कैलाली-बिगठित प्रतिनिधि सभाका सांसद तथा महिला तथा सामाजिक समितिका सभापति निरु देवि पालले संघीय संसद सचिवालयले दिएको गाडी फिर्ता गरेकी छन्।
सांसद पाललाई सरकारले महिला तथा सामाजिक समितिका सभापतिको हैसियतले उपलव्ध गराएको प्र.३०१००२ झ ४८७४ नम्बरको गाडी बिहीवार सवारी शाखामा बुझाएको हो। उनले सभापति हुँदा सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिएकी छन्।