• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

कैलालीका एक वडाध्यक्षको नयाँ अभ्यास: भलमन्सा र मुखिया बनाएर काम कारबाही गरिँदै

  •  संवाददाता
  • मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीय तहका एक जनप्रतिनिधिले आफ्ना वडाका फरक फरक समुदायको समान सहभागिता रहोस् भनी नयाँ अभ्यास गरेपछि अहिले उक्त कार्यले चर्चा पाएको छ।

    नगरपालिका–११ का वडाअध्यक्ष दानसिंह जोगीले आफ्नो वडाका बहुसङ्ख्यक थारू र कम सङख्याका पहाडी समुदायको वडाका हरेक विकासे गतिविधि तथा नीति निर्माणमा समान सहभागिता होस् भनेर थारू टोलका भलमन्सा जस्तै पहाडी टोलमा मुखिया बनाएर काम कारबाही गरेपछि अहिले वडाका हरेक गतिविधिमा भलमन्सा र मुखियाहरूको समान सहभागिता भएको छ।

    वडाध्यक्ष जोगीले थारूका परम्परा जस्तै पहाडी समुदायको बसोबासको टोलमा मुखियाको अभ्यास सुरु गरेपछि अहिले वडाका हरेक छलफल र विकासे गतिविधिमा भलमन्सा र मुखियासँगसँगै मिलेर काम गर्न थालेको स्थानीयवासी राजकुमार चौधरी बताउँछन्। गाउँघरमा स्थानीय सरकार गठन भएर स्थानीय तहले नै सानातिना विवाद सुल्झाउने जिम्मा पाइसके पनि अधिकांश मुद्दाहरु केही समयपहिले भलमन्साकै सहयोगले समाधान हुने गरेकामा अहिले भने वडाअन्तर्गत बनाइएका मुखियाहरूको समेत सहयोगमा समाधान हुन थालेको चौधरी बताउँछन्।

    थारू समुदायमा केही घटना भइहाले सकेसम्म प्रहरी चौकी नजाने र गाउँघरमै समस्या समाधान गर्ने पुरानो चलन रहेको बताउँदै वडाध्यक्ष जोगीले अहिले भने चौकीमा जाने तर त्यहाँ भलमन्सा र मुखियाको उपस्थितिमा छलफल गरी समस्या समाधान गर्ने एक किसिमको नयाँ अभ्यास सुरु आफूले गरेको बताए। अध्यक्ष जोगीले वडाभित्रै फरक फरक समुदायको बसोबास रहँदा कहिलेकाहीँ द्वन्द्व भए पनि भलमन्सा र मुखिया बसेर त्यस्ता द्वन्द्व समाधान गर्ने हुँदा दुई समुदायबीचको द्वन्द्व कम भएको भन्दै खुसी व्यक्त गरे।

    वडाका दुई पहाडी टोल भलवामा नरे रावत र वसन्तपुरमा कृष्णदत्त भट्ट दुईजनालाई मुखिया बनाएर काम कारबाही अघि बढाएपछि थारू समुदायको अध्यक्षले आफूहरूलाई फरक व्यवहार गरेको रैनछ भन्ने कुरामा आभास जनतालाई भएकामा आफू निकै खुसी भएको अध्यक्ष जोगी बताउँछन्।

    थारू समुदायको बाहुल्य रहेको आफ्नो वडामा जननिर्वाचित अध्यक्षले एक्कासि प्रस्ताव राखेर समान सहभागिताका लागि आफूहरूको टोलबाट मुखियाहरू बनाएर कामकारबाही अघि बढाएकामा निकै खुसी लागेको भलवाका मुखिया नरे रावतले बताए। नयाँ अभ्यासले वैमन्यस्यता हटाएको रावतको भनाइ छ।

    आफूहरूको समुदायमा भलमन्साको परम्परा रहे पनि पहाडी समुदायमा त्यस किसिमको अभ्यास नहुँदा दुई समुदायबीच केही समस्या आए समाधानका लागि असहजता हुने गरेकामा अहिले त्यस किसिमको समस्या हटेको आम्वासाका भलमन्सा खुशीराम चौधरी बताउँछन्।

    अहिले गाउँमा केही समस्या आइहाल्यो भने वडाध्यक्षले हामी भलमन्सा र मुखियाहरूलाई बोलाएर कसरी अघि बढ्ने त भनी सल्लाह गर्ने र समाधानको उपाय निकालेर अघि बढ्ने सामाजिक नियम जस्तै रहेको र वडाका जनप्रतिनिधिहरुले पनि मुखिया र भलमन्साको राय सुझाव विना प्रायः काम नगर्ने गरेको भलमन्सा चौधरीको भनाइ छ।

    • भलमन्सा र मुखिया
    मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.