• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

चुरेको दुर्दशा : जनप्रतिनिधि र कर्मचारी सरर..गाडिमा, सेवाग्राही चिप्लेर झ्याडिमा !

  •  दैनिक जीवन
  • सोमबार, असार १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     सडक निर्माणको कार्यले तिब्रता नपाँँदा र वर्षातको बेला विकास निर्माण गर्ने नेपाली परिपाटीले जनताले सास्ती खेप्नु परेको छ ।

    वर्षातको समयमा पहाडी क्षेत्रका सडकहरु उसै पनि जोखिमपूर्ण हुन्छन् । तर विकास निर्माणका नाममा वर्षातको बेला बजेटको हिनामिना गर्ने र कमाउ धन्दाले निर्माण गरिएका सडकहरुले दुर्घटना निम्त्याउने गरेको स्थानीयहरु बताउँछन् ।

    त्यसैअनुरुप अहिले चुरे गाउँपालिकाको असारे चटारोले प्रायः सडकहरु हिलाम्मे भएका छन् । जसले गर्दा चुरेबासीदेखि लिएर चुरेमा विभिन्न कामका लागि आउनेहरु सडकको अवस्था देखेर कामनै नगरी फर्किनु पर्ने बाध्यता छ । भने कतिपय स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

    असारे चटारोमा चुरे गाउँपालिमा छ किलोमिटर सडक निर्माण हुँदै छ । निर्माण भइरहेको सडकमा नाला व्यवस्थापन नहुँदा सडक हिलाम्य बनेको छ । जसले गर्दा सेवाग्राहीदेखि लिएर अन्य यात्रुहरुले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

    कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिका चुरेको कार्यालय सहजपुरबाट छ किलोमिटर टाढा रहेको छ । छ किलोमिटरको सडक निर्माण समयमै नगरिँदा हिलाम्य हुनुका साथै यात्रुहरुलाई आवतजावत गर्न समस्या भएको हो ।

    निर्माणधिन सडकको ठाउँठाउँमा खाल्डाखुल्डी छन् भने वर्षाको पानीले सडक चिप्लो छ । असारे विकासको चटारोले छोएको सो सडकमै निर्माण सामग्री र उपकरणहरू अव्यवस्थित ढङ्गले राखिएका छन् । जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

    ज्यानको बाजी लगाउँदै चुरेबासी

    चुरे गाउँपालिका वडा नम्बर ६ का स्थानीय धन बहादुर कठायत गाउँपालिकामा सिफारिस लिन बिहीबार घरबाट निस्किनुभयो । केही समयमै सकिने सामान्य कामका लागि उहाँले दुई दिन कुर्नु पर्याे । कारण हो, गाउँपालिकासम्म जाने निर्माणधिन सडक ।

    ‘बाटोको समस्याले गर्दा गाडी चल्न सक्ने अवस्था छैन, हिँडेरै आए’ उनले भने, ‘बिहीबार विहान ५ बजे घरबाट हिँडेका थियौँ, तर साँझ मात्रै सहजपुर पुग्यौँ, त्यहाँबाट ज्यानको बाजी राखेर हामी चिप्लो बाटमै हिँडेरै फेरि गाउँपालिका कार्यालय पुगौँ तर त्यहाँ सबै काम सकिएन, त्यो रात हामी फल्टुडे बस्यौँ, शुक्रवार बिहान फेरी गाउँपालिका पुगेर काम भयो, अहिले फर्किँदै छु ।’

    बाटोको कारण निकै सास्ती भएको उनले गुनासो गरे । उनले भने, ‘असारको महिनामा काम गर्दैन, बाटोको अवस्था निकै दयनीय छ, सडकमा ग्राभेल हालिदिए पनि धेरै राहत हुनेथ्यो ।’

    सडकका कारण सेवा लिन निकै समस्या भइरहेको अर्का सेवाग्राही मनोज थापाले दुखेसो पोखे । उनले भने, ‘सडकका कारण हामी अलपत्र प¥यौँ, कुनै ठाउँमा हिलो छ, कतै ढुङ्गा त कतै खाडलहरू छन्, दुई घण्टा हिँडेर गाउँपालिका पुग्यौँ, तर बाटोमै पानी प¥यो, ओत लाग्ने ठाउँ पनि पाएनौँ ।’

    उनले थपे, ‘सडक धेरै हिलाम्मे र चिप्लो छ, यो त पहाडी क्षेत्र हो सडकबाट खसेपछि बाँच्ने सम्भावना निकै कम हुन्छ, हामीले यस्तो जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ, अनि हामीले घरघरमा सिंह दरवार आएको कसरी महसुस गर्ने ?

    अनुगमन नै नगरि फर्कियो टोली

    शुक्रवार प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको टोली कृषि क्षेत्रको अनुगमन गर्न चुरेको लागि निस्कियो । सहजपुर क्षेत्रबाट गाउँपालिका कार्यालय रहेको बाटो हुँदै गएको टोली सडकको दुर्दशा देखेर अनुगमन नै नगरे फर्किएको छ ।

    अनुगमनका लागि चुरे पुगेका एक कर्मचारीले भन्, ‘हामीले विभिन्न संघसंस्थाहरूसंग सहकार्य गरेर कृषकहरुलाईं अनुदान दिएका थियौँ, त्यसैको अनुगमनको लागि आएका हौँ, तर सडकको कारण हामीले जान सक्ने अवस्था रहेन, त्यसैले फर्कियौँ ।’

    सरकारी कर्मचारी त फर्किए, अनुगमन नै नगरे अर्को दिन गर्ला भनेर सेवा ग्राही गणेश बोहराले भने, ‘तर हामी फर्किन सक्ने अवस्था पनि छैन, उहाँहरूको पो सरकारी बजेट होर आउनुहुन्छ फर्किनुहुन्छ । तर हामी यसरी खर्च गर्न पनि सक्दैनौँ, त्यसैले हाम्रो लागि कम्तीमा सडकमा ग्राभेल हाली दिए हुन्थ्यो ।’

    चालु आर्थिक वर्षको असार (वर्षात)मा मात्रै सडकमा डोजर चलाउँदा झन् समस्या भएको चुरेबासीको गुनासो रहेको छ । आर्थिक वर्ष सकिने बेला काम गरे जस्तो गर्दै छन्, यसअघि यो सडकमा काम नै नभएन स्थानीयहरु बताउँछन ।

    योजना फुत्किन नदिन काम गरे जस्तो गर्ने र ठेकेदारसंग जनप्रतिनिधिको मिलेमतोमा असारे महिनामा भ्रष्टाचार गर्ने उदेश्यले काम गर्ने गरेको आरोप स्थानीय जनप्रतिनिधिहरुलाई लाग्ने गरेको छ । र, बजेट अनुसारको काम पनि नहुने स्थानीयहरुले बताउने गरेका छन् ।

    म्याद सकिँदै, कार्यप्रगति शुन्य

    २०७६ मा गाउँपालिकाले बझाङको जागृति निर्माण सेवासँग आठ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि तीन करोड ६४ लाखमा ठेक्का सम्झौता भयो । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिए पनि हालसम्म आयोजनाको २० प्रतिशत काम पनि पुरा भएको छैन ।

    बजेट अनुसाले काम १४ किलोमिटको सडक निर्माणसंगै कालोपत्रे हुनुपर्ने हो । र, समयमै काम सकिनुपर्ने हो । तर ठेक्का सम्झौता सकिन १८ दिन बाँकीस् हुँदा पनि काम २० प्रतिशत पनि भएको छैन ।

    निर्माण कम्पनीको चरम लापरवाही र प्राविधिक त्रुटिका कारण सडक निर्माणमा ढिलाइ भएको इन्जिनियर विक्रम कँडेल बताउँछन् । आठ किलोमिटर सडकका लागि सम्झौता भएको छ । ‘हामीले गाउँपालिका कार्यालयसम्म पुग्ने गरी सडक बनाउन खोजेका हौँ, त्यसमा प्राविधिक त्रुटि पनि भएको छ ।

    प्राविधिक त्रुटीले गर्दा दुई किलोमिटर पनि काम भएको छैन कँडेलले भन्नुभयो । उहाँले म आउनु भन्दा पहिला नै सम्झौता भइसकेको थियो, समयमै काम सक्न निर्माण कम्पनीलाई झकझकाइरहेका छौँ, तर असार मसान्तमा म्याद सकिँदैन, कार्य प्रगति शुन्य दिखिएको बताए ।

    ठेकेदारको चरम लापरबाहीका कारण सेवाग्राही र जनप्रतिनिधि सबैले सास्ती पाएको गाउँपालिका अध्यक्ष धन बहादुर रोक्का मगरले बताए । ‘निर्माण कम्पनीले बदमासी गर्याे, दोष हामीमाथि छ’, उनले भने, ‘हामीले पटक-पटक ताकेता गर्दा पनि असारसम्म कुनै काम गरेन । ठेकेदारले अहिले डोजर चलाएर सडक झन् बिग्रायो ।’

    अब फेरि म्याद थप्न नस्कने अध्यक्ष मगरकाे भनाइ छ । उने भने, ‘हामीले अन्तिम चेतावनी दिइसकेका छौँ, असार मसान्तमा म्याद सकिदैँछ, यस्तै बदमासी गर्नेलाई फेरी म्याद थप्न सकिने अवस्था छैन, हामी छलफल गरेर निर्णय गर्छौँ ।’

    • चुरेको दुर्दशा
    • ज्यानको बाजी
    सोमबार, असार १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.