• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

जसले कोभिड जितेर पनि मृत्युसँग हारे !

"रिपोर्ट नेगेटिभ आएपछि पनि जान्छ ज्यान "
  •  संवाददाता
  • मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी -चार/पाँच दिनसम्म ज्वरोले सताएपछि धनगढी-८ का व्यवसायी नरेन्द्र बोगटीले पीसीआर परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा स्वाब दिए । २३ वैशाखमा उनलाई कोभिड १९ संक्रमण पुष्टि भयो । रिपोर्ट आउन अगाडिदेखि नै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई धनगढीकै निसर्ग अस्पतालमा भर्ना गराइएको थियो । ‘२३ गतेदेखि झण्डै दुई सातासम्म भाईको निसर्ग अस्पतालमा उपचार भयो । अक्सिजनको सहायतामा उपचार भइरहेको थियो । स्वास्थ्यमा सुधार पनि भइरहेको थियो,’ बोगटीकी दिदी रत्ना विष्टले भनिन् ।

    उनका अनुसार फेरि स्वास्थ्यमा समस्या बढेपछि आइसियूमा राखेर उपचार गर्नका लागि बोगटीलाई ५ जेठमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरियो । ‘निसर्ग अस्पतालमै उपचार हुँदा दोस्रो पटक स्वाब दिइसकेका थियौँ,’ उनले भनिन्, ‘सेतीमा भर्ना हुँदासम्म रिपोर्ट नेगेटिभ आइसकेको थियो । त्यसपछि जनरल आइसियूमा राखियो । त्यस्को केही मिनेटमै भाईको मृत्यु भयो ।’ कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आएको दुई दिनपछि बोगटीको मृत्यु भएको हो ।

    कैलालीको धनगढी उपमहानगरपालिका-७ बेलीका ४४ वर्षीय भरतनाथ योगीलाई ३१ वैशाखमा कोभिड-१९ पुष्टि भयो । अक्सिजन लेभल जाँच गर्दा ६७ देखाएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भए । डेढ हप्तासम्म कोभिड-१९ विरुद्ध लडेपछि शनिबार बिहान भरतको पीसीआर रिपोर्ट नेगेटिभ आयो । तर, रिपोर्ट नोगेटिभ आएको २४ घण्टा नपुग्दै उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ । शनिबार राति १२ बजे उनको मृत्यु भएको हो ।

    भरत मेडिकलका सञ्चालकसमेत थिए । धनगढी उपमहानगरपालिका-७ मा उनको मेडिकल छ । मृतकका भाई लोकनाथ योगीले भने रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आइसक्दा पनि मृत्यु भएको बताए । ‘दिउसो रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै दाईलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो,’ लोकनाथले भने, ‘साँझ फेरि स्वास्थ्य अवस्था बिग्रिएको र राति नै मृत्यु भएको रहेछ ।’ लोकनाथका अनुसार रिपोर्ट नेगेटिभ आएपछि भरतले झण्डै एक घण्टासम्म परिवारका सदस्य र आफन्तसँग पनि कुराकानी गरेका थिए ।

    सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा संक्रमणमुक्त भएका बिरामीको पनि मृत्यु भइरहेको बताए । उनले भने, ‘प्रादेशिक अस्पतालमा चार पाँच वटा त्यस्तो घटना भइसकेको छ । रिपोर्ट नेगेटिभ आएर मृत्यु भएपछि कोभिड संक्रमणका कारण मृत्यु भएको भन्न सकिदैन् ।’ रिपोर्ट नेगेटिभ आएपछि मृत्यु हुँदा मृतकलाई कोभिडका कारण मृत्यु भएकाहरुको संख्यामा जोडिदैन् ।

    त्यसैले पछिल्लो समय कोभिडको मृत्यु दर घटेको हुनसक्ने चिकित्सकहरुको भनाई छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा। जगदीश जोशीले कडा खालको निमोनियाले आक्रमण गरिसकेका बिरामीको कोभिड रिपोर्ट नेगेटिभ आए पनि मृत्यु भएको हुनसक्ने बताए ।

    ‘कोरोना भाइरसले ७५ प्रतिशतभन्दा बढि फोक्सो ड्यामेज गरेपछि रिकभर हुँदैन्,’ डाक्टर जोशीले भने, ‘यस्तो अवस्थामा कोभिड भाइरस मरिसके पनि फोक्सोले काम गर्दैन् । त्यसैले रिपोर्ट नेगेटिभ आएपनि बिरामीको मृत्यु भएको हुनसक्छ ।’

    उनले रिपोर्ट नेगेटिभ आएपछि हुने मृत्यु कोभिडकै कारण हो पनि भन्न नसकिने बताए । ‘कोभिडकै कारण मृत्यु भएको हो वा होइन ठ्याक्कै भन्न सकिदैन् । किनकी मृतकको पोष्टमार्टम नै हुँदैन् । रिपोर्ट नेगेटिभ आएर मृत्यु भएका कोही दीर्घ रोगी पनि हुन सक्छन्,’ डा. जोशीले भने ।
    इकागज बाट साभार

    • कोभिड
    • मृत्युसँग हारे
    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.