• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

पहिरोले हिँड्नै सकस !

  •  संवाददाता
  • मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सातायताको लगातार वर्षाले जिल्लाका अधिकांश ठाउँमा पहिरो खसेको छ । बाढीपहिरोले बाटोघाटोमा क्षति पुग्दा पैदल हिँड्नसमेत समस्या छ । असारको सुरुकै वर्षाले ग्रामीण सडकहरू बन्द भइसकेका छन् । सडक तथा पैदल हिँड्ने बाटोमा बाढी र पहिरोले धेरै ठाउँमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

    जिल्लाको व्यास र दुहुलाई सदरमुकाम जोड्ने सडक तथा घोडेटो बाटोमा आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ । व्यासको धौलाकोटमा ठूलो पहिरो खसेको छ । टिंकर सडक कटिङ भइरहेको धौलाकोटमा पहिरो आउँदा करिब २० मिटर बढी बाटो भत्केको छ ।

    उक्त बाटो भत्किँदा व्यासका स्थानीयलाई आवतजावत गर्न डेढ घण्टाको लामो बाटो थप हिँड्नु परेको व्यासका स्थानीय मनिराज भट्टले बताए । भीरको बाटो भएकाले माथिबाट ढुंगा खस्ने जोखिम धेरै हुन्छ । उक्त बाटोको बहुगाउँ नजिक, हिकिलाको पोखरा भीर, तिमुरपाटा तथा राताकाठा क्षेत्रमा पहिरो खसेको हुनाले सदरमुकाम आउन साह्रै समस्या परेको भट्टको भनाइ छ ।

    खलंगा–दल्लेख सडक खण्डको सेलादेखि सदरमुकाम खलगा नजिकसम्म ठूलठूला पहिरो खसेका छन् । मालबेलामा ठूलो पहिरो खसेकाले पैदलयात्रीका लागि पनि जोखिम रहेको छ । चाररपाँच किमिको दूरीका आधा दर्जन बढी ठाउँमा सडकको माथि र तलबाट पहिरो खसेको काटैका स्थानीय सुरज जोशीले बताए । धेरै ठाउँमा पहिरो खसेको हुनाले सवारीसाधन चल्न त परै जाओस् मानिसलाई पैदल हिँड्नसमेत जोखिम छ ।

    मालबेला, डुङरे, सेला, जाखलगायतका ठाउँहरूमा पहिरो खसिरहेको छ । पहिरोले उक्त बाटो हिँड्न अप्ठ्यारो हुँदा काटैदेखि माथिका स्थानीय जाइझुल, बाज हुँदै सदरमुकाम आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । तल्लो क्षेत्रका स्थानीय भने जोखिम मोलेर पहिरो आएकै स्थानमा हिँड्डुल गर्न बाध्य छन् ।

     

    सेला नजिकै ठूलो पहिरो खसेकाले वैकल्पिक मार्ग प्रयोग गरी खोला किनार भएर यात्रा गर्नुपर्ने अवस्था रहेको नौगाड गाउँपालिका–२ दल्लेकका दलजित बोहराले बताए । ‘पहिरो खसिरहन्छ, पहिरो रोकिने बित्तिक्कै दगुरेर यात्रा गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सेला नजिक र मालबेला नजिकैको क्षेत्रमा पैदल यात्रासमेत गर्न बाटो नरहेकाले सडकभन्दा तल खोला किनारको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था छ ।’ सदरमुकामबाट नौगाड तथा मार्मा जोड्ने देथला–खार–खलंगा सडकसमेत अवरुद्ध रहेकाले स्थानीयलाई झन् सास्ती भइरहेको उनको भनाइ छ ।

    एक सातायता जिल्लाको मुख्य महाकाली लोकमार्ग ५ पटक अवरुद्ध भयो । आइतबार र शनिबार दिनमै दुईरदुई पटक विभिन्न ठाउँमा अवरुद्ध भएको सडक स्थानीय र सुरक्षाकर्मी मिलेर सञ्चालनमा ल्याएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए । ‘जिल्लाको मुख्य मार्ग भएको हुनाले महाकाली राजमार्ग दिनभरि बन्द हुन दिएनौं,’ डीएसपी भट्टले भने, ‘लगातारको वर्षाका कारण बाढी र पहिरोले यो अवधिमा धेरै पटक बन्द भयो । तर, सबै पक्षको सहयोगले दिनभरि बन्द हुन पाएन ।’ कच्ची सडक मार्गका रहेका जिल्लाका अन्य सहायक मार्ग भने तीनरचार दिनदेखि बन्द अवस्थामा छन् ।

    यस्तै, गोकुलेश्वर–लटिनाथ, लटिनाथ–पारिबगर, गोकुलेश्वर–देथला–खार–खलंगा सडक खण्डका विभिन्न स्थानमा समेत पहिरो खसेको छ । जिपहरू चल्न नसकेकाले नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकाका स्थानीयहरू नौगाडको सिप्टी दल्लेक हुँदै खार–खलंगा सडक भएर खलंगा आउने गरेका छन् । उता बिटुले–पारिबगड सडकको रेल पहिरो र कोपरे भन्ने स्थानमा पहिरो खसेको छ । उक्त सडकमा पहिरो खसे पनि जलविद्युत् योजनाको काम चलिरहेकाले कम्पनीले तत्काल सडक खुलाउने गरेको छ ।

     

    • हिँड्नै सकस
    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.