• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, फागुन ०१, २०८२ | Friday 13th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ५ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

गाउँगाउँ पुगेर संक्रमित खोज्छन् स्वास्थ्यकर्मी

"रिपोर्ट ढिला आउँदा समस्या "
  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडी -कोरोना संक्रमित खोज्न सुर्नया गाउँपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको छ।

    गाउँपालिकाले स्वास्थ्यकर्मी घरघरमै पठाएर शंकास्पद बिरामीहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न थालेको छ। कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न शंकास्पद बिरामी भएका ठाउँमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

    गाउँपालिकासँग दुई सय एन्टिजेन किट रहेको र ती किटमार्फत कोरोना परीक्षण गरिरहेका छौं,ु उनले भने, ‘वडातहमा रहेका स्वास्थ्यकर्मीलाई गाउँगाउँमा परीचालन गरेका छौं।ु

    कोरोना नियन्त्रण तथा रोकथाम अहिले पालिकाको प्राथमिकतामा रहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए। उनले भने, ‘समुदायस्तरमा कोरोना संक्रमण नफैलियोस् भनेर परीक्षणको दायरा बढाएका छौं।’

    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्नुका साथै समुदायमा रहेका शंकास्पद बिरामीहरुको परीक्षण गर्ने कार्य भइरहेको विष्टको भनाइ छ।

    हालसम्म गाउँपालिकाको वडा नं ४, ५ र ८ मा बढी शंकास्पद बिरामी भेटिएकाले ती वडामा परीक्षण बढाइएको जनाइएको छ। कोरोना संक्रमितका लागि गाउँपालिकाले वासुलिंग स्वास्थ्यचौकीमा ३२ बेडको आइसोलेसन कक्ष निर्माणसमेत गरेको छ।

    समयमै रिपोर्ट नआउँदा समस्या

    जिल्ला अस्पताल बैतडीमा रहेको पिसिआर प्रयोगशालाबाट समयमै रिपोर्ट नआउँदा समस्या भएको छ। शंकास्पद बिरामीको स्वाब संकलन गरी पठाएको एक हप्तासम्म पनि रिपोर्ट नआउँदा समस्या हुने गरेको हो। जिल्ला अस्पतालको प्रयोगशालाबाट ढिलो रिपोर्ट आउँदा कोरोना नियन्त्रणमा चुनौती थपिएको छ।

    सुर्नया गाउँपालिकाले शंकास्पद बिरामीको स्वाब संकलन गरी पठाएको भए पनि एक हप्तासम्म पनि प्रयोगशालाबाट रिपोर्ट नआएको जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बिरामीको स्वाब संकलन गरेर पठाएको एक हप्ता बढी भइसक्यो तर पनि रिपोट अझै नआएको बताए।

    उनले भने, ुरिपोट नआउँदासम्म कोही पनि आइसोलेसनमा बस्न मान्दैनन्। स्वाबको रिपोट ढिलो आउँदा गाउँमा संक्रमणको जोखिम बढ्दै गएको छ।’

    प्रयोगशालामा संकलित स्वाबको चाप बढी भएकाले समयमा रिपोर्ट आउन ढिलाइ हुने गरेको जनाएको छ। अहिले पनि जिल्ला अस्पतालको प्रयोगशालामा एक हजार स्वाब परीक्षण गर्न बाँकी छन्।

    जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीका अनुसार दैनिक चार सय बढी स्वाबको परीक्षण हुने भए पनि स्वाबको चाप बढी हुँदा समयमा रिपोर्ट आउन ढिलाइ हुने गरेको हो। उनले भने, ‘प्रयोगशालामा स्वाबको चाप बढिरहेको छ, यसैबीच केही दिनअघि प्रयोगशालामा परीक्षणका लागि आवश्यक केमिकल अभाव भएको ढिलाइ भयो।’

    प्रयोगशालाले हाल केमिकल आपूर्ति भइसकेकोले अब भने परीक्षणमा ढिलाइ नहुने जनाएको छ। बैतडीमा हाल कोरोनाका ८ सय बढी सक्रिय संक्रमित छन् भने १४ जनाको मृत्यु भइसकेको छ।

    • स्वास्थ्यकर्मी
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.