• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १२ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १८ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १८ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

जसले कोभिड जितेर पनि मृत्युसँग हारे !

"रिपोर्ट नेगेटिभ आएपछि पनि जान्छ ज्यान "
  •  संवाददाता
  • मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी -चार/पाँच दिनसम्म ज्वरोले सताएपछि धनगढी-८ का व्यवसायी नरेन्द्र बोगटीले पीसीआर परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा स्वाब दिए । २३ वैशाखमा उनलाई कोभिड १९ संक्रमण पुष्टि भयो । रिपोर्ट आउन अगाडिदेखि नै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई धनगढीकै निसर्ग अस्पतालमा भर्ना गराइएको थियो । ‘२३ गतेदेखि झण्डै दुई सातासम्म भाईको निसर्ग अस्पतालमा उपचार भयो । अक्सिजनको सहायतामा उपचार भइरहेको थियो । स्वास्थ्यमा सुधार पनि भइरहेको थियो,’ बोगटीकी दिदी रत्ना विष्टले भनिन् ।

    उनका अनुसार फेरि स्वास्थ्यमा समस्या बढेपछि आइसियूमा राखेर उपचार गर्नका लागि बोगटीलाई ५ जेठमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरियो । ‘निसर्ग अस्पतालमै उपचार हुँदा दोस्रो पटक स्वाब दिइसकेका थियौँ,’ उनले भनिन्, ‘सेतीमा भर्ना हुँदासम्म रिपोर्ट नेगेटिभ आइसकेको थियो । त्यसपछि जनरल आइसियूमा राखियो । त्यस्को केही मिनेटमै भाईको मृत्यु भयो ।’ कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आएको दुई दिनपछि बोगटीको मृत्यु भएको हो ।

    कैलालीको धनगढी उपमहानगरपालिका-७ बेलीका ४४ वर्षीय भरतनाथ योगीलाई ३१ वैशाखमा कोभिड-१९ पुष्टि भयो । अक्सिजन लेभल जाँच गर्दा ६७ देखाएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भए । डेढ हप्तासम्म कोभिड-१९ विरुद्ध लडेपछि शनिबार बिहान भरतको पीसीआर रिपोर्ट नेगेटिभ आयो । तर, रिपोर्ट नोगेटिभ आएको २४ घण्टा नपुग्दै उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ । शनिबार राति १२ बजे उनको मृत्यु भएको हो ।

    भरत मेडिकलका सञ्चालकसमेत थिए । धनगढी उपमहानगरपालिका-७ मा उनको मेडिकल छ । मृतकका भाई लोकनाथ योगीले भने रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आइसक्दा पनि मृत्यु भएको बताए । ‘दिउसो रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै दाईलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो,’ लोकनाथले भने, ‘साँझ फेरि स्वास्थ्य अवस्था बिग्रिएको र राति नै मृत्यु भएको रहेछ ।’ लोकनाथका अनुसार रिपोर्ट नेगेटिभ आएपछि भरतले झण्डै एक घण्टासम्म परिवारका सदस्य र आफन्तसँग पनि कुराकानी गरेका थिए ।

    सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा संक्रमणमुक्त भएका बिरामीको पनि मृत्यु भइरहेको बताए । उनले भने, ‘प्रादेशिक अस्पतालमा चार पाँच वटा त्यस्तो घटना भइसकेको छ । रिपोर्ट नेगेटिभ आएर मृत्यु भएपछि कोभिड संक्रमणका कारण मृत्यु भएको भन्न सकिदैन् ।’ रिपोर्ट नेगेटिभ आएपछि मृत्यु हुँदा मृतकलाई कोभिडका कारण मृत्यु भएकाहरुको संख्यामा जोडिदैन् ।

    त्यसैले पछिल्लो समय कोभिडको मृत्यु दर घटेको हुनसक्ने चिकित्सकहरुको भनाई छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा। जगदीश जोशीले कडा खालको निमोनियाले आक्रमण गरिसकेका बिरामीको कोभिड रिपोर्ट नेगेटिभ आए पनि मृत्यु भएको हुनसक्ने बताए ।

    ‘कोरोना भाइरसले ७५ प्रतिशतभन्दा बढि फोक्सो ड्यामेज गरेपछि रिकभर हुँदैन्,’ डाक्टर जोशीले भने, ‘यस्तो अवस्थामा कोभिड भाइरस मरिसके पनि फोक्सोले काम गर्दैन् । त्यसैले रिपोर्ट नेगेटिभ आएपनि बिरामीको मृत्यु भएको हुनसक्छ ।’

    उनले रिपोर्ट नेगेटिभ आएपछि हुने मृत्यु कोभिडकै कारण हो पनि भन्न नसकिने बताए । ‘कोभिडकै कारण मृत्यु भएको हो वा होइन ठ्याक्कै भन्न सकिदैन् । किनकी मृतकको पोष्टमार्टम नै हुँदैन् । रिपोर्ट नेगेटिभ आएर मृत्यु भएका कोही दीर्घ रोगी पनि हुन सक्छन्,’ डा. जोशीले भने ।
    इकागज बाट साभार

    • कोभिड
    • मृत्युसँग हारे
    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ४.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.