• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

कैलालीका सबै स्थानीय तहले ल्याए बजेट, यस्ता छन् प्राथमिकता

  •  संवाददाता
  • शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी –  कैलालीका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक बजेट प्रस्तुत गरेका छन्। जिल्लाका १३ वटै स्थानीय तहहरुले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्दै बजेट प्रस्तुत गरेका हुन्।

    असार १० गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरुले बिहीबार नगर-गाउँसभामा आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट प्रस्तुत गरेका छन्।

    कैलालीका १३ मध्ये अधिकांश स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन्। त्यस्तै, शिक्षा र कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बजेट तथा नीति र कार्यक्रममा उल्लेख गरिएको छ। तर बजेट भने पूर्वाधार विकास क्षेत्रमा बढी विनियोजन गरिएको छ।

    स्थानीय तहहरुले कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने भएकोले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएका छन्। असार ८ गते नै नगरसभामा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँको बजेट प्रस्तुत गरेको धनगढी उपमहानगरपालिकाको नीति, कार्यक्रम तथा बजेट बिहीबार पारित भएको छ।

    उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ एक अर्ब दुई करोड ८० लाख ७० हजार रुपैयाँ र पुँजीगततर्फ ७८ करोड ४७ लाख ५१ हजार रुपैयाँ अनुमान गरेको छ। धनगढी उपमहानगरपालिकाले कोभिड–१९ व्यवस्थापन, स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापन, कृषि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उपप्रमुख सुशीला मिश्र भट्टले बताइन्।

    त्यस्तै, टीकापुर नगरपालिकाले ७५ करोड ८८ लाख ९५ हजार रुपैयाँको बजेट ल्याएको छ। नगर सभामा उपप्रमुख केशरी रावल विष्टले चालूतर्फ ४९ करोड ३३ लाख ६७ हजार र पूँजीगत तर्फ २६ करोड ५५ लाख २८ हजार रुपैयाँको व्यय अनुमान प्रस्तुत गरिन्।

    टीकापुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कोभिड–१९ रोकथामका लागि ६१ लाख ८७ हजार र अन्य स्वास्थ्य कार्यक्रमका लागि ८२ लाख रुपैयाँ बजेट छुट्टयाएको जनाएको छ। उपप्रमुख विष्टले शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न वडा नम्बर १ र ८ का लागि बजेट विनियोजन गरिएको बताइन्।

    उनले टीकापुर अस्पतालमा बालरोग, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा र निःशुल्क रक्तसंचार सेवा ग्रामिण अल्ट्रासाउण्ड, पूर्णखोप सुनिश्चित, आमासँग उपमेयर, हाम्री छोरी प्यारी छोरी जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइन्।

    त्यस्तै, गोदावरी नगरपालिकाले एक अर्ब १८ करोड ७१ लाख ५७ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गरेको छ। गोदावरीले वर्षको बजेटमा चालुतर्फ ६६ करोड २२ लाख ९७ हजार रुपैयाँ र पुँजीगत तर्फ ५२ करोड ४८ लाख ६० हजार रुपैयाँ व्याय अनुमान गरिएको उपप्रमुख रत्ना कडायतले बताइन्।

    घोडाघोडी नगरपालिकाले ८९ करोड ९९ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बजेट प्रस्तुत गरे। उनले पुर्वाधार विकास सबैभन्दा धेरै कुल बजेटको ४३.४२ प्रतिशत विनियोजन गरिएको बताए।

    प्रशासनिक व्यवस्थापनका लागि २६.४५ प्रतिशत, आर्थिक विकासमा ७.६६ प्रतिशत र सामाजिक विकासमा १९.७१ प्रतिशत बजेट छुट्याइएको बताए। लम्कीचुहा नगरपालिकाले एक अर्ब १० करोड २८ लाख ८१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

    त्यस्तै गौरीगंगा नगरपालिकाले ७९ करोड ७० लाख १६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख अञ्चला चौधरीले गौरीगंगाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन्। यस्तै भजनी नगरपालिकाले ६२ करोड ९७ लाख ६५ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए।

    कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा तीन-तीन करोड, आर्थिक विकास क्षेत्रमा दुई करोड २५ लाख, वन तथा विपद व्यवस्थापनमा दुई करोड रुपैयाँ र सुशासन तथा संस्थागत विकासमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइन्।

    उनले गाउँपालिकाले गौरवका योजना अन्तरगत वनदेवी धार्मिक पर्यटकीय क्षेत्र विकासका लागि एक करोड ५० लाख, सडकपुर–लोहरपुर सडक आयोजनाका लागि ७० लाख, एक सहकारी एक उद्योग परियोजनाका लागि ३० लाख, नमूना विद्यालय बनाउनका लागि २५ लाख, दुधिया मिनी पार्कका लागि, २५ लाख, एक वडा एक कृषि पकेट कार्यक्रमका लागि १५ लाख, सुर्मिनाला–लौसा र धर्मापुर–शीतलपुर सडकका लागि १०-१० लाख, एक वडा एक कालोपत्रे सडकका लागि एक करोड ३५ लाख, युवालाई स्वरोजगार कोष (सहुलियत पूर्ण ऋण लगानी) ४० लाख विनियोजन गरिएको बताइन्।

    चुरे गाउँपालिकाले सडक र भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथकिता दिंदै ४३ करोड ७० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। उपाध्यक्ष दीपादेवी साउँदले चालुतर्फ २४ करोड ३४ लाख १० हजार र पुँजीगततर्फ १९ करोड ३६ लाख रुपैयाँ व्यय अनुमान गरिएको बताइन्।

    उनले रणनीतिक महत्वका सडक स्तरोन्नतीका लागि ५ करोड ३६ लाख, वडा कार्यालय भवन निर्माण तथा व्यवस्थापनका लागि २ करोड ३१ लाख, सामाजिक विकासतर्फ एक करोड ६५ लाख, स्वास्थ्यतर्फ ४५ लाख, आर्थिक विकासतर्फ ४४ लाख, कार्यालय व्यवस्थापनका लागि ७ करोड २० लाख, कोभिड १९ को संक्रमण लगायत अन्य विपद् जोखिम व्यवस्थापनका लागि ५० लाख विनियोजन गरिएको बताइन्।

    जोशीपुर गाउँपालिकाले ५२ करोड पाँच लाख ६८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। उपाध्यक्ष गीता कठरियाले आर्थिक विकासमा ६० लाख, सामाजिक विकासमा एक करोड ६३ लाख, संस्थागत विकासमा सात करोड ८४ लाख २० हजार विनियोजन गरिएको बताइन्।

    उनले पुर्वाधार विकासमा विनियोजन हुने रकम गाउँसभाको आगामी बैठकबाट विनियोजन गरिने बताइन्। बर्दगोरिया गाउँपालिकाले ४४ करोड ७० लाख ९० हजार रुपैयाँको डल्लो बजेट प्रस्तुत गरेको छ। उपाध्यक्ष भगवती डगौराथारुले आम्दानीको स्रोत र व्ययको अनुमान मात्रै गाउँसभामा प्रस्तुत गरिएको बताइन्। उनले गाउँसभाबाट योजनाहरुमा बजेट बाँडफाँड गरिने बताइन्।

    अघिल्लो वर्ष लामो सयमसम्म बजेट प्रस्तुत गर्न नसकेको मोहन्याल गाउँपालिकाले यसवर्ष आगामी आर्थिक वर्षका लाग एक दिन पहिले नै बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुजा बुढामगरले ४५ करोड ५८ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।

    उनले आर्थिक विकासमा एक करोड २० लाख, पुर्वाधार विकासमा एक करोड ९ लाख ९१ हजार, सामाजिक विकासमा तीन करोड २५ लाख, वातावरण तथा विपत ब्यवस्थापनमा २५ लाख, सुशासन र संस्थागत विकासमा २० लाख, लैंगिक तथा समावेशीकरणमा २० लाख विनियोजन गरेको बताइन्।

    जानकी गाउँपालिकाले पनि ७९ करोड ३ लाख ५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको अध्यक्ष प्रदिप चौधरीले बताए।

    • स्थानीय तह
    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    एमालेबाट सूर्य ढकाल सिफारिस
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.