्मीलाई गाउँगाउँमा परीचालन गरेका छौं।ु

    कोरोना नियन्त्रण तथा रोकथाम अहिले पालिकाको प्राथमिकतामा रहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए। उनले भने, ‘समुदायस्तरमा कोरोना संक्रमण नफैलियोस् भनेर परीक्षणको दायरा बढाएका छौं।’

    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्नुका साथै समुदायमा रहेका शंकास्पद बिरामीहरुको परीक्षण गर्ने कार्य भइरहेको विष्टको भनाइ छ।

    हालसम्म गाउँपालिकाको वडा नं ४, ५ र ८ मा बढी शंकास्पद बिरामी भेटिएकाले ती वडामा परीक्षण बढाइएको जनाइएको छ। कोरोना संक्रमितका लागि गाउँपालिकाले वासुलिंग स्वास्थ्यचौकीमा ३२ बेडको आइसोलेसन कक्ष निर्माणसमेत गरेको छ।

    समयमै रिपोर्ट नआउँदा समस्या

    जिल्ला अस्पताल बैतडीमा रहेको पिसिआर प्रयोगशालाबाट समयमै रिपोर्ट नआउँदा समस्या भएको छ। शंकास्पद बिरामीको स्वाब संकलन गरी पठाएको एक हप्तासम्म पनि रिपोर्ट नआउँदा समस्या हुने गरेको हो। जिल्ला अस्पतालको प्रयोगशालाबाट ढिलो रिपोर्ट आउँदा कोरोना नियन्त्रणमा चुनौती थपिएको छ।

    सुर्नया गाउँपालिकाले शंकास्पद बिरामीको स्वाब संकलन गरी पठाएको भए पनि एक हप्तासम्म पनि प्रयोगशालाबाट रिपोर्ट नआएको जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बिरामीको स्वाब संकलन गरेर पठाएको एक हप्ता बढी भइसक्यो तर पनि रिपोट अझै नआएको बताए।

    उनले भने, ुरिपोट नआउँदासम्म कोही पनि आइसोलेसनमा बस्न मान्दैनन्। स्वाबको रिपोट ढिलो आउँदा गाउँमा संक्रमणको जोखिम बढ्दै गएको छ।’

    प्रयोगशालामा संकलित स्वाबको चाप बढी भएकाले समयमा रिपोर्ट आउन ढिलाइ हुने गरेको जनाएको छ। अहिले पनि जिल्ला अस्पतालको प्रयोगशालामा एक हजार स्वाब परीक्षण गर्न बाँकी छन्।

    जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीका अनुसार दैनिक चार सय बढी स्वाबको परीक्षण हुने भए पनि स्वाबको चाप बढी हुँदा समयमा रिपोर्ट आउन ढिलाइ हुने गरेको हो। उनले भने, ‘प्रयोगशालामा स्वाबको चाप बढिरहेको छ, यसैबीच केही दिनअघि प्रयोगशालामा परीक्षणका लागि आवश्यक केमिकल अभाव भएको ढिलाइ भयो।’

    प्रयोगशालाले हाल केमिकल आपूर्ति भइसकेकोले अब भने परीक्षणमा ढिलाइ नहुने जनाएको छ। बैतडीमा हाल कोरोनाका ८ सय बढी सक्रिय संक्रमित छन् भने १४ जनाको मृत्यु भइसकेको छ।

    • स्वास्थ्यकर्मी
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डोटीमा वर्षे रोपाइँ !
    सात बहिनी भगवती !
    खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
    • भर्खरै
    • चर्चित
    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    • ३.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • ४.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      सात बहिनी भगवती !

    • ७.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ८.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ९.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • १०.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.