काठमाडौँ – नेपाली बजारमा बिहिवार पनि सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोलामा २ सय रुपैंयाँ घटेर ९० हजार ५ सय रुपैयाँ कायम गरीएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ कायम गरीएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदी प्रतितोलाको एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।