• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ २२, २०८० | Monday 5th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • ३ दिन अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • ४ दिन अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • ४ दिन अगाडि

सात बहिनी भगवती !
  • ४ दिन अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • ४ दिन अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • ४ दिन अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ३ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

बझाङ्गे मकै, आलु र सिमीको स्वाद..!

  •  दैनिक जीवन
  • शनिबार, असार १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तपाईँ बझाङ्गे मकै, आलु र सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ? हुनुहुन्छ भने केही समय धैर्य गर्नुहोस् । कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डिङ गरी जिल्ला बाहिरका बजारमा पठाउने तयारी गर्दैछ ।

    साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केही स्थानीय तहले अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने भएका छन् । नेपालको धेरै ठाँउमा अत्याधिक माग रहेको बझाङ्गे आलु र सिमीले बजारमा आफ्नो पहिचान बनाएको छ । स्थानीयस्तरमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डिङ गर्न लागिएको केन्द्रका प्रमुख टेकबहादुर बिष्टले जानकारी दिए ।

    जिल्लामा अधिकांश कृषकको मुख्य खेती आलु, सिमी र मकै हो । जिल्लामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षि बिकास कार्यक्रम कार्यान्वयनमा आएको छ । कार्यक्रम अन्तर्गत बुङ्गल नगरपालीकाको वडा-६ को डिन्नु , वडा-१ र २ , जयपृथ्वी नगरपालिकाको पिठालेक, धामीलेक, मष्टाको कोटदेवल तथा दुर्गाथली गाउँपालिकाकोे सैनपसेललाई आलुमा आत्मनिर्भर बनाउन लागिएको उनले बताए । उनले मकै उत्पादन गर्ने क्षेत्रमा २१ लाख बराबरको टिनको बीउ राख्ने भकारी, चार सय थान बीउ सुकाउने पाल, र पाँच हाते ट्याक्टर सहयोग गर्ने समेत जानकारी दिए ।

    यस्तै जिल्लाको तल्कोट गाउपालिका वडा नम्बर ६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ । कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएको छ । पहिलो पटक जिल्लामा उत्पादन भएको भिरमौरीको मह, सिमी, मकै र आलु लगाएतका खाध्यान्न सामाग्रीहरुलाई अर्को जिल्लासम्म पुर्‍याउने लक्ष्य लिएको छ ।

    यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र सदरमुकाम चैनपुरमा कोसेली घर निर्माणको लागि १२ लाख बिनियोजन गरिएको केन्द्रले जनाएको छ । केन्द्रले आलु प्याकिङको लागि सामाग्रीको ब्यवस्थापन भैसकेको र आगामी साउन महिनाभित्र आलु बजारमा ल्याउने तयारी रहेको जानकारी दिएको छ । साथै स्थानीय तथा राष्ट्रिय बजारमा रु १ करोड ४४ लाख बराबरको ३५ हजार क्विन्टल आलु निर्यात गरिने समेत केन्द्रले जानकारी दिएको छ ।

    आलुजोनको योजना आएपछि लामो समयदेखि परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुलाई आधुनिक तरिकाले आलु लगाउन सिकाएको थियो । अहिले किसानहरु औधि खुशी छन् । साथै उत्पादनमा अझ अग्रसर हुन थालेका छन् । किसानले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र यहाँका किसानको जीवनस्तर माथि उठ्ने विश्वास गरिएको छ ।

    • बझाङ्गे मकै
    शनिबार, असार १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ७.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • ८.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ९.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • १०.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ३.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.