• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, असार ०९, २०८२ | Monday 23rd June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने
  • ११ घण्टा अगाडि

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • २ दिन अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • ३ दिन अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • ३ दिन अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • ३ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • २ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • २ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • २ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ हप्ता अगाडि

सुदूरपश्चिममा लागूऔषध दुर्व्यसनी बढ्दै !

  •  संवाददाता
  • बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जिल्ला कारागार कञ्चनपुरमा रहेका ४०० सय जनाभन्दा कैदीबन्दीमध्ये करीब ७५ प्रतिशत लागूऔषधसम्बन्धी मुद्दाका छन् । तीमध्ये पनि अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका छन् ।

    लागूऔषध मुद्दामा पक्राउ परेकामध्ये अधिकांश कैद सजाय काटिरहेका छन् भने कोही पुर्पक्षमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० अमरबहादुर थापाले बताए । ‘हामीकहाँ जिल्ला कारागारमा अहिले चार सय जना कैदीबन्दी आश्रित हुनुहुन्छ,’ प्रहरी नायब उपरीक्षक थापाले अनलाइनखबरसँग भने, ‘उहाँहरुमध्ये करिब ७५ प्रतिशत लागूऔषध दुर्व्यसनीकै छ । त्यसमा पनि १८ देखि ३० वर्ष उमेर समूहका युवा पुस्ता बढी छ ।’

    कैलाली र कञ्चनपुरबाट ११ महिनामा साढे तीन सयजना पक्राउ

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षमा मात्रै लागूऔषध मुद्दामा दुई सय जनालाई पक्राउ गरेको छ । तीमध्ये ४ महिला र ९ जना भारतीय नागरिक रहेको डीएसपी थापा बताउँछन् । पक्राउ परेकाहरुबाट साढे दुई किलो चरेस र साढे आठ सय ग्राम ग्राम ब्राउन सुगर बरामद भएको उनले बताए । यस्तै ६३० ट्याबलेट नाइट्रोभेट, ११६ ट्याबलेट स्पास्मो, ६ ट्याबलेट कोरेक्स, ६ सय थान ट्रामाडोल पनि बरामद गरिएको छ ।

    ‘हामीकहाँ जिल्ला कारागारमा अहिले चार सय जना कैदीबन्दी आश्रित हुनुहुन्छ,’ प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अनलाइनखबरसँग भने, ‘उहाँहरुमध्ये करिब ७५ प्रतिशत लागूऔषध दुर्व्यसनीकै छ । त्यसमा पनि १८ देखि ३० वर्ष उमेर समूहका युवा पुस्ता बढी छ ।’
    यता कैलालीमा पनि विगत ११ महिनामा लागूऔषधसहित १२० जनालाई प्रहरीले पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित १२० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट बताउँछन् । यो संख्या अघिल्ला वर्षहरुको तुलनामा बढी हो ।

    बिष्टका अनुसार उनीहरुको साथबाट सबैभन्दा धेरै १५ किलो चरेस बरामद गरिएको छ भने ३१८ ग्राम ब्राउन सुगर पनि बरामद गरिएको छ । दुई हजार १४७ ट्याब्लेट नाइट्रोभेट, एक हजार १० ट्याब्लेट स्पास्मोप्रोक्सोभन, ५२० ट्याब्लेट ट्रमाडोल लगायतका लागूऔषध पनि प्रहरीले बरामद गरेको छ । प्रहरीको भनाइमा पछिल्लो समय लागूऔषध दुर्व्यसनीमा फस्नेहरुमा युवा पुस्ताको संख्या धेरै छ ।

    निषेधाज्ञामा पनि रोकिएन लागूऔषधको कारोबार

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञामा समेत लागूऔषधको कारोबारमा कमी आएको देखिंदैन । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि मात्र प्रहरीले लागूऔषधको कारोबार तथा सेवनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले ६४ र कैलाली प्रहरीले १३ जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा सुरुमा लागूऔषध सेवन गर्ने तर पैसाको अभाव हुँदै जान थालेपछि आफैं कारोबारी बन्ने क्रम बढेको पाइएको बताउँछन् । उनका अनुसार चोरी, डकैती जस्ता आपराधिक गतिविधिमा समेत लागूऔषध सेवनकर्ताकै संलग्नता बढी पाइएको छ ।

    लागूऔषध नियन्त्रणलाई अभियानकै रुपमा अघि बढाएको प्रहरीले प्रारम्भिक चरणमा रहेका सेवनकर्तालाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउँदै आएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेको छ । युवा पुस्ता लागूऔषध दुर्व्यसनीमा फस्नु सबैभन्दा ठूलो चिन्ताको विषय भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि सम्बद्ध सबै पक्षले सक्रियता बढाउनुपर्ने देखिएको छ । अनलाइन खवर/जनक बिष्ट

    • लागूऔषध दुर्व्यसनी
    बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    • २.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ५.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ६.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ७.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ८.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ९.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • १०.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • ४.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ५.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.