• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

लिपुलेक जोड्ने भारतीय सडकले नेपालको घोडेटो पुरियो

  •  संवाददाता
  • शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दार्चुला-महाकाली नदी किनारमा भारतले बनाइरहेको धारचुला–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा खसेको चट्टानले नेपालको व्यास जोड्ने घोडेटो बाटो पुरिएको छ ।

    भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा गर्वाधार क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा खसेको चट्टानले महाकाली नदीवारि नेपालको व्यास गाउँपालिका–२ स्थितकल्जु क्षेत्रमा भत्किएको घोडेटो । महाकालीपारिबाट खसेको चट्टान वारिसम्म आएर बाटो पुरिएको हो। पहिरो खसेको दिन मंगलबार केही समय महाकालीसमेतथुनिएको थियो।

    भारतले दुई दिनअघि उक्त बाटोको गर्वाधारमा चट्टान फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ स्थित कल्जु क्षेत्रको बाटो भत्किएको हो । व्यासको घोडेटो बाटोमा ५र६ वर्षयता भारतीय सडकका कारण क्षति पुग्दै आएको छ ।

    ‘व्यासको घोडेटो महाकाली किनारैकिनार भएकाले भारतले सडक खन्दा नदीको बहाव नेपालतर्फ सरेको छ,’ कल्जुका नरेन्द्र धामीले भने, ‘अहिले हामीलाई गाउँ जान बाटो बन्द भएको छ । दुम्लिङ–कल्जु आवतजावत गर्न सकिएको छैन ।’ उनका अनुसार सडक चौडा बनाउने क्रममा विस्फोट गराउँदा ठूलो पहाड खसेर बाटो पुरिएको हो । बाटो अवरुद्ध हुँदा व्यासको छाङरु र टिंकर आवतजावतसमेत बन्द भएको छ । चट्टान खस्दा मंगलबार केहीबेर महाकाली नदीसमेत थुनिएको स्थानीयले बताए । भारतले अतिक्रमित नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाउन ठाउँ–ठाउँमा विस्फोटक पदार्थ प्रयोग गर्दै आएको छ ।

    भारतीय सडक महाकालीभन्दा आधा किलोमिटर उचाइमा छ । नेपाली बाटो भने नदीभन्दा २० मिटर माथि पर्छ । पारिबाट खसेका ढुंगा नदी साँघुरो भएकाले वारिसम्म झरेर बाटो पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार प्रहरी चौकी दुम्लिङबाट करिब दुई सय मिटर उत्तरी क्षेत्रमा पर्ने कल्जु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । घोडेटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको छ ।

    यो बाटो व्यास र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो । ‘केही वर्ष पहिले साँघुरो बाटोलाई नदी किनारबाट पिल्लर गाडेर घोडेटो बनाइएको थियो । त्यो सबै चट्टानले पुरिएको छ । उक्त क्षेत्रको नदी किनारमा पर्खाल राख्न ठाउँ छैन, माथि ठूलो चट्टान छ,’ स्थानीय नरेन्द्र धामीले भने ।

    भारतले धारचुला–लिपुलेक–मानसरोवर सडक दुई लेनको बनाउन हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले चट्टान खसेर बेला–बेलामा नेपालतर्फको बाटो अवरुद्ध हुँदै आएको छ । सोही क्षेत्रमा तीन वर्ष अगाडि सडकको ट्र्याक खोल्दा दुम्लिङका चार वटा घरमा क्षति पुगेको थियो । ‘जथाभावी विस्फोट गराउँदा ढुंगा बजारिएर घर खेतमा खस्थे,’ धामीले भने, ‘उफ्रेर बजारिएका ढुंगा लागेर धेरै पशुबस्तु घाइते भएका थिए । अहिले त्यहाँ बसोबास गर्ने सबै मानिस माथि सरेका छन् ।’

    कल्जु क्षेत्रमा अवरुद्ध बाटो खुलाउन स्थानीयका साथमा काम सुरु गरेको प्रहरीले जनाएको छ । महाकाली किनारको घोडेटो बन्नुभन्दा पहिलेको बाटोलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

    • घोडेटो पुरियो
    • लिपुलेक
    शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.