धनगढी-कैलालीमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा लम्बाउने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठक चलिरहेको छ । डिसीएमसिको सिफारिसका आधारमा निषेधाज्ञा लम्बाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि जेठ १ गतेदेखि ६ गते र ७ देखि १३ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो।