धनगढी – दार्चुलाको दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले केही घर पुरिएका छन्। प्रहरीका अनुसार नौगाडको वडा नम्बर ३ जामिरका स्थानीय नन्दु ठगुन्नाको घर बगेको र गोठे टमटाको घर उच्च जोखिममा परेको छ।
अन्य घरहरु पनि पहिरोको जोखिममा परेको बताइएको छ। बुधबार रातीको बर्षाका कारण लघु जलविद्युतमासमेत क्षती पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए।
खारको गुन्ढाडु खोला, खारखोलाले पारिखार, सितोलिबगड, ओखलधार र गुन्ढारु खोलाले जामिरको लधुजलबिधुत, पुल लगायत संरचनामा क्षती पुर्याएको छ। नौगाड क्षेत्रमा टेलिफोनले राम्रोसंग काम नगरेको कारण क्षतीको विस्तृत विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।