• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, माघ २३, २०७९ | Monday 6th February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ४ दिन अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • ६ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • १ हप्ता अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

बझाङ क्युडीका पहिरोपीडित अझै जंगलमा

"ओत लाग्ने पाल छैन "
  •  संवाददाता
  • शनिबार, असार २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गाउँ नै भासिएपछि जंगलमा आश्रय लिइरहेका बाजुराको हिमाली गाउँपालिका–५ क्युडीका पहिरोपीडितले घटनाको तीन सातापछि बल्ल प्रतिपरिवार ३० किलो चामल राहत पाएका छन् ।

    बाजुराको हिमाली गाउँपालिका–५ क्युडी गाउँका पहिरोपीडित । तस्बिर सौजन्य स् बिर्ख पाण्डे
    घरबाट केही झिक्न नपाउँदै भाग्नुपरेकाले केहीले स्याउलाको ओत बनाएका छन् । केही ओडारमा बसेका छन् । खाद्यान्न अभावमा कन्दमूलले छाक टार्नुपरिरहेको अवस्थामा बिस्थापित भएको तीन सातापछि बिहीबार उनीहरूलाइ प्रतिपरिवार ३० किलो चामल बितरण गरिएको पीडितहरूले बताए ।

     

    गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले तत्काललाइ गाउँपालिकाका तर्फबाट ३० किलो चामल उपलव्ध गराइएको बताए । उनले बिस्थापित परिवारका लागि ओत लाग्ने व्यवस्थाका लागि नेपालगञ्जबाट ठूलो साइजको त्रिपाल मगाइएको जानकारी दिए । ‘त्रिपाल आइपुग्नेबित्तिकै वितरण गरिनेछ,’ उनले भने, ‘यसअघि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पालको साइज सानो भएकाले पीडित परिवारले प्रयोग गर्न समस्या भएको छ ।’ गाउँपालिकाले नेपालगन्जबाट खरिद गरेको पाल पनि सडक बिग्रिएकाले ल्याउन नसकिएको उनले बताए । ‘सीडीओ साबको पहलमा ३५ वटा पाल उपलब्ध भएको छ तर त्यो पनि साइज सानो र परिवार संख्या धेरे भएकाले बाँडेका छैनौँ,’ उनले भने, ‘गाउँपालिकाको स्रोतले भ्याउनेसम्म राहतमा केही नगद पनि बाँड्ने तयारी गरेका छौं ।’

    विस्थापित परिवारले आश्रय लिएको ठाउँमा गाउँपालिकाले पाइप खरिद गरेर खानेपानी पुर्‍याइसकेको उनले सुनाए । यस्तै, पहिरोले विस्थापित वडा ४ का ४० परिवारलाई भने प्रतिपरिवार एउटा पाल र ३० किलो चामल वितरण गरिएको उनले बताए । क्युडीमा विस्थापित ९७ परिवार छन् । पहिरो प्रभावित क्षेत्र हेर्न आउनेहरूले राहत आइपुग्छ भनेर आश्वासन मात्रै दिने गरेको उनले गुनासो गरिन् । ‘ओढ्ने–ओछ्याउने छैन । ओत लाग्ने पाल पनि छैन । तीनरचार परिवार एउटै पालमा भेडाबाख्राजस्तै कोचाकोच गरेर बसेका छौँ । खुला ठाउँमा बस्दा कीराले टोकेर बालबच्चा रोएका रोयै छन्,’ अर्का विस्थापित पुण्या लुहारले भने, ‘हामी आपत्मा परेका छौँ । हाम्रा लागि बोलिदिने कोही भएन ।’

    लामो समयसम्म जंगलमा असुरक्षित तरिकाले बस्नुपर्दा विस्थापितहरू बिरामी पर्न थालेको वडाध्यक्ष अम्मलाल कार्कीले बताए । ‘ज्वरो आउने, रुघाखोकी र झाडापखालाका बिरामीहरू बढिरहेका छन्,’ उनले भने ‘खुला ठाउँमा बस्नुपर्दा चिसो लागेर समस्या हुन थालेको छ ।’ उपचारका लागि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई खटाउने तयारी भइरहेको उनले बताए ।

     

    क्युडी गाउँको मुन्तिरबाट सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेको रुगिन–बिच्छ्या पहुँच मार्ग सडक बनाउदा गाउँ नै भासिएको गाउँपालिकाका प्राविधिकले बताएका छन् । गत वर्षको बर्खामा आएको बाढीले क्षतविक्षत बनाएको गाउँ डोजरले सडक खनेको केही दिनभित्रै भासिएको थियो ।

    अहिले गाउँ चिराचिरा परेर भासिएको छ । कसैका घर भत्किएका र कसैका घर बांगाटिंगा भएका छन् ।जमिन भासिएर कमजोर भएपछि गाउँको बीच भाग भएर बग्ने खहरे खोलाले पनि कटान थालेकाले गाउँमा बस्न नमिल्ने भएको छ ।

    • जंगलमा
    • पहिरोपीडित
    • बझाङ क्युडी
    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.